मंगलबार, वैशाख ११, २०८१

कोरोनाको असर : ६ औंला काला भएपछि काटेर फाल्न बाध्य

नेपालप्लस संवाददाता२०७७ माघ ३० गते १९:५९

Image via European Journal of Vascular and Endovascular Surgery.

कोरोना भाईइरसको संक्रमण भएपछि शरिरका विभिन्न अंगमा कस्तो असर पर्छ भन्ने यो अर्को उदाहरण हो । कोरोना भाईरस लागेकि एक महिलाका दुबै हातका तीनतिन वटा औंलामा रक्त संचारको असर परेपछि औंला काटिएको छ ।

कोरोना भाईरस संक्रमित एक इटालियन महिलाका छ वटा औंला काला भएपछि डाक्टरहरुले काटेर फालिदिएका छन् ।

न्युज १८ का अनुसार कोरोना भाईरसले ति महिलाको रक्तनलीहरु तहसनहस पारेका थिए । एक ८६ वर्षिया महिलालाई कोरोना भाईरसले रक्तनलीहरुमा आक्रमण गरेको थियो । त्यसपछि उनका दुबै हातका गरि ६ वटा औंलामा रक्त संचार रोकिएर काला बनेका थिए ।

मेडिकल जर्नल भास्कुलर र एन्डोभास्कुलर सर्जरी “नेक्रोटिक” मा मृत औंलाहरू साझेदारी गरिएको थियो । इटालीका डाक्टरहरूले कोरोनाभाइरसको ‘गम्भीर प्रकटीकरण’ भएको बताएका छन् । कोरोना भाइरसका अन्य बिरामीहरुमा पनि समान खालका समस्या फेला परेको छ जसका रक्त नलीहरुलाई गम्भीर क्षति पुर्‍याएको छ । खतरनाक अवरोधका कारण ब्लड क्लोट भनिने रगत असाधारणरुपमा विकास हुने वा बिग्रिने प्रक्रियाले क्षती पुर्‍याउने गरेको चिकित्सकहरुको भनाई छ ।

वृद्ध इटालियन महिलामा औंलाहरू ड्राई गङग्रेन भनिने औंला सुख्खा हुने लक्षण देखिएको थियो । तर जर्नलका अनुसार उनमा कोभिड -१९ को कुनै लक्षण भने देखिएन । वैज्ञानिकहरूको विश्वासमा अनुसार रगतको थक्का (ब्लड क्लट) हरू औंलामा देखियो जसले गर्दा उनको औंलाहरूमा रगत सन्चार बन्द भयो।

मिरर पत्रिकाले रिपोर्ट गरेअनुसार उनमा मार्चमा तीव्र कोरोनाका लक्षणहरु देखिएका थिए । त्यसले मुटुमा रगत प्रवाह अचानक कम गराउँछ । त्यसले गर्दा औंलाहरूमा रगत प्रवाहको आपूर्ति बन्द गरेको हो । प्रतिरक्षा प्रणाली ओभरड्राइभमा जान्छ । साइकोटाइन स्टोर्म” ले जब स्वस्थ टिश्यूलाई बिगार्छ तब रगत वाहिकाहरु बिग्रन्छन् । रगत चुहावट हुने सम्भावना हुन्छ । त्यसपछि रक्तचाप खस्कन सक्छ ।

मार्चमा, डाक्टरले उनको मुटुमा रक्त प्रवाहको कमी भएको फेला परेपछि उक्त महिलालाई रगत पातलो गरीने औषधि दिइयो । जब उनको रोम शहरमा डाक्टरहरूले कोरोना भाइरसको परीक्षण गरे परिणाम सकारात्मक देखियो । त्यसबेला कोरोनाको कुनै लक्षण भने नभएको देखियो । एक महिना पछि महिलाले सुक्खा उतक (ग्याग्रीन) विकास गरिन् जसले गर्दा उनको औंलाहरू कालो भयो ।

डाक्टरहरूले पत्ता लगाए कि उनको रगत फाल्ने धमनीमा कम दबाव थियो । चिकित्सा टोलीले उनलाई तीन औंलाहरू काट्नुपर्ने बताए । माइक्रोस्कोपमुनि मृत टिशूको परीक्षण पछि इन्ट्राभास्कुलर थ्रोम्बोसिसको लक्षण भेटियो । यसको अवस्था जसमा रक्त थोक (ब्लड क्लट)हरू शरीरभरि नै गठन हुन्छन् । त्यसले साना रक्त वाहिकाहरूलाई अवरुद्ध गर्दछ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान संस्थानका प्राध्यापक ग्रहान कुकका अनुसार कोरोना भाईरस एक बहुरुपको रोग हो । यसको एक विशेष गुण भनेको यसलाई अन्य भाइरल रोगहरू भन्दा फरक पार्ने यो रगतको क्लटलाई असाधारण किसिमले प्रभाव पार्ने अवस्थामा हुन्छ । रगतमा आवश्यक भन्दा बढि रक्तकोष अधिक बनाइदिन्छ ।

चिकित्सकहरुले यस्तो समस्या भएका धेरै विरामीहरु फेला परेको बताएका छन् । डेली मेल दैनिकले रिपोर्ट गरे अनुसार किङस कलेज लण्डनका प्राध्यापकले गत मे महिनामा कोरोना संक्रमित विरामी मध्ये ३० प्रतिशतको रगतमा यो समस्या देखिएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया