शुक्रबार, वैशाख १४, २०८१

जर्मनीद्वारा केहि देशसितको सिमा बन्द, ईयुद्वारा आलोचना

नेपाल प्लस२०७७ फागुन ३ गते १७:२८

                             Credit- AFP via times of malta

नयाँ स्वरुपमा कोरोना भाइरसहरु भित्रिने डरले जर्मनीले युरोपेली युनियनका केहि देशसितको आफ्नो सिमा बन्द गरेको छ । तर युरोपेली युनियनले भने त्यसको आलोचना गरेको छ ।

जर्मनीले अस्ट्रियन टायरोल र चेक गणतन्त्रसँगको सीमाना बन्द गरेर आइतबार सील गरेको हो ।

आइतबार फर्वरी १४ को मध्यरातमा जर्मनीले कोभिड १९ को अत्यधिक संक्रामक प्रकारको संक्रमण रोक्ने प्रयासमा अस्ट्रिया र चेक गणतन्त्रसँगको सीमाहरू बन्द गरेको हो । जर्मनीको यो प्रयासले युरोपियन युनियन (ईयू) मा द्वन्द हुनसक्ने मेडियाहरुले औंल्याएका छन् । किनभने युरोपेली युनियनका देशले कोरोना रोकथामका साझा प्रयास गर्नुपर्ने ईयुले बताउँदै आएको छ । विश्व स्वास्थ्य संगठन र ईयुका बैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानदाताहरुलेपनि त्यसैमा जोड दिँदै आएका छन् ।

“स्विक्रिति लिएका केहिले अपवादका रुपमा बाहेक अन्य व्यक्ति जर्मन भूमिमा प्रवेश गर्न सक्नेछैनन्” गृहमन्त्री होर्स्ट सीहोफरले दैनिक बिल्डको आइतबार संस्करणमार्फत् चेतावनी दिएका छन् ।

अस्ट्रियाका सडकहरूमा जीपीएस बिना नै जर्मनीतिर आउन दिएकाले बाटोमा फस्नुपरेको भन्दै यात्रुहरुले भने गुनासो गरेका छन् ।

जर्मनीमा बसोबास गर्ने जर्मन, जर्मनीमा बसोबास गर्ने अन्य देशका मानिसहरूका साथसाथै सीमा पार गर्ने कामदारहरू र माल ढुवानी गर्ने पेशेवार ब्यक्तिहरुले नकारात्मक पीसीआर परीक्षण प्रस्तुत गरेर मात्रै जर्मनी प्रवेश गर्न अनुमति पाउने छन् ।

यी नियमहरू सुनिश्चित गर्न हजारौं प्रहरी अधिकारीहरूको जर्मनीद्वारा परिचालन गरिएको छ । जर्मनीको रेल कम्पनीले यी क्षेत्रहरूसँगको सम्बन्ध हालकालागि स्थगित गरेको छ । आइतबार बिहानबाट प्रहरीले फ्रान्कफर्ट एयरपोर्टको आगन्तुक कक्षमा जाँच गर्न थालेको छ ।

अस्ट्रियाबाट जर्मनी छिर्न लागेका गाडीहरुलाई हाल लाईन राखेर रोकिएको छ । जर्मन प्रहरीले तिनलाई अस्ट्रियानै फिर्ता पठाउन लागेको छ ।

जर्मन सरकारले कोविड १९ का बेलायती र दक्षिण अफ्रिकी प्रकारबाट संक्रमित हुने डरले यी प्रतिबन्ध लागू गर्ने निर्णय गरेको हो । चेक गणतन्त्र, स्लोभाकिया र टायरोलको अष्ट्रियन क्षेत्रलाई जर्मनीले उच्च जोखिम क्षेत्रको रूपमा लिने गरेको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक