बुधबार, फागुन १९, २०७७

लगेजमा ट्याग नलगाउँदा विमाननै जोखिममा

मदन बज्राचार्य२०७७ फागुन ९ गते १६:०१

निगमको स्टेसन भन्नुको अर्थ निगमको बिमान उड्ने बिमानस्थल र त्यहाँ रहेको निगमको कार्यालय हो । यस्तो स्टेसनहरु नेपाल भित्र र बाहिरको देसमा पनि हुन्छ । त्यस्ता निगमको स्टेसनहरुको प्रमुख बजार बिभागको कर्मचारीहरु हुन्छ । आवस्यकता अनुसार बजार बिभागकै मातहतमा हुने गरी फाइनान्स डिपार्टमेन्ट र अन्य विभागको कर्मचारी पनि खटाइने गरिन्छ । ती स्टेसनहरुमा हुने प्रमुख कार्य भनेकै टिकट बेच्ने, बुकिङ गर्ने र निगमको उडानको ब्यवस्थापना गर्ने हो ।

त्यसैले स्टेसन प्रमुख भएर खटिनेसित कस्तो तालिम र अनुभव भएकै हुनुपर्ने र स्टेसनमा कुनै हुनु नहुने कार्य भएमा स्टेसन प्रमुख र उसको मातहतको संवन्धित कर्मचारीलाई कस्तो कारवाहि “बिना तर” लाग्छ त्यो स्पस्ठ भएको नियम बनाउनुपर्छ । बरिस्ठ कुनैपनि हुन्छ एक दिन । तर जिम्मेवारि मात्रै इमान्दार र योग्य कर्मचारीबाट मात्रै बहनगर्न पाउनुपर्छ । योग्यता मात्रै भएर हुँदैन । इमान्दार पनि हुनुपर्छ । त्यस्तै इमान्दार मात्रै भएर हुँदैन । योग्य पनि हुनुपर्छ । मैले निगममा ३० वर्ष सेवा गरेकोर् स्टेसनमा पनि कार्य गरेको आधारमा स्टेसनमा खटाइने कर्मचारीमा हुनैपर्ने र जान्नैर्ने कुराहरु यि हुन् :

०१) डोमेस्टिक र अन्तर्राष्ट्रिय टिकट जारी गर्ने
०२) नियमित र आकस्मित उडान ब्यवस्थापन
०३) भोलेन्टरी र इनभोलेन्टरी रिरुटिङ गर्ने
०४) इन्डोर्समेन्ट अर्थात अर्को विमान सेवामा यात्रु स्थानन्तरण गर्ने
०५) फ्लाईट इन्ट्रप्सन मेनिफेस्टबाट सहि तरिकाले अर्को विमान सेवामा यात्रु पठाउने
०६) विशेष परिस्थितीमा कस्तो यात्रुलाई कसरी होटेलको ब्यवस्था मिलाउने
०७) बुकिङ ब्यवस्थापनामा निपुँणता
०८) ब्यागेज र कार्गो ढुवानी गर्ने गराउने पद्धति
१०) एजेन्टहरु मार्फत निगमको ब्यापार संवन्धि बिस्त्रित ज्ञान
११) अर्को देशको स्टेसनमा खटिने निगमको ब्यवसाय लगायत त्यससित संवन्धित नियम कानुन
१२) माथि उल्लेखित कुनै पनि कुरामा बिगतमा आरोप लागेर कार्यवाहिमा नपरेको हुनै पर्ने।
१३) कमसेकम निगमको ब्यवसाय र त्यहाँको नियमित ब्यवसायमा अङ्रेजिमा राम्रै कम्युनिकेसन गर्नसक्ने
१४) अचेल उड्डयन ब्यवसाय कम्प्युटरकै माध्यमबाट हुन्छ । त्यसैले कम्प्युटिङमा निपुँणता अत्यावस्यक भैगयो।

नियतनै खराव भएका स्टेसन प्रमुखबाट हुन सक्ने गलत कार्यहरुको कारणहरु:

बाह्य स्टेसनहरुमा कुनै पर्यटकिय महत्वको हुन्छ । कुनै ब्यापारिक महत्वको हुन्छ र कुनै पर्यटकिय तथा ब्यापारिक महत्वको हुन्छ । पर्यटकिय महत्वको स्टेसनमा त्रुटी तथा अनिमियतता टिकट बिक्री र यात्राु र उडान ब्यवसायमा हुनेगर्छ । यस्तो कुनै पनि कारणबस भए वा गरेमा त्यसको जानकारी र असर सामान्यत तरिकाले लुकाउन त सकिँदैन । तर नसकिनेनै पनि होईन। यस्तो कुप्रयास हुने टिकट बेच्ने काउन्टरमा लाइन लगाएर टिकट बेचिँदैन । छुट्टै ढड्डामा नाम लेखाएर टिकट बाँड्दिने हुन्छ । त्यस्तो स्थानमा हावाईजहाजको टिकट हाउस्फुल भएको सिनेमाको टिकट जस्तै हुन्छ । काउन्टरमा नपाईने, बाहिर अर्कै भाउमा पाइने धेरैले देखे भोगेकै हुनु पर्छ।

कार्गो ढुवानी पनि निगमको कमाईको आधार हो । कार्गो ढुवानिमा बिशेष भाडा तिरेकोमा बाहेक अरु कार्गो जुन पहिला बुक गेको हुन्छ त्यसैलाई पहिला पठाउने शिद्धान्तमा हुनु पर्नेमा अन्यथा गरिन्छ । यस्तोमा समयमै नियन्त्रण नगरे कार्गो ब्यापारीहरु संवन्धित कर्मचारीलाई खुस्याउन बाध्यनै हुन्छ ।

कुनैपनि हावाई यातायात ब्यवसायको प्रमुख आम्दानिको आधार यात्रु र यात्रुको अतिरिक्त तौल भएको ब्यागेजनै हो । यसमा अनिमियतता हुने स्टेसनमा निम्न ब्यबस्था गरिएको हुँदैन:

०१) आफ्नै उडानमा कन्फर्म भएको यात्रु कुनैपनि कारणले अर्को बिमान सेवाको उडानमा जानुपर्ने बनाएमा त्यो यात्रुको होटेल र अन्य खर्च समेत ब्यहोर्नुपर्ने भएर ठुलै नोक्सानि हुनसक्छ । नेरुमा बेचिएको टिकट भएको त्यस्तो यात्रु अर्को बिमान सेवामा पठाउँदा उनिहरुले तोकेको भाडा डलर युरोमा तिर्नुपर्ने पनि हुने भएकोले अनियमित तरिकाले गरिने यस्तो कार्य अपराध पनि हो । तापनि यस्तै कार्य अनिमियत तरिकाले हुँदै गरेकोले बिगतमा निगमलाई अत्याधिक नोसानी हुँदै गरेको थियो । यस्तो अनिमियत कार्य रोक्न कुनैपनि कारणबस यात्रुलाई अन्य उडानमा जान दिएको विवरण राख्नु अनिवार्य गर्दै त्यो विवरण संवन्धित उडानको बुकिङ डिटेल्स सित फेरिफाई गर्ने गरेमा तुरन्तै थाहा पाउन सकिन्छ । सम्बन्धित कर्मचारीलाई कार्यवाही समेत् गर्न सकिन्छ । तर यस्तै गर्न गराउनमा सानो होईन ठूलै बाधा तेर्साइन्छ ।

०२) यात्रु चेक इन गर्ने काउन्टरमै यात्रुले लग्न पाउने ब्यागेज पनि तौलिने र ब्यागेज पनि त्यही काउन्टर बाटै जहाजमा पठाइन्छ । त्यतिबेला यदी अतिरिक्त तौल भएको ब्यागेजमा दस्तुर तिराईएको रहेछ भने त्यसको सम्पूर्ण विवरण “बोर्डिङ डिटेलमा” उल्लेख गरिनु अनिवार्यनै हुन्छ । तर गरिँदैन । गरिएमा त्यो बोर्डिङ डिटेलनै लुकाइन्छ । केन्द्रमा कहिल्यै पनि पठाइँदैन ।

०३) यात्रु चेक ईन हुने काउन्टरमा चाहेमा ब्यागेज चेक्ड्इन भएको ब्यागेजको ट्याग सिस्टमबाटै दुई प्रति ट्याग निक्लन्छ । तौल समेत उल्लेख भएको । त्यसको एकएक प्रति ट्याग ब्यागेजमा झुन्ड्याइन्छ र अर्को प्रति यात्रुलाई दिईन्छ । यसको विवरण पनि बोर्डिङ डिटेलमा सिस्टमले नै उल्लेख गरिन्छ । धन्दा गरिने काउन्टरमा सिस्टमबाटै ट्याग ननिक्लने गर्दै खल्तिबाट निकालेको लुज ट्यागनै लगाइन्छ । त्यस्तो लुज ट्याग लागेको ब्यागेज कुनै पनि काउन्टरमा पठाउन सकिने भएकोले त्यस्तो लुज ट्याग “नगद” जत्तिकै हुन्छ । त्यस्तो लुज ट्याग लगाएर सुटुक्क पठाएको ब्यागेज र त्यसको तौलको कुनै अभिलेख समेत नहुने भएकोले उडाननै जोखिममा पर्छ पनि । तापनि सिस्टम बाटै तौल समेत उल्लेख हुने ब्यागेज ट्यागको बारेमा उच्चारण समेत सुन्न नचाहनुको तात्पर्य नबुझिने होईन । बुझिन्छ स्पस्ठ ।

निगमको संवन्धित निकायमा ३० वर्ष सेवा गरेको र उल्लेखित कुरालाई पुस्टि गर्ने सयौं उदाहरण र प्रमाणको अभिलेखहरु निगममा भएकै हुनु पर्छ । मैले निगमबाट २००५ मा अवकाश लिएको थिएँ । यो लेख कसैले नपढेपनि निगममा अनियमित सरुवा भएकोमा बिरोध गर्ने कर्मचारी संघकाले पढुन भन्ने चाहन्छु ।

तपाइँको प्रतिक्रिया

फेसबुक