शनिबार, वैशाख १५, २०८१

परराष्ट्र मन्त्री ज्ञवालीका भतिज मलेशियाका लागि स्टेशन म्यानेजर नियुक्त, कर्मचारी आन्दोलित

कर्मचारी आन्दोलित

नेपालप्लस संवाददाता२०७७ फागुन ७ गते २२:३४

नेपाल वायुसेवा निगम मलेशिया स्थित स्टेशन मेनेजरमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका नातामा भतिज पर्ने एक जना कनिष्ठ कर्मचारीलाई नियुक्त गरेपछि निगम आवद्ध कर्मचारीहरु आन्दोलित बनेका छन ।

मलेशिया स्थित स्टेशन मेनेजरको पद खाली भए पछी निगमले छैटौं तहका कर्मचारी फर्शुराम ज्ञावलीलाई नियुक्त गरेको हो । निगम श्रोतका अनुसार फर्शुराम परराष्ट्रमन्त्री प्रदिप ज्ञावलिका भतिज हुन । यिनलाई परराष्ट्रमन्त्री ज्ञवाको आदेशमा नियुक्ती दिइएको हो ।

पोष्टिङ कार्यबिधीअनुसार, विदेश कार्यालयको स्टेशन म्यानेजरमा जाने अधिकृतले कम्तिमा अंग्रेजी भाषा दक्षताको ‘आइएलटिएस’ गरेको हुनुपर्ने र मास्टर्स तहको पढाइ पुरा भएको हुनुपर्ने भनिएको छ । तर, ज्ञवालीसँग कुनै प्रकारको योग्यता छैन ।

‘विदेशस्थित कार्यालयमा पोष्टिङ पठाउँदा अपनाइने कार्यबिधीलाई पुरै मिचेर यो नियुक्ती दिइएको छ,’राउतले भने—‘आर्थिक प्रलोभनमा परेर र शक्ति–सत्ताको चरम दुरुपयोग गर्दै यही आर्थिक वर्षमा बढुवा भएको व्यक्तिलाई पोष्टिङमा हालिएको स्पष्ट भएको छ ।’

महाप्रबन्धक पौडेलले भने ‘संचालक समितिलाई पत्र लेखेर पठाउन सक्नुहुन्छ । तर म आफ्नो निर्णयबाट पछाडी फर्कन्न’ भनेर धम्कीको स्वरमा जवाफ दिएपछि कर्मचारीहरु अझ आक्रोशित भएका हुन् ।

अरु सुधार र योजनामा कहींकतै काम देखाउन नसकेपछि नेपाल वायुसेवा निगमका महाप्रबन्धक डीमप्रसाद पौडेल (प्रकाश) बिधी–नियम कुल्चेरै कर्मचारी हेरफेर र पदस्थापनमा लागीपरेका छन् ।

विदेशस्थित कार्यालयमा पोष्टिङ पठाउँदा अपनाइने कार्यबिधीअनुसार नमिल्ने र गैर–कानूनी ठहर्ने अवस्थामा पनि महाप्रबन्धक पौडेलले मलेशियाको स्टेसन प्रबन्धकका रुपमा हालै बढुवामा परेर छैटौं तहका पुगेका एक अधिकृतलाई नियुक्ती दिएका छन् ।

‘महाप्रबन्धक पौडेलले आर्थिक प्रलोभन र शक्ति प्रभावका कारण यो निर्णय गरेको देखिन्छ,’नेपाल वायुसेवा कर्मचारी संघका महासचिव नेत्रराज राउतले नेपालप्लससँग भने—‘हामीले महाप्रबन्धक पौडेललाई भेटेर यो निर्णय सच्याउन भन्यौं, तर गरिसकेको निर्णयबाट आफू पछि हट्न नसक्ने उहाँले बताउनुभयो ।’

यो निर्णयको कडा बिरोध गर्दै आवश्यक परेमा चरणबद्ध आन्दोलनमा उत्रन सक्ने भन्दै नेपाल वायुसेवा कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले बिहिबारै बिज्ञप्ती जारी गरिसकेका छन् ।

यसअघि, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको थियो । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी पुसको दोस्रो सातामा फिर्ता बोलाएको थियो ।

उक्त घटनापछि पहिलो चरणमा, निगमको मलेशिया स्टेशनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो । निगमको आन्तरिक तथा बाह्य स्टेशनका लागि खट्ने जनशक्तिको व्यवस्था गर्न गठित पोष्टिङ कमिटीले कन्ट्री म्यानेजर श्रेष्ठ सहितलाई स्पष्टीकरण सोधेको थियो ।

यो कमिटी महाप्रबन्धकको संयोजकत्वमा मानव संशाधन विभागका उपनिर्देशक, अर्थ विभागका निर्देशकसहित छ सदस्यीय स्थायी प्रकृतिको हुन्छ । तर, यसरी मलेशिया पोष्ट खाली गर्नमा पनि परराष्ट्र मन्त्री ज्ञवालीकै दवाव रहेको हुनसक्ने अहिले आएर स्पष्ट भएको छ, ।सार्वजनिक रुपमा अशल र शान्त स्वभावका बिद्धान मन्त्री भनेर चिनिने पररराष्ट्र मन्त्री ज्ञवालीले यसअघि पनि दिल्लीको नेपाल बायुसेवा कार्यालयमा रहेका आफ्ना भान्जालाई गम्भीर गल्तीमा पनि थमौती गरेरै राख्न सफल भएका थिए ।

यसैगरी, परराष्ट्र मन्त्री ज्ञवालीकै आफन्त पर्ने दिल्ली स्टेशन म्यानेजर नारायण पौडेल गम्भीर गल्ती गरेपनि कुनै कारवाही भएको थिएन ।

गत पुस १५ मा दिल्लीबाट काठमाडौं आएको नेपाल बायुसेवाकै उडान आरए २०५० मा ६ जना यात्रु बिना पिसिआर रिपोर्ट यात्रामा निस्किएपनि यो घटना सामसुम पार्ने प्रयत्न भएको थियो । दिल्लीका स्टेशन म्यानेजर एवं आफ्ना भान्जा पौडेललाई कुनै प्रकारको कारवाही नगर्न र फिर्ता नबोलाउन परराष्ट्र मन्त्री ज्ञवालीले ठाडो आदेश तथा हस्तक्षेप गरेका थिए ।

तपाइँको प्रतिक्रिया