शुक्रबार, चैत १६, २०८०

दक्षिण अफ्रिकी स्वरुपको कोरोना भाईरस फ्रान्समा एकै ब्यक्तिमा दोस्रो पटक फेला पर्‍यो

नेपाल प्लस२०७७ फागुन १ गते ०:२७

credit-Around World journal

कोरोना भाईरस एक पटक लागेपछि फेरि लाग्दैन भनिन्छ । तर फ्रान्समा दक्षिण अफ्रिकी रुपको कोरोना भाईरस एकै ब्यक्तिमा दोस्रो पटक संक्रमित भएको छ । ति ब्यक्ति गम्भिर बनेका छन् । फ्रान्सेली अधिकारीहरुले ति ब्यक्तिमा गम्भिर तरिकाले सरेको बताएका छन् । यसरि फेला परेको पहिलो घटना भएको स्वास्थ्य अधिकारीहरुको दाबि छ । यसलाई पेरिसको सरकारी अस्पतालको संजाल एपीएचपीले आजै शुक्रवार सार्वजनिक गरेको हो ।

“यो घटनाले कुन तथ्यलाई प्रस्ट पार्दछ भने पहिलो पटक हल्का तरिकाले इन्फेक्सन भैसकेपछि पुन दोस्रो पटक अफ्रिकी स्वरुप (भेरिएन्ट) गम्भिर तरिकाले इन्फेक्सन भएको हुनसक्छ” क्लीनिकल इन्फेक्सियस डिजिज जर्नलमा बुधबार प्रकाशित गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।

“यो हाम्रो ज्ञानमा दक्षिण अफ्रिकी संस्करणको कोरोना भाईरस संक्रमण भएको थियो । त्यो पहिलो चरणमा हल्का थियो । त्यसको चार महिनापछि फेरि गम्भिररुपमा पैदा भएको हो” अनुसन्धानकर्ताहरुले पत्रीकामा भनेका छन् ।

बेलायती, दक्षिण अफ्रिकी र ब्राजिलसँग संवन्धित स्वरुप बदलिएको भाईरस पुन इन्फेक्सन भएका कुरा वैज्ञानिक साहित्यमा पहिले नै कागजात गरिएको छ । तर प्राय: दोस्रो स्वरुप पहिलो भन्दा कम गम्भिर हुन्छ । हाल फ्रान्समा देखिएको अफ्रिकी स्वरुपको कोरोना भाइरस भने दोस्रो पटक देखा पर्दा बढि गम्भिररुपमा देखापरेको छ ।

स्वास्थ्य अधिकारीहरुले दोस्रो पटक संक्रमित हुने यो घटना बैज्ञानिक जर्नलहरुमा उल्लेख गरिएभन्दा बढि संक्रमित भैरहेको हुनसक्नेपनि औंल्याएका छन् । यसरि दोस्रो पटक गम्भिररुपमा देखापरेको ५८ वर्षिय एक फ्रान्सेली विरामीमा हो ।

सेप्टेम्बर २०२० सम्म त्यस ब्यक्तिमा दमको रोग भएको उल्लेख छ । ऊ ज्वरोबाट ग्रस्त छ र सास फेर्न गाह्रो भएको छ । सार्स कोभिड- २ पिसि आर परिक्षणबाट पहिचान गरिएको छ । लक्षणहरु केहि दिन भित्र हराउने गरेको छ । त्यस बिरामीको परिक्षण गर्दा डिसेम्बरमा दुई पटक नकारात्मक देखिएको छ ।

जनवरीमा उनी सास फेर्न गाह्रो भएको र ज्वरो आएपछि पेरिस नजिकको लुइ मोरिए सरकारी अस्पतालको आपतकालीन कोठामा भर्ना भएका थिए । उनको पीसीआर परीक्षण फेरि पोजेटिभ देखियो । आनुवंशिक अनुक्रमले दक्षिण अफ्रिकी संस्करणको विशेषताको उपस्थिति देखायो ।

सात दिन पछि बिरामीले एक तीव्र श्वासप्रश्वास समस्याको लक्षण विकास गर्दछ जसको लागि एउटा पाइप मार्फत जीवन समर्थन उपकरणमा राख्नुपर्छ । मेडिकल पत्रिकामा प्रकाशनका लागि अध्ययन पेस गरिएको बेलामा उक्त विरामी अझै गम्भीर अवस्थामा थियो ।

“शुरुमा अस्पतालमा भर्ती हुँदा सेरोलोजिकल परीक्षणहरूले मानिसमा एन्टिबडीहरूको उपस्थिति पत्ता लगाए जसले विगतमा संक्रमण भएको भन्ने प्रमाणित गर्‍यो । यसले सुझाव दिन्छ कि पहिलो संक्रमण पछि रोग प्रतिरोध क्षमताको विकासले दक्षिण अफ्रिकी स्वरुपको कोरोना भाईरससँग पुनर्सम्बन्ध रोक्न सकेन” एपीएचपी द्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।

पहिलो संक्रामक स्वरुपका लागि जिम्मेवार भाइरस क्रमबद्ध हुन नसकेकोपनि बिज्ञप्तीमा उल्लेख छ ।

“यद्यपि दक्षिण अफ्रिकामा स्वरुप बदलिएको भाईरसको पहिलो विवरण लिनुभन्दा एक महिना अघि पहिलो संक्रमणको घटना भएको थियो । फ्रान्समा पहिलो रिपोर्ट हुनुभन्दा तीन महिना अघि यस सम्भावनालाई अस्वीकार गरियो । दोस्रो इन्फेक्सन केवल पहिलोको एक वेकअप कल मात्र हो” बिज्ञप्तीमा छ ।

महामारी सुरु भएको एक वर्षपछि कोरोना भाइरस प्रतिरोधात्मक क्षमताको अवधिका बारेमा अझै धेरै प्रश्नहरू उठेका छन् । पछिल्ला महिनाहरूमा अधिक संक्रामक रूपहरू देखिएपछि त्यो अझ प्रबल भएको छ।

ती मध्ये दक्षिण अफ्रिकी विशेष चिन्ताको विषय बनेको छ । विशिष्ट आनुवंशिक विशेषताहरूको कारण वैज्ञानिकहरू यसले खोपको प्रभावकारिता कम गर्ने भन्दै डराएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक