बुधबार, वैशाख १२, २०८१

हङकङको लान्ताउ शिखरमा नेपाली चियासँगै सूर्योदयको स्वाद

डिना बगाले / हङकङ२०७७ माघ ३० गते ०:२७

गत शुक्रवार मेरा केहि साथी, १२ वर्षिय छोरो कृष्णसँगै लन्ताउ शिखर पुगेर फोटो खिच्ने योजना बनायौं । त्यो सन् २०२१ को नयाँ वर्षको उपलक्ष्यमा थियो । त्यो खासमा सारै गाह्रो ट्रेक त होइन । तपाईले कहिल्यै नसकिने जस्ता सिंँडीहरु चढिरहनु, उकालो लागिरहनुपर्ने हुन्छ । खासै खतरापनि छैनन् । चट्टानका किनारहरुमा ध्यान दिनुपर्छ । असुरक्षाको हिसाब गर्नुपर्छ । खास दुख र अप्ठेरो भनेको राती सयौं सिँडीहरुको उकालो चढ्नु हो । शरिरलाई सिँडीसितै उठाउनुपर्ने खाँचो हो । केहि चट्टानहरु खस्न सक्छन् । चोट लाग्नसक्छ भन्ने हो । त्यहिनै अर्को असुविधा हो ।

यो ट्रेक चढ्न धेरै मानिसको लाम लाग्छ । म यो लान्ताउ चुचुरो कम्तिमा ५० पटक चढिसकें। म यि सिँढीमा अनेक सुन्दरता देख्छु । यो सिँढी चढ्दा झन धेरै सुन्दर आकाश देख्छु । यहाँबाट हङकङ विमानस्थलका धेरै मनमोहक दृष्य देख्न सकिन्छ । र स्पष्ठ हुनुपर्ने के छ भने यो पहाडबाट ड्रोनहरु उडाउन पाइन्न, निषेधित छ । हङकङको कानुनले विमानस्थलको पाँच किमी वरिपरि ड्रोन उडाउन निषेध गरेको छ । किनभने त्यहाँ ड्रोन उडाउने अधिकार र सिमा विमानस्थलका कर्मचारीको मात्रै हुन्छ ।

यहाँ पुग्न तपाईंले पहिले एम आर टी लिनुपर्छ तुंग चंग स्टेशनसम्म । त्यहाँबाट तपाईले एउटा बस स्टेसनमा हिड्नुपर्नेछ जहाँ तपाईले बस ३ एम लाई समात्न सक्नुहुन्छ । सामान्यतया यो मध्यरातबाट सुरू हुन्छ र अन्तिम बस विहान साँढे दुई बजेसम्म पाइन्छ ।

यो आरोहणमा जाँदा ड्राइभरलाई बताउनुहोस् तपाई पाक कुंग औ जान चाहानुहुन्छ । यहाँ पुग्दा अचम्मको द्रिष्य देख्न पाइन्छ । लान्ताउको चुचुरो पुगेपछि हामीले चाहिँ नेपाली चियापनि बनायौं । हङकङको चुचुरोमा पुगेर नेपाली चिया बनाउनु, नेपाली चियासितै नेपाली मन, भावना र नेपालको भोगोलको सुगन्ध चाख्न पाउनु, रात र विहानको मनोरम द्रिष्य देख्नु, सूर्योदय जागेको देख्न पाउनु आफैंमा रोमान्चक र अनौठो अनुभूती हो । अविस्मरणिय समय हो ।

(हङकङ निवाशी डिना बगाले अन्तर्राष्ट्रिय नेपाली धावक हुन् । उनले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय म्याराथोनमा पटक पटक उपाधी जितेका छन् । उनी नेपालप्लसमा कलम चलाईरहन्छन् -सम्पादक)

डिना बगालेका अघिल्ला रिपोर्टपनि हेर्नुस्

हङकङका १२५ वटै शिखरमा नेपाली धावक

सगरमाथाको उचाईभन्दा लामो दूरी चार दिनमै दौडिएर पुरा गर्ने हङकङका नेपाली

तपाइँको प्रतिक्रिया