शनिबार, वैशाख ८, २०८१

कार्की र पन्तलाई एक लाख रुपियाँको खोज पत्रकारिता पुरस्कार

नेपाल प्लस२०७७ फागुन ३ गते १४:४९

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार २०२० नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ । एक लाख रुपियाँ राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्वन्धमा भएको अनियमितता सम्वन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दशैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए । समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानवीन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैंभत्ता फिर्ता गर्न वाध्य भएका थिए ।

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरु मध्येवाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ठ ठहर गरेको थियो ।

सोलुखुम्वुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए । उनले हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोटिङ गर्दै आएका छन् ।

गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियोबाट पत्रकारिता सुरु गरेका हुन् । हाल उनी लोकान्तर डटकममा संसद, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउँदै आएका छन् ।

मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिने छ ।

इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार ९२०२०० साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति ुकोटेश्वरको केटोु लाई प्रदान गर्ने निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भोलि घोषणा गरिने इञ्जाले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक