बुधबार, वैशाख १२, २०८१

युरोपकै सबैभन्दा वृद्ध ११७ वर्षिया महिलाले जितिन कोरोना

नेपाल प्लस२०७७ माघ २९ गते ०:३३

                   NICOLAS TUCAT / AFP/via cnbc.com

युरोपकै सबैभन्दा वृद्ध ११७ वर्षिया महिलाले कोरोना भाईरसको संक्रमणलाई जितेकि छन् । उनको ११७ औँ जन्मदिनको पूर्वसन्ध्यामा उनलाई कोरोना भाईरसले आक्रमण गरेको थियो । उनी फ्रान्सेली नागरिक हुन् ।

उनको खास नाम लुसि रेन्डन हो । उनले सन्‌ १९४४ मा क्याथोलिक परोपकारी सेवामा भर्ना भएपछि सिस्टर आन्द्रेको नाम अनुसण गरेकि थिईन् । जनवरी १६ मा दक्षिणी फ्रान्सको तुलोँस्थित अवकाश गृहमा कोरोना भाइरस परिक्षण गर्दा उनमापनि संक्रमण भएको पत्ता लागेको थियो । उनी त्यसबेला एक्लै बसेकि थिईन् ।

त्यस वृद्दाश्रममा ८८ जना थिए । ति मध्ये ८१ जनामा कोरोना भाईरस संक्रमण भएको थियो । संक्रमित मध्ये १० जनाको मृत्यु भयो ।

‘कोरोना भाईरस लागेपछि डर लागेको छ कि ?’ भनेर सोध्दा सिस्टर आन्द्रेले फ्रान्सको भदँदी माताँ अखवारसित भनिन् “अहँ, म डराएको थिईन । किनकि म मर्न डराउँदिन । खासमा मैले त कोरोना लागेको छ भन्ने महसुसपनि गरिन ।”

आन्द्रे आँखा देख्दिनन् । हिँडडुल गर्न नसक्नाले व्हीलचेयरमा बस्छिन् । ४० वर्षको उमेरमा गिर्जाघरमा सिस्टर बन्न जानु अघि राज्यपाल र शिक्षकको रूपमा काम गर्थिन् ।

बृद्दाश्रमकि प्रवक्ता ताभेलाका अनुसार आन्द्रेले आफ्नो स्वास्थ्यको बारेमा हेरचाह गर्नेलाई सोध्दिनन् । तर आफ्नो खाना, सुत्न जाने समय तालिकाका बारेमा सोध्छिन् । उनी आफूलाई रोग लाग्ला भन्ने बारेमा डराएकि छैनन् बरु अरुका स्वास्थ्यका बारेमा चिन्ता गर्छिन् ।

उनले आफ्नी परिचायिकालाई भनिन् “म तिमीसँगै खुशी छु । तर म चाहन्छु अरू मेरो ठूलो भाई, मेरो हजुरबुबा र हजुरआमासँगै हुन चाहन्थें ।”

लुसी रेन्डन बसेको व्रिद्दाश्रमकि प्रवक्ता क्याथरिन लाबुरेका अनुसार उनको अवस्था राम्रो छ । “हामीलाई उनी निको भएको भन्ने लागेको छ । उनी शान्त स्वभावकि छन् । विहिवार (आज विहिवार) ११७ औं जन्मदिन मनाउन चाहन्छिन्” प्रवक्ताले भनिन् ।

लुसीले आफ्नो जिन्दगीम असाध्यै सुन्दर चिज र असाध्यै दुखलाग्दा, कुरुप चिज दुबै देखेभोगेको बताएकि छन् ।

गत वर्ष आन्द्रेले यति लामो समयसम्म कसरि बाँचे भन्ने रहस्य थाह पाउन नसकेको बताएकि थिईन् । “मलाई यसको रहस्य के हो भनेर थाहा छैन । ईश्वरले मात्र यस प्रश्नको उत्तर दिन सक्नुहुन्” उनले रेडियो फँससित भनिन् “मैले जीवनमा धेरै दु:खको अनुभव गरें । सन् १९१४ देखि सन् १९१८ को युद्दका बेला म वालिका थिएँ । मैले अरु धेरैले जस्तै धेरै कष्ट भोगें ।”

लुसीले हरेक विहान चकलेट खाने गरेको एएफपी न्युज एजेन्सीले आफ्नो ट्विटरमा उल्लेख गरेको छ ।

लुसीले अहिले आँखा देख्द्दिनन् । तैपनि उनी उत्साहित छन् । कोरोना भाईरसको जोखिमले गर्दा उनले सधैं भन्दा कम मानिसहरुको बिचमा आफ्नो जन्मदिन मनाउने तयारि गरेकि छन् ।

सिस्टर आन्द्रे अर्थात् लुसी ११ फेब्रुअरी १९०४ मा जन्मिएकि हुन् । गेरेन्टोलोजी रिसर्च ग्रुप (जि आर जी) का अनुसार आन्द्रे विश्वकै दोस्रो बृद्द ब्यक्ति भएको फ्रान्सको फँस २४ न्युजले उल्लेख गरेको छ । जापानकि काने तानाका जनवरी २ बाट ११८ वर्षमा प्रवेश गरेकि छन् ।

तपाइँको प्रतिक्रिया