बिहीबार, चैत १५, २०८०

कोरोना खोपले समलिंगी बनाउने धर्मगुरुको भनाइ

नेपालप्लस समाचार २०७७ फागुन ५ गते ०:२२

इरानको कोम शहरका मुस्लिम धर्मगुरुले कोरोना विरुद्धको खोप लगाउनेहरु समलिंगी हुने भएकोले खोप लगाउन बन्द गरी मुस्लिम धर्म अनुसारको उपचार अपनाउन सल्लाह दिएका छन । उनले कोरोना खोप मान्छेहरुलाई समलिंगी बनाउने षडयन्त्र भएको पनि बताएका छन ।

कोम शहरका ति धर्मगुरु अब्बास ताब्रिजियानले इजरायल, अमेरिका र पश्चिमी देशरुले मुसलमानहरुलाई समलिंगी बनाउन भित्री रुपमा योजना बनाएको बताउँदै खोपको साटो सुत्ने बेलामा
कटनको कपडामा वैजनी फूलको तेल भिजाएर गूदद्वारमा राख्न र सुत्ने बेलामा कपाल कोरेर सुत्न सल्लाह दिएकाछन् ।

उनको भिडियो दुई लाख दश हजारले हेरे पनि इरानीहरुले उनको सल्लाहलाई गम्भीरतापूर्वक नलिएको अरबिक समाचारपत्रहरुले उल्लेख गरेका छन ।

मुस्लिम धर्मगुरुहरु मात्रै होइन, यहुदी धर्म मान्नेहरुको बीचमा पनि खोप लिने कि नलिने भन्ने विवाद छ । केही मानिसहरु खोप लिन नहुने मत राखेकाछन् भने बहुसँख्यकहरुले
वैज्ञानिक अध्ययनबाट प्रष्ट भएको हुँदा खोप लिनुपर्ने बताइरहेकाछन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक