शुक्रबार, चैत १६, २०८०

कार्यालय नै नभएको ठाउँमा दुइ हाकिमको ‘पोष्टिङ’ ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ फागुन ९ गते १३:३७

नेपाल वायुसेवा निगममा आन्तरिक उडानका लागि ल्याइएका चिनिया जहाज सधैंका लागि ‘ग्राउन्डेड’ भएपछि र कोरोना महामारीले उडान सेवा अस्तव्यस्त बनेपछि निगमले उपत्यका बाहिरका अधिकांस कार्यालय संचालनमा ल्याएको छैन ,।

तर, अनौठो यो छ कि यसैगरी कार्यालय नै नरहेको र हवाइ उडान समेत नरहेको बिराटनगर बिमानस्थलमा कार्यरत रहने गरी निगमले एकपछि अर्को प्रमुख खटाएको छ । निगम महाप्रबन्धक डीमप्रसाद पौडेलले आफ्नै स्वेच्छामा आठौं तहका कर्मचारी सन्तोष पाण्डेलाई हालै बिराटनगर कार्यालयमा खटाएका छन् । जबकि बिराटनगर कार्यालयमा यसअघि नै आठौं तहकै कृष्णप्रसाद अधिकारी ‘अन–ड्युटी’मैं छन् ।

      सन्तोश पाण्डे

एक वर्षअघि मात्रै जापानको नारिता विमानस्थलमा प्रमुख रहेका पाण्डेलाई बिना कारण ‘असक्षम’ देखाउँदै फिर्ता बोलाएपछि उनले आफूमाथि भएको अन्यायमा न्यायिक फैसला होस् भनेर प्रशासनिक अदालतमा मुद्धा दिइसकेका छन् । यो मुद्धा अहिले पनि बिचाराधिन छ । ‘तर कर्मचारी संघ(कांग्रेसं) निकट भन्ने नजिर बनाएर महाप्रबन्धक पौडेलले दुःख दिने नियतमा पाण्डेलाई बिराटनगर पोष्टिङ गरिदिएको बताउँछ ।

कर्मचारी संघका एक अधिकारीले भने—‘कार्यालय र उडानसमेत नरहेको ठाउँमा प्रमुख नियुक्त गर्नाको कारण के हो भनेर महाप्रबन्धकले खुलाउन सकेका छैनन् । अचम्म लाग्दो कार्यालय र उडान समेत नभएको ठाउँमा दुई जना कार्यालय प्रमुख नियुक्त उदेक लाग्दो मात्र होइन पुर्वाग्रहको चरमोत्कर्ष हो- ति अधिकारी भन्छन् ।

पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले नियुक्त गरेका महाप्रबन्धक पौडेलले आफ्नो पद जोगाउन ह्म्मे परिरहेका बेला सत्ता र शक्तिको नजिक देखाउन कांग्रेस पक्षधर भनिएका सबै कर्मचारीको पाँडे–पजनी गरिरहेको देखिन्छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बढी रिझाएर जेजस्ता अबैधानिक र बिनियममैं नरहेका काम गरिरहेपनि उनलाई पर्यटन मन्त्री, सचिवले प्रश्न गर्न सकेका छैनन् ।

नेपाल वायु सेवा निगमले भित्र्याएका ४ वटा चिनियाँ जहाज वाई १२ यतिबेला उडान नै नभरी त्रिभुवन विमानस्थलमै ग्राउन्डेड छन् । दुईवटा चिनियाँ जहाजलाई नै पाइलट अभाव भएकै बेलामा निगमले कुनै व्यवस्थापन नगरी थप दुई वटा जहाज ल्याएको थियो ।

नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार चीनबाट ६ वटा जहाज ल्याइएको हो । ६ वटामध्ये एउटा एमए – ६० र एक वाई १२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको थियो । त्यसपछि थप भएको ३ वटा वाई १२ र एउटा एम ए ६० सहुलियत पूर्ण ऋणमा खरिद भएका जहाज हुन् । एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक) द्वारा उत्पादित एमए – ६० को सिट क्षमता ५६ हो । हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता भने १९ सिटको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक