शुक्रबार, वैशाख १४, २०८१

अमेरिकामा पानी ट्यांकीभित्र विष मिसाउने प्रयास

नेपाल प्लस२०७७ माघ २७ गते १६:०९

कम्प्युटरका ह्याकरहरुले अमेरिकाको फ्लोरिडा शहरस्थित खानी पानीको भण्डारमा विष मिसाइदिन खोजेका छन् । तर तिनको प्रयासलाई बिफल पारिएको छ ।

पिनेलास काउन्टीले सोमवार सार्वजनिक गरेअनुसार ह्याकरहरूले फ्लोरिडाको टम्पा नजिकै करिब १५,००० मानिसहरूलाई पानीको उपचार गर्ने (ट्रिटमेन्ट)कम्प्युटर प्रणाली तोड्न खोजेका थिए । कम्प्युटर प्रणाली तोडेर उनीहरुले खाने पानीको भण्डारमा विष मिसाइदिन खोजेका हुन् ।

पिनेलास काउन्टीका शेरिफ बब गुल्टेरीले एक साक्षात्कारमा बताए अनुसार ह्याकरहरुले शुक्रवारपनि त्यस्तो प्रयास गरेका थिए । तर ति बिफल भएका थिए ।

ह्याकरहरूले टिमभ्युयर नामक सफ्टवेयर प्रोग्राममा पहुँच प्र्‍याउन सक्षम भएका थिए जुन अन्य सिस्टमको नियन्त्रण लिन ओल्डस्मार शहरको सुविधाका लागि एक कर्मचारीको कम्प्युटरमा राखिएको थियो । त्यहि कम्प्युटरको प्रणालीमा छिरेर तिनले त्यस्तो प्रयास गरेका हुन् ।

तर त्यसबखत काउन्टीकोको कोहि ब्यक्ति कम्प्युटर निगरानीमा बसिरहेको थियो । कम्प्युटर चलाईरहेका बेला अचानक उसले एक विन्डो पप अप देखेपछि आफ्नो कम्प्युटरमा अन्य कोहि ब्यक्तिको पहुँच भएको थाहा पायो । अर्को कुरा काउन्टीका ब्यक्तिले कसैले माउस तानेको, वरपर क्लिक गरेको, प्रोग्राम खोल्दै गरेको र प्रणालीलाई हेरफेर गरिरहेको देखेपछि पत्तो लागेको हो ।

ह्याकरहरू कम्प्युटरमा छिर्न सफल भएपछि सोडियम हाइड्रोक्साइडको मात्रा बढाए, जसलाई ‘लाय’ पनि भनिन्छ । त्यसलाई पानी आपूर्तिमा वितरण गरियो । रासायनिक पानीको अम्लता नियन्त्रण गर्न सामान्यतया थोरै मात्रामा प्रयोग हुन्छ यो । तर उच्च स्तरमा उपभोग गर्न खतरनाक हुन्छ ।

प्लान्टका कर्मचारीले उसको रोजगारदातालाई सचेत गराए, जसले शेरिफलाई बोलाए । पानी उपचार सुविधालाई चाँडैनै बदलियो । अर्थात् अवरुद्द पारियो । उनीहरुले एकदमै न्युन प्रभाव हुने बनाईदिए ।

उनीहरुले नियन्त्रण गरिदिएपछि सोडियम हाइड्रोक्साइडको मात्रा न्यूनतममा झर्‍यो । ह्याकरले बढाएको मात्रालाई तुरुन्तै उल्ट्याइदिए ।

त्यो पानी बितरण गर्ने प्रणालीको ट्रिटमेन्ट सुविधा सहरको स्वामित्वमा रहेको सार्वजनिक भण्डारस्थल हो । यसको आफ्नै आन्तरिक आईटी टोली छ ।

ओल्डस्मार टम्पाको लगभग १७ माइल उत्तर पश्चिममा पर्छ जहाँ करिब १५ हजार बासिन्दा छन् ।

टीमभिवरले आफ्नो वेबसाइटमा यसको सफ्टवेयर विश्वव्यापीरुपमा २ अरब ५० करोड उपकरण कम्प्युटरमा डाउनलोड गरेर राखिएको उल्लेख गरेको छ । टिमभिवर भएपछि अन्य अनुप्रयोग (एयाप्स) हरूमार्फत टाढैबाट टिभ भिवर भएको कम्प्युटरमा प्रवेश गर्न सकिन्छ । र त्यहाँ भएका सबै फाईलहरुमा पहुँच पुग्छ ।

काउन्टीले एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन)र गोप्य सेवालाई छानबिनका लागि सहयोग मागेको छ । यो साईबर आक्रमणमा को जिम्मेवार छ भन्ने यकिन नभएको काउन्टीले जनाएको छ ।

“महत्त्वपूर्ण कुरा भनेको सबैलाई सूचना दिनु हो” काउन्टीका अधिकारी शेरिफ बब गुल्टेरीले भने “यो एक वेक अप कल (सबैलाई सचेत पार्ने) हुनुपर्छ ।”

(नेपालप्लससहित न्युज २४ र रोयटर्स)

तपाइँको प्रतिक्रिया