शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा कोरोना संक्रमितका भैसकेकालाई खोपको एक डोज मात्रै

नेपाल प्लस२०७७ माघ ३० गते २२:११

credit-Apnews.com

कोरोना भाईरस संक्रमित भैसकेकाहरुकालागि फ्रान्समा कोरोना भाईरसको एक मात्रा (डोज) मात्रै सिफारिस गरिएको छ ।

शुक्रवार फ्रान्सेली सरकारलाई बुझाइएको रायमा स्वास्थ्य उच्च प्राधिकरणले कोभिड १९ संक्रमित भएका मानिसहरूलाई भ्याक्सिनको एक डोज मात्र लगाउन सल्लाह दिएका हुन् । यो एकल इन्जेक्शनले शक्तिबर्धक वा प्रभावबर्दकको रूपमा कार्य गर्नाले अर्को खुराक बचत हुने उनीहरुको सुझाव छ ।

“जसलाई कोरोना भाईरस लागिसकेको छ तिनकालागि एकल ईन्जेक्शन लगाए हुन्छ” फ्रान्सेली स्वास्थ्य अधिकारीहरूले आजै शुक्रबार कोरोना भाइरसमा संक्रमित भएका मानिसहरूलाई एउटा खोप मात्र दिने सिफारिस गरे । यस्तो सिफारिस गर्ने फ्रान्स पहिलो देश बनेको छ ।

“कोविड १९ को उपचार पाएकाहरुले संक्रमणको समयमा प्रतिरक्षा स्मृति विकसित गरिसकेका हुन्छन् । खोपको एक डोजले यस प्रकारले एक सम्झाउने वा सक्रिय भूमिका खेल्नेछ” स्वास्थ्यको लागि उच्च प्राधिकरण (एचएएस) ले आफ्नो रायमा भनेको छ । तर यसलाई अझै सरकारी अनुमोदन प्राप्त भएको छैन ।

स्वास्थ्य प्राधिकरणले कोरोना भाईरस लागेकाहरुले यो सुई लगाउन छ महिना कुर्नपनि सुझाव दिएको छ ।

पछिल्ला दिनहरूमा यो समाधान अमेरिका र इटालीमा गरिएको धेरै अध्ययनहरूमा उल्लेख गरिएको थियो । तर अन्य देशका वैज्ञानिकहरूले यसलाई मूल्यांकन गरेका छैनन् ।

कोरोना भाईर लागिसकेकाहरुलाई एक मात्रा मात्रै दिँदा कोरोनाको खोप अन्य ब्यक्तिकालागि बचत हुनेपनि स्वास्थ्य अधिकारीहरुको भनाई छ । फ्रान्सेली सरकारले सामान्यतया उच्च स्वास्थ्य अधिकारी (ओत ओतोरिते द सँते) को सल्लाह अनुसरण गर्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया