बिहीबार, कार्तिक ११, २०७८

प्रधानमन्त्री ज्यु बरु हामीलाई तपाईंको प्रेम स्विकार्य छ

सुरेश चन्द्र कुईँकेल२०७७ माघ ३० गते १७:३४

मदन भण्डारीको दुर्घटना भएको केही वर्षदेखि नै केपी ओली र बिद्या देवी भण्डारीको प्रेम प्रसंगको कुराले ठुलो जमातलाई छोइसकेको थियो । खास गरेर नेकपा एमाले भन्दा बाहिरको एउटा ठुलै समुह यिनिहरुको प्रेमको चर्चा गर्न निकै हौसिन्थ्यो । बजारमा अनेक किस्सा थिए, कुनै एउटा जिल्लाको आमसभा पछी यि दुबैले एउटै कोठामा रात बिताएको वा ओलीलाइ भण्डारीको घरबाट निस्किदै गर्दा देखेको लगायतका किस्साले बजार तातेको त थिएन । तर मान्छेहरुलाई फुर्सदको समयमा मजा लिने गतिलो बिषय बनेको थियो ।

नेपाली समाजमा एकल महिलाहरुका बारेमा धेरै कुराहरु हुने गर्दछन । कतै ति बोक्सी भनिन्छन । वा कतै तिनिहरु कसैसँग सल्केको हल्ला पिटिइन्छ। सभ्य समाजका लागि यो पाच्य हुँदैन- माधव नेपालले एक पटक स्पष्टिकरण नै दिएका थिए । तर पनि केपी ओलिको लभर ब्वाय इमेजमा कुनै कमी आएन । हल्ला उस्तै रहे । चर्चा सेलाएन । यिनिहरुको प्रेम प्रसंग आज पर्यन्त चलीरहेकै छ । तथापी ओली र भण्डारी दुबैले बाहिर चल्ने आफ्नै प्रेम काहानीका बारेमा अहिलेसम्म केहि बोलेका छैनन । बोल्ने कुरा पनि भएन । कानुनी रुपमा केपी ओलीले यस्तो प्रेमको इजहार गर्न नैतीक रुपमा सक्दैनन् ।

राष्ट्रपती नै भए पनि बिद्यादेवी भण्डारीलाई प्रेम त के विवाह नै गर्ने पूर्ण अधिकार छ । तर उनलाई नेपाली समाजभित्र जकडिएको पुरातन आँखाहरुको डर छ । जतीबेला केपी ओली र बिद्यादेवी भण्डारीले एउटै कोठामा रात बिताएका किस्सा काठमाडौँका मध्यमवर्गका कानमा पुग्ने गर्दथे त्यतिबेला रामकुमारी झाँक्री शायद सानै हुदिहुन । हुर्कदै जाँदा उनले पनि यि किस्सा सुनेको हुनुपर्दछ । गोरखामा ब्यक्त झाँक्रीको भाषण तिनै किस्साहरुको रिफ्लेक्सन हो । नेपाली समाजलाई केपी ओली र बिद्यादेवी भण्डारीका बिचमा हुने प्रेम प्रसंगले केही फरक पार्दैन । फरक त्यतिबेला पर्छ जब यि दुबैजनाको मिलोमतोमा कुनै निर्णय हुन्छ र त्यसले नेपाली समाजलाई छिन्नभिन्न पारीदिन्छ ।

उहिले ओली-भण्डारीको प्रेम किस्सा सुनेर जिब्रो काट्ने काठमाण्डौंको मध्यम वर्गलाई अहिले यि प्रसंग सामान्य लाग्दछन । उनिहरुले चासो लिन छोडेका छन । नेपाली समाज अलिकती अगाडि बढेको छ । केहि नभए पनि सोचले फड्को मारेको छ । किनभने कसैका प्रेम प्रसंग भावनात्मक वा शारिरिक जे भए पनि त्यो तिनिहरुको ब्यक्तिगत कुरो हो । मुल कुरो प्रधानमन्त्री र राष्ट्रपतीले देशका लागि के गरे भन्ने हो । यदी यिनिहरुले राष्ट्रलाई प्रगती पथमा डोर्याउन सकेको भए एउटै घरमा बसे पनि नेपाली जनतालाई फरक पर्ने थिएन । जनता आजित भएका छन । राष्ट्रपती र प्रधानमन्त्रीको मिलोमतोमा यतिधेरै प्रश्न उब्जिएका छन् जुन केपी ओलीले आफ्नो बाँकी जीवनमा उत्तर दिएर पनि पुराहुने छैनन ।

