बुधबार, वैशाख १२, २०८१

अमेरिकामा मनाइयो जनयुद्द दिवश

नेपाल प्लस२०७७ फागुन ३ गते १७:४४

छब्बिसौं जनयुद्ध दिवस आयोजक समिती, अमेरिकाले पहिलो पटक जनयुद्ध दिवस कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा गुणराज लोहनी र लेखनाथ न्यौपानेलाई आमन्त्रण गरिएको थियो ।

जनयुद्धका सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण र अन्तरराष्ट्रीय गीत बजाएर ऐक्यबद्धता जाहेर गर्दै शुरु भएको थियो कार्यक्रममा । कार्यक्रममा न्यौपानेले नेपालमा आमूल परिवर्तनको निमित्त जनयुद्ध आवश्यक रहेको बताए । उनले ऐतिहासिक जनयुद्धको कारणले नै गणतन्त्र आएको उल्लेख गरे । युद्ध लड्ने साथीहरू अहिले आफ्नो देश छोडेर अन्यत्र पलायन हुनु परेकोमा आफूलाई दु:ख लागेको बताए । अबको यात्रा समाजवाद तर्फ रहेकोले नयाँ पुस्ताले पहल गर्नुपर्ने बह्नाई उनको थियो ।

कार्यक्रमका प्रमूख अतिथी लोहनीले नेपालमा अझै पनि पूर्ण रूपमा क्रान्ति सम्पन्न नभएकाले सबैले आआफ्नो ठाउँबाट योगदान गर्नु पर्ने बताए । “यो ब्यवस्था ल्याउन भूमिका नरहेको व्यक्तिको हातमा सरकारको नेतृत्व जानाले अहिले नेपालमा यस्तो संकटपूर्ण परिस्थिति उत्पन्न भएको छ। नेपालमा अहिले दलाल पूंजीवादी सत्ता छ । यो दलाल पूंजीवादी उत्पिडनको अन्त्य अरु कुनै विचार र ब्यबस्थाबाट हुँदैन । यसको हल भनेको वैज्ञानिक समाजवादी क्रान्तिले मात्र गर्दछ” उनले भने ।

अतिथिको रूपमा बौल्दै विश्व बहादुर शाह, कन्यैन परियार र तिलक केसीले जनयुद्ध दिवसको वर्तमान अवस्थामा झनै महत्व रहेको धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता काशिनाथ पौडेल र संचालन दिपक लामिछानेले गरेका थिए ।

मन्तब्य राख्ने क्रममा पत्रकार किशोर पन्थीले जनयुद्धको महत्वबारे बोले । बिष्णु भुजेलले नेपालको कम्युनिष्ट आन्दोलनको आवश्यकता बारे चर्चा गर्दै २६औं जनयुद्ध दिवसको शुभकामना ब्यक्त गरेका थिए । मधुसागर पौडेलले सहभागिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा अमेरिका, यूरोप, मध्यपूर्व र मलेशिया लगायतका देशहरुबाट उत्साहजनक सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया