मंगलबार, वैशाख ४, २०८१

अधिवेशनको मुखैमा पत्रकार महासंघ युरोप शाखामा किचलो, केन्द्र बन्यो तमासे

नेपालप्लस संवाददाता२०७७ फागुन ३ गते १९:४४

लामो समयदेखि बिवादमा रहेको नेपाल पत्रकार महासंघ युरोप शाखाको विवाद त चुलिएकै छ । विवाद बढ्दै जाँदा शाखानै दुई चिरामा बिभाजित छ । एकातिर केजिन राई अध्यक्ष छँदै छन् । अर्को तिर वरिष्ठ उपाध्यक्ष दिल्ली अम्माईको कार्यकारी अध्यक्षका रुपले अर्को शाखा क्रियाशिल छ । अर्को साता हुन लागेको अधिवेशनका बारेमा अनेक विवाद छन् । तर केन्द्रले त्यसलाई सुल्झाउनुको साटो तमासे बनिरहेको छ । केन्द्रको बेवास्ता र नेपाल पत्रकार महासंघको केन्द्रिय विधानमाथिको  उल्लंघनले शाखामा झन  विवाद चुलिएको हो ।

नेपाल पत्रकार महासंघ युरोप शाखा (एफ एन जे युरोप) का अध्यक्ष केजिन राइलाई कार्तिकको तेस्रो हप्ता उनकै कार्य समितिका वरिस्ठ उपाध्यक्ष, महासचिव लगायत बहुमत सदस्यले निलम्बन गरेका थिए । राईले शाखाको विधिविधान बिरुद्द काम गरेको, आर्थिक हिनामिना गरेको, पदिय दायित्व पुरा नगरेको, राजनितिक पार्टीको भात्रि संगठनको नेत्रित्व गरेको लगायतका आरोप थियो ।

बहुमत सदस्यले हस्ताक्षर गरेर कारवाहिको सिफारिस गरिएपनि महासंघ केन्द्रले हालसम्म कुनै चासो नदिएको भनाई अम्माई पक्षको छ । यसै विषयमा नेपालप्लसले पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यसित जिज्ञासा राखेको थियो । शुरुमा उनले महासंघले बेलायतका पत्रकार चिरन शर्मालाई केन्द्रिय प्रतिनिधी तोकेकाले उनैलाई सम्पर्क गर्न सुझाव दिए । नेपालप्लसले केन्द्रिय अध्यक्षका हिसावले यसको जवाफ दिनुपर्ने अडान राखेपछि उनले केन्द्रले केजिन राई अध्यक्ष भएको युरोप शाखालाई पहिचान गर्ने, अन्यलाई नगर्ने बताउँदै भने “केन्द्रमा युरोप शाखाको अध्यक्ष केजिन राई भनेर अभिलेख छ । अरुलाई चिन्दैन ।”

‘अधिवेशन हुनुभन्दा अगाडि पत्रकारहरुको सदस्यताकालागि आबेदन र नविकरण समेत आव्हान नगराई केजिन राईले अधिवेशन गर्न लागेकाले कसरि यस्तो अधिवेशन हुन्छ ?’ नेपालप्लसले प्रश्न राखेको थियो । आचार्यले त्यसको जवाफमा भने “अधिवेशन हुनु भन्दा ६ महिना अघि सदस्यताको आबेदन गर्ने प्रक्रिया रोकिन्छ । त्यस अघि जोसुकैले आबेदन हालेर सदस्यता माग्न गर्न सक्छ । कसैले मागेर नपाएको अवस्थामा केन्द्रमा पुनरावलोकनकालागि आव्हान गर्न सक्छ ।”

तर युरोप शाखाको विशेष अधिवेशनबाट केजिन राईलाइ निस्काशन गरि कार्यवाहक अध्यक्ष बनेका दिल्ली अम्माई भने उनको यो भनाईमा सहमत देखिन्नन् । केन्द्रिय विधान अनुसारनै बहालवाला बहुमत सदस्यले राईमाथि अनुशासनको कारवाहि गरेकाले राईको नेत्रित्वमा हुने अधिवेशन आफूहरुकालागि मान्य नहुने भनाई उनको  भनाई छ । अधिवेशनपूर्व आव्हान गरिनुपर्ने सदस्यतापनि कहिँ कतै आव्हान नगरिएको, संस्थाकै वेभसाईटमा समेत कतै पनि सूचना उल्लेख नगरि गैर पत्रकारहरुलाई पत्रकार महासंघको सदस्यता बितरण गरिएको र पत्रकारिता गरिरहेकाहरुलाई वैनस्यता साँधी योजनाबद्द तरिकाले सदस्यबाट बन्चित गराइएकोलेपनि राईको नेत्रित्वमा हुने अधिवेधन एकलौटी हुनेहुँदा मान्या नहुने भनाई उनको छ ।

उनले भने ” केजिन राईले गरेको अधिवेशन हामीलाई मान्य हुनेछैन । किनभने त्यहाँ न्युनतम पत्रकारहरुको मात्रै सहभागिता छ । युरोपका बहुसंख्यक पत्रकारहरुलाई कि त कारवाहि गरिएको छ । कि त निस्काशन गरिएको छ । कि त जानाजान सदस्यता नविकरण गरिएको छैन । केहिलाई जबर्जस्त शाखा स्थानन्तरणको पत्र थमाइएको छ ।”

केन्द्रको बिधानबिपरित भएका कुरामा त कम्तिमा केन्द्रले बोल्नुपर्‍यो । हामीले कारवाहि गरेको र यो अधिवेशन हुनु राम्रो होइन, बिधिबिधान बिरुद्द छ भनेर कार्यसमितिको बहुमतले दस्तखत सहित् तिन महिना अघिनै बुझाएपछि त केन्द्रले केहि जवाफ दिनुपर्ने हो, तर अहिलेसम्म दिएको छैन । हामीले प्रतिक्षा गरिरहेका छौं” अम्माईले भने ।

महासंघको नियम अनुसार दुई तिहाई सदस्यले विशेष अधिवेशन आव्हान गर्नसक्ने र प्रक्रिया अनुसार हटाउन सक्नेपनि पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले बताए । उनले भने “हामीले कोकोले बिज्ञप्ती दियो भनेर हेर्ने होइन । महासंघको विधान अनुसार प्रक्रिया पुर्‍याएर आउनुपर्‍यो । त्यसरि आएको छैन ।”

चिरन शर्मालाई युरोप शाखाको अधिवेशनकालागि केन्द्रिय प्रतिनिधी तोकेपछि उनैलाइ सम्पर्क गर्न केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले अनुरोध गरेका थिए । तर ‘एफ एन जे युरोप शाखामा भएको विवादलाई केन्द्रिय अध्यक्षका हिसाबले बोल्नु र समस्या हल गर्नु तपाईको जिम्मेवारीभित्र पर्छ र होइन र ? यो विवाद प्रतिनिधीले सल्टाउने त होइन, केन्द्रले हो नी’ भन्ने प्रश्न नेपालप्लसले राखेपछि आचार्यको जवाफ थियो “केन्द्रिय प्रतिनिधी तोकेका छौं । उहाँलेनै समन्वय गरेर अधिवेशनको रिपोर्ट पठाउनुहुन्छ, त्यहि रिपोर्ट केन्द्रले हेर्छ ।”

केन्द्रले युरोप महासंघको अधिवेशनकालागि केन्द्रिय प्रतिनिधी तोकेका चिरन शर्मासित अधिवेशनका बारेमा प्रश्न गर्दा शुरुमै “मैले सबै सुनेंको छु । फ़ुल छु ! म केहि सुन्नै चाहन्न ! यो विषयमा वोल्नै चाहन्न” भन्ने जवाफ दिएका थिए ।

अधिवेशनबारे नेपालप्लसले लगातार अनुरोध गरिरहेपछि चिरन शर्माको भनाई यस्तो थियो-

म अर्को टिमलाई चिन्दिन । मलाई केन्द्रले कुनै समस्या छ भनेको छैन । केजिनको नेत्रृत्वमा रहेको टिमको अधिवेशन गराउन केन्द्रका अध्यक्षले निर्देशन गरेको  अवस्था छ । कुनै सदस्यता एप्रुभ गर्ने अधिकार ममा छैन । विवादको वारे अनविज्ञहुनुहुन्छ त भनि राखिएको जिज्ञासामा उनले भने, ‘ यहाँ सुरुवाति दिनदेखि विवाद छ । र विधिविधान नमाने पछि सधैं विवाद रहन्छ । समेटेपनि विवाद रहन्छ ।’ उनले थपे,  ‘अधिवेशन हुन्छ  । वैधानिकता मात्रै हेर्ने हो मैले । निर्वाचन समिती कार्यसमितीले बनाऊने अधिकार छ । केन्द्रिय नेताहरुले मलाई भन्नु पर्छ कि यो अर्को अम्माईजीको टोलिमा वैधानिक साथीहरुको वहुमत रहेछ भनेर भन्नुपर्यो । अनि मात्र स्थगित हुन्छ अधिवेशन ।’

मलाई केन्द्रले सिमित ज़िम्मेवारी दिएको छ । तपाईहरुले भनेजस्तो गर्न धेरै ढिलो भयो । म पछि को को ऊठ्दैछ, कसकसले भोट हाल्दै छ सार्वजनिक गर्छु ।

अधिवेशन पुर्ण हुन्छ । तर कहिले हुन्छ थाहा छैन । सायद शुक्रवार सार्वजनिक होला । डिल्लिजीको सदस्यता वेल्जियममा छ । योगेन्द्रको पोर्चुगलमा छ । त्यसैले ऊनिहरुले भगिरथ योगीसँग सम्पर्क गर्ने हो । र खपांगिलाई सम्पर्क गर्ने हो । मलाई होईन ।

यसैसित संवन्धित तलका समाचारपनि हेर्नुस्

पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई निलम्बित : आर्थिक हिनामिना र पार्टी पत्रकार बनेको गम्भिर आरोप

जालझेल, लेटरप्याड दुरुपयोग, आर्थिक अपारदर्शीता लगायतका आरोप लगाउँदै महासंघ युरोपद्वारा भ्रम नछर्न आव्हान

महासंघ केन्द्रको लेटर र महासचिवको सहि छाप दुरुपयोग : जातीय आरोपमा खेल्ने प्रयास

तपाइँको प्रतिक्रिया