धेरै अघि २०४७ साल बैशाखको टन्टलापुर घाममा गिरिजा प्रसाद कोइराला भरतपुर विरेन्द्र क्याम्पसको चौरमा भएको एउटा आमसभालाई सम्बोधन गर्न आएका थिए । तिनको आधा आधी खुइलिएको टाउकोदेखि गालासम्म लपक्क अवीर दलिएको थियो । बैशाखे गर्मीमा उम्लिने पसीनाले तिनको अवीर पखाल्थ्यो र तपतप जमीनमा खस्दथ्यो । रगत जस्तै । गिरिजा प्रशादका पसीना बग्दा मान्छेहरुले आँशु बगाएका थिए । तिनिहरुलाई लागेको थियो कोइरालाको पसीनामा रगत मिसिएको छ र यसैले आफ्नो भविष्यको कित्ता काट्ने छ । गिरिजा प्रशादको पसिनाले नेपालीको भविशष्यको रेखा कोर्न सकेन । तर कोइरालाले नेपाली राजनीतिमा एउटा बाटो भने बनाए जसले भ्रष्टाचार र स्वनेतृत्वलाई निकै परसम्म पुर्यायो । गिरिजा प्रसाद कोइरालाले भारतको नेहरु (गान्धी) परिवार देखेका थिए । त्यो परिवारको शानलाई नजिकैबाट छोएर आएका कोइरालाले आफ्नो वंशजको राजनीतिक नामलाई नेपालको राजनीतिमा स्थापित गर्न चाहन्थे । त्यही शुत्रमा उनी चले । जहाँ उनी चले उनका हरेक पाइलाले विकृती भित्र्यायो । भ्रष्टाचारको जग अझ अग्लो बनाउदै गयो । केपी ओलीले ठ्याक्कै गिरिजाको बाटो रोजेका छन् ।

तर त्यो बाटो केपी ओलीको हकमा कहाँँ पुग्ला ? गिरिजालाई जस्तै यिनलाई पनि नेपाली जनताले पत्याएकै हुन् । भन्छन नि, गोरु बुढो भए भिर खोज्छ । केपी ओलीको यो दम्भ केका लागि ? ओलीलाई नजिकबाट चिन्नेहरु भन्छन्, यिनी प्रेमिल छन् । प्रेमिल रहुन् भन्ने अनगिन्ती चाहना छन् देशमा । ओली यस्ता भाग्यमानी हुन् जसलाई नेपाली जनताले अत्याधिक मायाँ गरे । ओलीका चुनावी घोषणापत्र नेपाली जनताका लागि अन्तिम आशा थिए । बिकल्प सकिएको थियो । मट्टितेल नभएर टुकी बाल्न नपाएको दुर गाउँमा गरिविको रेखामुनी बाँच्न बाध्य ठूलो जमात ओलीका नाराले तरंगित भएको थियो । देश परिवर्तनको अन्तिम औंजार बनेका थिए ओली । त्यसैले आफ्ना अनगिन्ती आशाहरुलाई ओलीका जिम्मामा छोडिदिएका थिए सबैले । फेरी यो तमासा किन ? यात्रो दम्भ केका लागि ? जनता प्रती नेताहरु किन सहिष्णु बन्न नसकेका ? देश भनेको नक्सामा कोरिएको सिमा रेखा भित्रको भूगोल मात्र होइन । त्यो भूगोललाई काँधमा बोक्न सक्ने जनता पनि देश हो । खोइ त जनतालाई देश बोक्न सक्ने बनाएको ?

काठमाडौं प्रेमिल शहर हो । प्रताप मल्ल देखि केपी ओलीसम्मका प्रेममा किस्सा यो शहरले चाख मानेर सुनेको छ । सत्य असत्य जे भए पनि राम कुमारी झाँक्रीले भने जस्तो प्रेम गरेकै कारण राष्ट्रपती भण्डारी र प्रधानमत्री ओली विस्मृत हुन आवशयक छैन । कसैको प्रेमका बारेमा कसैलाई औंला उठाउने अधिकार कानुनले दिएको छैन । यो शहरले प्रेम गर्ने प्रेमिलहरुलाई स्वच्छन्द अँगालो हालेको छ । मायाँ वर्षाएको छ । राष्ट्रपतिलाई वालकोट जाउ भनेको राम्रो सुनिएन । के काठमाडौंमा नै बसेर प्रेम गर्ने अधिकार संविधानले दिएको छैन र ? यदी ओली-भण्डारी प्रेममा छन् भने त्यो तिनिहरुको वैयक्तिक कुरा हो । प्रेम गर्नका लागि कुनै पनि पदबाट रजिनामा गर्न पर्दैन । प्रेम शास्वत छ ।

अर्को नेकपाले शहरमा झ्याली पिटाए जस्तो प्रेम गर्नु पक्कै पनि अपराध होइन । अहिले घर घरमा स्वस्थानीको कथा वाचन भइरहेको छ । सती देवी प्रती महादेवले गरेको प्रेमलाई चाख मानेर सुन्ने हाम्रो समाजले ओलीको प्रेम कथालाई आत्मसात नै गर्छ । हाम्रो सोचाइले प्रेमलाई अपराध भनेको छैन । बरु प्रेम नगर्नु अपराध हो । देशको सर्वोच्च ओहदामा विराजमान प्रधानमन्त्री र राष्ट्रपतीले देश र जनतालाई प्रेम गरेको खोइ ? वाचा गरेर देश र जनतालाई धोका दिनु अपराध हो । प्रधानमन्त्री ज्यु हामीलाई तपाईंको प्रेम स्विकार्य छ । तर तपाईंले देश र जनता प्रती पनि प्रेम गर्नु पर्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक