शुक्रबार, चैत १६, २०८०

स्पेनमा प्रहरी र प्रदर्शनकारीहरूबीच लगातार झडप : सयौं पक्राउ, केहि घाईते

नेपाल प्लस२०७७ फागुन ९ गते १४:५४

       photo Credit-archyde.com

शनिबार स्पेनको बार्सिलोनामा हिंसात्मक प्रदर्शनहरू भएका छन् । क्षेत्रीय प्रहरीका अनुसार बार्सिलोनामा छ जना सहित कातालोनियामा भएको विरोध प्रदर्शनमा नौ जना पक्राऊ परेका छन् । क्षेत्रीय उद्धार सेवाका अनुसार बार्सिलोनाका दुईसहित छ जना घाइते भएका छन् ।

मंगलबारदेखि हालसम्म सयौं व्यक्ति पक्राउ परेका छन् । बार्सिलोनामा पुलिसको रबरको गोली लागेर एक युवतीको आँखा गुमेको छ । एक प्रहरी अधिकारीपनि घाईते छन् ।

एएफपीका एक पत्रकारका अनुसार शनिबार फेब्रुअरी २० मा भएको प्रदर्शनीमा घटनास्थलमा प्रदर्शनकारीहरूले बोतल, डिब्बा र पटाका फ्याँकिदिएका थिए । प्रहरीले महत्वपूर्ण ठाउँमा प्रवेश निशेष गर्न लगाएका बारहरु भत्काउने र आगजनी गर्ने काम प्रदर्शनकारीले गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीहरुले भने दमनका बिरुद्द जाईलागेको जवाफ दिएका छन् ।

दंगामा संलग्न केहिले बार्सिलोनाको मुख्य शपिंग सेन्टरहरू रहेको पाससेग दे ग्रसिया एभेन्युको एक विलासी सामानको भवन तोडेर विलासी लुगाफाटा लुटेको प्रहरी रिपोर्टमा उल्लेख छ । प्रदर्शनकारीहरुले बार्सिलोना स्टक एक्सचेन्ज भवनमा आक्रमण गरेका थिए । तिनले थुप्रै मोटरसाइकलहरूसमेत जलाइदिएका छन् । त्यहाँ सुरक्षा परिचालन अत्यन्तै शक्तिशाली बनाइएकोछ ।

देशका अन्य शहरहरूमा क्याटलन क्षेत्रका नेता पाब्लो हसेललाई जेल सजाय सुनाएपछि प्रहरी र प्रदर्शनकारिबिच झडप भएको हो । राजतन्त्र र पुलिसलाई अपमान गरेको आरोपमा हसेललाइ नौ महिनाको जेल सजाय सुनाइएको छ ।

बार्सिलोनामा मंगलवार देखिनै प्रहरी र हजारौं प्रदर्शनकारीहरू बीच झडप भएको छ । मार्क्सवादी बिचारका कातालोनका पाब्लो हसेलको कारागारको विरोधमा लगातार प्रदर्शन भैरहेको छ ।

बत्तिस वर्षिय गायक हसेललाई पक्राउ र कैद गरेपछि मंगलबारदेखि नै विरोधको यो श्रृंखला सुरु भएको थियो । उनमाथि सामाजिक सन्जाल ट्विटरमा राजतन्त्र र पुलिसको अपमान गर्नुका साथै आतंकवादलाई समर्थन गरेको आरोप लगाइएको छ । सोहि आरोपमा उनलाई नौ महिनाको जेल सजाएँ सुनाईएको हो ।

हिंसा रोक्नको लागि प्रहरीले बार्सिलोना र म्याड्रिडका सडकहरूमा शनिबार बेलुका ब्यापक सुरक्षाकर्मी खटाएको थियो । तर हजारौं प्रदर्शनकारिहरुले नारा जुलुस गर्न थालेपछि झडप सुरु भएको फँस न्युज २४ले जनाएको छ । केहि हजार प्रदर्शनकारीहरू प्रहरी मुख्यालयतिर लागेपछि दोहोरो झडप भएको समाचारमा उल्लेख छ ।

त्यसैगरि म्याड्रिडमा कम्तीमा चार सय प्रदर्शनकारिहरु जम्मा भएका थिए । तिनले “पाब्लो हसेललाई रिहाई गर” जस्ता नारा लगाएका थिए । हसेलको समर्थन गर्दै सामूहिक रुपमा ताली बजाउने र प्रहरी परिचालनको बिरोध गरेका थिए । सुरक्षा ब्यवस्था मेड्रिडमापनि केहि दिनदेखि कडा पारिएको छ ।

स्थानीय मिडियाका अनुसार मालागा, कर्डोबा र सेभिल (दक्षिण) मापनि विहानैदेखि केहि सय प्रदर्शनकारीहरु भेला भएर बिरोध गरेका छन् ।

हालसम्म धेरैजसो प्रदर्शन बार्सिलोनामा भएको छ । यो प्रदर्शन हाल स्पेनका अन्य शहरहरू म्याड्रिड, भ्यालेन्सिया र ग्रेनाडा (दक्षिण) हुँदै अन्य शहरमा फैलिँदै गएको छ ।

शासकीय गठबन्धनको बिभाजनले स्पेनमा हिंसा बढेको छ । यसले राजनीतिक बिवाद खडा गर्दै लगेको छ । प्रधानमन्त्री पेद्रो सान्चेज र कट्टरपन्थी वामपन्थी पोडेमोस पार्टीका समाजवादी नेताहरु यो बिवादमा सामेल छन् । पेड्रो सान्चेजले प्रदर्शनकारीहरुले गरेको हिंसाको निन्दा गरेका छन् भने पोडेमोसका नेताहरूले प्रदर्शनकारीहरूलाई समर्थन गरेका छन् । यसरि राजनितिक दल र नेता बिभाजित हुँदा राजनितिक प्रदर्शनहरु बढ्दै गएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक