बिहीबार, वैशाख १३, २०८१

पत्रकार महासंघ युरोप अन्तत २ चिरामा : एकै दिन दुई समूहको अधिवेशन हुँदै

नेपालप्लस संवाददाता२०७७ फागुन ६ गते २३:५२

लामो समयदेखि विवादमा रहेको नेपाल पत्रकार महासंघ युरोप (एफ एन जे युरोप) अन्तत दुइ चिरामा बिभाजित भई अलग अलग अधिवेशनको तयारि गरिरहेका छन् । विधी विधान पालनाका विषयमा शाखामा रहेको विवादलाई केन्द्रलेसमेत बेवास्ता गरेपछि शाखा अन्तत केजिन राई र दिल्ली अम्माई गरि दुई चिरामा बाँडिँदै अलग अलग अधिवेशन हुन लागेको हो । दिल्ली अम्माई कार्यवाहक अध्यक्ष रहेको र आफूलाई आधिकारिक दाबी गर्दै आएको केजिन राई समूहले शनिवार अलग अलग महाधिवेशन गर्न लागेको हो । दुबै पक्षले अधिवेशनकालागि आआफ्नो तयारि गरेका छन् ।

केजिन राई पक्षले आफ्नो तयारि बारे खासै आधिकारिक जानकारि विहिवार राति १२ बजे यो समाचार लेख्दासम्म सार्वजनिक गरेको छैन ।

पत्रकार महासंघ युरोपको अधिवेशन आधुनिक प्रब्रिद्धिको सहारा लिएर यहि फेब्रुवरी २०  विहान १० बजेदेखि शुरु हुने पत्रकार महासंघ युरोपका महासचिव तथा प्रचार विभाग प्रमुख योगेन्द्र मिलन छन्त्यालले बताए । छन्त्याल दिल्ली अम्माई समूहको मानिन्छन् । युरोप भरि छरिएर रहेका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेकोले अधिवेशन भव्य हुने र अधिवेशनको सबै तयारी पूरा गरिएको उनले नेपालप्लसलाई बताए ।

केजिन राई पक्ष र दिल्ली अम्माइ पक्षबिच बिवाद देखिएपछि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले विधान अनुसार हुने आफ्ना शाखाहरुको अधिवेशन मात्रै मान्य हुने बताएको थियो । ग्लोबल नेपालिज डट कमसितको कुराकानीमा केन्द्रिय महासचिव रमेश विष्टले यस्तो बताएका थिए ।

नेपाल पत्रकार महासंघको बिधान अनुसार शाखामा कुनैपनि ब्यक्ति दुई पटक मात्रै अध्यक्ष हुन पाउने प्रावधान छ । तर केन्जिन राईले तेस्रो पटकपनि आफैं अध्यक्ष हुने भन्दै एकलौटी किसिमले अधिवेशन गर्न लागेको आरोप अम्माई पक्षले लगाएको छ । यहि विषयलाई संकेत गर्दै केन्द्रिय महासचिवले बिधान सम्मत तरिकाले गरिएको अधिवेशन मात्रै मान्य हुने बताएका हुन् ।

तर केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यलेनै बिधीबिधान पालना भए नभएको भन्दापनि केन्द्रले केजिन अध्यक्ष भएको युरोप शाखालाईमात्रै चिन्छ, बैध मान्छ” भन्ने अभिब्यक्ति दिएपछि केन्द्र र शाखामापनि बिवाद बढेको छ ।

केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले गत हप्ता नेपालप्लससित कुरा गर्दै केजिन राईलाई पहिचान गर्ने ठाडै बताएका थिए । उनले शुरुमा ‘ओहो यस्तो लेख्ने हो भनेर पहिलेनै भन्नुपर्ने’ भन्दै कुराकानीको अन्त्यमा ‘यो नलेखिदिनुहोला है?’ भनेका थिए ।

युरोप शाखा बारे बोल्नै अस्विकार गरेका उनलाई नेपालप्लसले ‘तपाईले नबोलेर कहाँ हुन्छ?’ भनेपछि प्रतिक्रिया दिएका थिए ।

अधिवेशन गर्नु अघि शाखाले सदस्यता नबिकरण र नयाँ सदस्यताको आबेदन आव्हन गर्नुपर्ने माग अधिकांश सदस्यले गरेका थिए । एफ एन जे युरोप शाखाको फेसबूक र वेभ साईट दुबै आफ्नो कब्जामा लिएर केजिन राईले आफूखुशि आबेदन भरेको र आफूलाई मन नपर्नेहरुलाई भर्नै नदिएको आरोप स्वतन्त्र पत्रकारहरुले लगाइरहेका छन् । तर आचार्यले भने ‘केजिन राईको यो कदमप्रति कुनै टिप्पणी नगरि आफूलेनै सदस्यता भर्नुपर्ने र सदस्यता भर्न नपाए केन्द्रमा पुनरावलोकनकलागि आबेदन गर्न सकिने, अधिवेशन तोकिएको ६ महिना अघिनै सदस्या बन्द गरिने’ उल्लेख गरेका थिए । तर अधिवेशनको मिति डेढ हप्ता अघिसम्म नतोकेका केजिन राईले अघिल्लो महिनासम्म आफूलाई मन परेका ब्यक्तिहरुलाई बाँडिरहेको सदस्यताका बारेमा भने केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले केहि बोलेनन् ।

दिल्ली अम्माई समूहले भने आफूहरुले एफ एन जे युरोप शाखाका तर्फबाट कार्यकारी समूहको बहुमत सदस्यले केजिनलाई अनुशासनको कारवाहि गरि दिल्ली अम्म्माईलाई कार्यवाहक अध्यक्ष तोकेकाके केजिन राईले अधिवेशन गर्नै नसक्ने बताएका छन् । “केजिन राई अध्यक्ष रहेकै कार्य समितिको बहुमत सदस्यले कारवाहि गरि केन्द्रलाई सिफारिस पठाएकाले उनले गर्ने अधिवेशन मान्य हुन्न । केन्द्रले हाम्रै अधिवेशनलाई मान्यता दिनुपर्छ र योनै बिधानत बैधानिक हो” अम्माईले भने ।

तर केन्द्रले बिधिबिधान अनुसार समस्याको हल नखोजिदिनाले एफ एन जे युरोपको अधिवेशन दुईतर्फी रुपमा हुन लागेको गुनासो धेरैको छ । दुबै पक्षले आआफ्नै तरिकाले तयारि अगाडि बढाएका छन् ।

यस अघि नेपाल पत्रकार महासंघ युरोप शाखा (एफ एन जे युरोप) का अध्यक्ष केजिन राइलाई कार्तिकको तेस्रो हप्ता उनकै कार्य समितिका वरिस्ठ उपाध्यक्ष, महासचिव लगायत बहुमत सदस्यले निलम्बन गरेका थिए । राईले शाखाको विधिविधान बिरुद्द काम गरेको, आर्थिक हिनामिना गरेको, पदिय दायित्व पुरा नगरेको, राजनितिक पार्टीको भात्रि संगठनको नेत्रित्व गरेको लगायतका आरोप थियो । त्यसको चित्तबुझ्दो खण्डन राईले आजसम्म गर्न सकेका छैनन् । केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको नेत्रित्वलेपनि यसमा चासो राखेको छैन ।

यसैसित संवन्धित तलका समाचारपनि हेर्नुस्

अधिवेशनको मुखैमा पत्रकार महासंघ युरोप शाखामा किचलो, केन्द्र बन्यो तमासे

पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई निलम्बित : आर्थिक हिनामिना र पार्टी पत्रकार बनेको गम्भिर आरोप

जालझेल, लेटरप्याड दुरुपयोग, आर्थिक अपारदर्शीता लगायतका आरोप लगाउँदै महासंघ युरोपद्वारा भ्रम नछर्न आव्हान

महासंघ केन्द्रको लेटर र महासचिवको सहि छाप दुरुपयोग : जातीय आरोपमा खेल्ने प्रयास

तपाइँको प्रतिक्रिया