शुक्रबार, वैशाख ७, २०८१

युरोपले दियो रसियालाई जवाफ : तीन देशका रसियाली कूटनितिज्ञ निष्काशित

नेपाल प्लस२०७७ माघ २९ गते १२:२८

Credit- The Arab Weekly

युरोपेली युनियनका सदस्य राष्ट्र पोल्याण्ड, जर्मनी र स्वीडेनले आफ्नो देशका रुसी कूटनीतिज्ञलाई निष्काशन गर्ने भएका छन् । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नीको समर्थनमा निस्किएको जुलुसमा ति तिन देशका कूटनितिज्ञले भाग लिएको आरोप लगाउँदै उनीहरूलाई शुक्रवार निष्कासन गरेको भनाई रुसी अधिकारीको थियो । त्यसैको जवाफमा पोल्याण्ड, जर्मनी र स्विडेनलेपनि रसियाली कूटनितिज्ञलाई आफ्नो देशबाट निष्काशन गरेका हुन् ।

युरोपेली देशहरू र रसिया बीच कूटनीतिक सम्बन्ध लगातार खराब हुँदै गएको छ । जर्मनी, स्विडेन र पोल्याण्डले सोमबार फेब्रुअरी ८ मा रूसी कूटनीतिज्ञलाई यस्तै आरोप लागएर प्रतिशोधमा उत्रे   पछि विपक्षी अलेक्सी नाभाल्नीको पक्षमा प्रदर्शन गरेको आरोप लगाएका कूटनीतिज्ञलाई लक्षित गरेका छन् ।

पोल्याण्ड, स्विडेन र जर्मनीले आआफ्ना देशका कूटनितिज्ञलाई आफ्ना देशबाट फिर्ता पठाइने तिन वटै देशले लगभग एकै समयमा घोषणा गरेका हुन् ।

यी निष्कासनहरू “निराधार छन् । मैत्रीपूर्ण छैनन् र पस्चिमी देशहरूले हाम्रो देशतर्फ हस्तक्षेपमा अग्रसरताको निरन्तरता हो । हामी आन्तरिक मामिलामा हस्तक्षेपका लागि योग्य छौं भन्ने सन्देश उनीहरुले दिएका छन्” रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोवाले तुरुन्तै प्रतिक्रिया व्यक्त गरेका छन् ।

रसियाले शुक्रबार आफ्नो देशले जेल हालेको विपक्षीको समर्थनमा गरिएको प्रदर्शनमा भाग लिएका युरोपेली कूटनीतिज्ञहरुलाई निष्कासन गरेको घोषणा गरेको थियो ।

सेन्टपीटर्सबर्ग र मस्कोमा अलेक्सी नाभाल्नीको समर्थनमा “जनवरी २३ मा गैरकानुनी भेलामा कूटनीतिज्ञहरूको उपस्थिति “अस्वीकार्य र उनीहरूको स्थितिसँग असंगतरहेको” भन्दै रुसी अधिकारीहरूले ती निष्कासनहरूलाई औचित्य प्रमाणित गर्ने कोसिस गरेका थिए । मन्त्रालयका प्रवक्ताका अनुसार उनीहरू सोहि गैरकूटनितिक कार्यमा पक्राऊ परेका थिए।

स्वीडेनले शुक्रवार आफ्नो एक कूटनीतिज्ञले आफ्नो कर्तव्य पुरा गर्न सेन्ट पीटर्सबर्गमा प्रदर्शन भएको जुलुस अवलोकन गरेको तर कुनै सक्रिय सहभागिता नजनाएको स्पष्थ पारेको थियो ।

“निष्कासन गरिएका जर्मन कूटनीतिज्ञले आफूले काम गरिरहेको भूमिमा स्थितिको विकास कसरि भैरहेको छ भनेर बुझ्नकोलागि कानुनी माध्यमबाट सिक्न मात्र खोजिरहेका थिए” जर्मनीको विदेश मन्त्रालयले भनेको छ ।

रसियन कूटनीति प्रमुख सर्गेई लाभ्रोभ र युरोपेली युनियनका कूटनितिज्ञ जोसेप बोररेलबीच वार्ता भएको केही घण्टा पछि रूसले उक्त निष्कासन घोषणा गरेको थियो ।

कार्यान्वयन गर्न सहज नभएपनि ईयुले मस्कोको बिरूद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गर्न सक्ने कूटनितिज्ञहरुले उल्लेख गरेका छन् ।

यसैसित संवन्धित तल्लो समाचारपनि हेर्नुस्

युरोप-रसियाबिच तनाव : रसियाद्वारा तिन युरोपेली कूटनितिज्ञ निष्कासित

तपाइँको प्रतिक्रिया

फेसबुक