शनिबार, वैशाख ८, २०८१

बेलायतका होटेल कोरोना क्वारेन्टाईनका रुपमा उद्घाटन : नियम उल्लंघन गरे १० वर्ष जेल, १० हजार पाउण्ड जरिवाना

नेपालप्ल ससंवाददाता / बेलायत२०७७ फागुन ३ गते १५:५८

नयाँ स्वरुपका कोरोना भाईरसको संक्रमण ब्यापक भएपछि बेलायतले अब होटेलहरुलाई कोरोना क्वारेन्टाईन बनाउने भएको छ । बाहिरबाट बेलायत छिर्नेहरुले नियम उल्लंघन गरेमा १० वर्षसम्मको जेल र १० हजार पाउण्डसम्मको जरिवाना तोकेको छ ।

सोमबारदेखि जोखिममा वर्गीकृत देशबाट बेलायत आएका बेलायती वा आइरिश नागरिकहरू होटलमा क्वारेन्टाइनमा बस्न बाध्य हुनेछन् । तिनलाई १० दिनसम्म निगरानीमा राखिने छ ।

बेलायतले आजै सोमबार फर्वरी १५ का दिन क्वारेन्टाईनका रुपमा होटेललाई उद्घाटन गर्‍यो । अब जोखिममा वर्गीकृत देशका बासिन्दाहरू बेलायत ओर्लिनासाथ होटेलमा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ । कोरोना भाइरसका बदलिएका स्वरुपलाई रोक्नको लागि वर्तमान उपाय खोजिएको हो ।

बेलायतमा १ लाख १७ हजार भन्दा बढीको ज्यान लिएको कोरोना भाईरसको सामना गर्दै बोरिस जोन्सनको सरकारले एक करोड ५० लाख भन्दा बढी मानिसहरूलाई खोप लगाउन सम्भव तुल्याएर विशाल अभियानको फाइदाको संरक्षण गर्ने योजना बनाएको छ । बेलायतले यसकालागि ठूलो त्याग गरेको छ । जनवरीको शुरुदेखि नै तेर्सो पटक लकडाउन गरिएको छ । कोरोना स्वास्थ्य संकटका धेरै नियमहरु लागू छन् ।

मध्य फर्वरी भन्दा पहिले सबैभन्दा जोखिममा रहेका चार सूची अन्तर्गतका व्यक्तिलाई खोप दिने महत्वाकांक्षी उद्देश्य पूरा गरिसकेपछि यो खोप कार्यक्रम सोमबारदेखि ६५–६९ वर्ष उमेरहरूमा विस्तार हुँदैछ ।

पहिले नै कोरोना भाईरसका बढी संक्रामक स्वरुपले बेलायत ग्रस्त छ जसको कारणले संख्यात्मकरुपमा विस्फोट हुनसक्ने संभावना छ । सरकार स्वरुप बदलिएको (भेरियन्ट्स) कोरोनाको फैलावट रोक्न चाहन्छ जसको विरूद्ध वर्तमान खोपहरू कम प्रभावकारी साबित हुन सक्छन् भन्ने त्रास बाँकि नै छ ।

सरकारले रातो सूचीमा राखेका ल्याटिन अमेरिकी ३३ देशहरूबाट गैर आवासीयहरूको आगमनमा प्रतिबन्ध लगाइसकेको छ जसमा ल्याटिन अमेरिका र दक्षिण अफ्रिका सबै सामेल छन् । ति देशमा नयाँ स्वरुपका कोरोना भाईरसहरु पहिचान गरिएको छ ।

सोमबार देखि ति देशहरू बाट बेलायत आएका बेलायती बासिन्दा वा आइरिश नागरिकहरू एउटा होटलमा बन्द हुनेछन् । तिनलाई १० दिनसम्म निगरानीमा राखिने छ। अन्य देशहरूबाट आएका यात्रीहरूले पनि दश-दिनको क्वारेन्टाइन अनुसरण गर्नुपर्छ । तर बेलायतीहरु भने घरमै बस्नपनि सक्ने छन् । त्यसकोलागि अनुमति माग गर्नुपर्छ ।

क्वारेन्टाईन बसाईको खर्च १,७५० पाउण्ड (लगभग २,००० युरो) तिर्नुपर्ने छ । त्यसमा परीक्षणहरू समावेश गरिएको छ । किनभने अन्य सबै यात्रुहरूले क्वारेन्टाईनपछि ७२ घण्टा भित्र परिक्षण गरिएको कोरोना भाईरसको नकारात्मक परिक्षण प्रस्तुत गर्नुका साथै क्वारेन्टाइनको दोस्रो र आठौं दिनमा स्क्रीनिंग गर्नुपर्ने छ ।

यो “सीमामा स्वरुप बदलिएका कोरोना भाईरस बिरूद्ध सुरक्षाको नयाँ तह हो” बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले एक विज्ञप्तिमा भनेका छन् ।

उल्लंघनकर्ताहरूले ठूलो जरिवाना तिर्नुपर्ने छ । होटलमा क्वारेन्टाइनबाट भाग्न खोज्नेहरूको लागि १० हजार पाउण्ड जरिवाना लिईने छ । नकारात्मक परीक्षण नभएमा एक हजार पाउण्ड जरिवाना तोकिएको छ । जसले जोखिममा रहेको देशबाट आएर लुकाउन, ढाँट्न खोज्छ उसकालागि दस वर्ष जेल सजायँ हुनसक्छ ।

होटलमा बस्न र परीक्षणकलागि एक समर्पित वा सिफारिस गरिएको साइट मार्फत् अग्रिम बुक गर्नुपर्छ । सरकारले पहिले नै करीव पाँच हजार कोठा आरक्षित गरिसकेको छ जसको क्षमता ५८ हजारसम्म पुर्‍याउन सकिने उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक