मंगलबार, वैशाख ११, २०८१

यौनकर्मीलाई सुरक्षा दिन स्विस अदालतको फैसला, यौनक्रिया गरेर पैसा नतिर्नेलाई ५० दिन जेल र आर्थिक जरिवाना

नेपाल प्लस२०७७ माघ २९ गते १४:१२

                          Credit- Stuff.co.nz

स्विजरल्याण्डको एक शीर्ष अदालतले वेश्याव्रित्ती गर्नेहरुको संरक्षण गर्नुपर्ने फैसला दिएको छ । उनीहरुसित यौन संसर्ग गरिसकेपछि रकम नतिरी ठगेर हिँड्नेहरुबिरुद्द अदालतले फैसला सुनाएको हो । एक ग्राहकले ठगि गरेको अभियोग दर्ता भएपछि अदालतले त्यसलाई पुष्टि गरेको छ जसले बिना भुक्तानी छोडेका थिए । यसलाई आपराधिक न्याय प्रणालीको संरक्षण प्राप्त गरेका यौनकर्मीहरुको लागी कानूनमा एक महत्वपूर्ण परिवर्तनको रूपमा स्वागत गरिएको छ ।

उक्त व्यक्तिले अपीलमा वेश्यावृत्तिको अनैतिक प्रकृतिले उनलाई आपराधिक गल्तीबाट मुक्त गरेको तर्क दिएको थियो । तर सेन्ट गालेनस्थित संघीय प्रशासनिक अदालतले बिहीबार ति ब्यक्तिलाई ५० दिनको जेल सजाय र ३०० स्विस फ्र्यांक जरिवाना तोकेको हो ।

यौनकर्मीहरूको अधिकारको रक्षा गर्ने संस्था प्रोकोर नेटवर्कका सहनिर्देशिका रेबेका एन्जेलिनीले निर्णयलाई “ग्राउन्डब्रेकिंग” भनेर स्वागत गरेकि छन् । हालसम्म, कुनै ग्राहकले भुक्तानी नगर्दापनि यौनकर्मीहरूले मुद्दा चलाउन सक्दैनथे । “किनभने न्याय प्रणालीले उनीहरु र ग्राहकहरु बीचको सम्झौता अनैतिक र अमान्य भएको” भन्ने धारणा राखेको थियो ।

त्यसकारण यौनकर्मीहरूको ज्याला कानुनी रुपले सुरक्षित गरिएको थिएन । यद्यपि उनीहरूले कर र सामाजिक सुरक्षा योगदान तिर्नुपरेको छ र अधिकारीहरूको आवश्यकताको पालना गर्नुपर्दछ।

स्विजरल्याण्डमा वेश्यावृत्ति सन् १९४२ देखि कानूनी छ । जब स्वेच्छाले गरिन्छ, यो स्वतन्त्र आर्थिक गतिविधिको रूपमा मानिन्छ । जसले स्वेच्क्षाले गर्छन् उनीहरूसित स्विजरल्याण्डको सरकारी बैधानिक कागजातहरू हुनु आवश्यक छ । स्विजरल्याण्डमा बस्ने अनुमति हुनुपर्दछ । र प्रान्तिय अधिकारीहरूलाई आफ्नो पेशा घोषणा गर्नुपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक