शुक्रबार, वैशाख १४, २०८१

बर्ड इन्फ्लुएन्जा मान्छेमा सरेको रसियाद्वारा पुष्टि

नेपाल प्लस२०७७ फागुन ९ गते १६:५१

रसियाले शनिबार बर्ड फ्लू (एच ५ एन ८) मानिसहरूलाई सार्ने पहिलो घटना पत्ता लगाएको घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनलाई यो “महत्वपूर्ण खोज” बारे सूचित गरिसकेको जनाएको छ । तर यो भाइरस एक व्यक्तिबाट अर्कोमा वा ब्यक्तिबाट ब्यक्तिमा नफैलिने उल्लेख छ ।

यो भाइरसको अनुगमन हुनुपर्ने रसियाले जनाएको छ । रसियाले शनिबार(फेब्रुअरी २०) मा बर्ड फ्लू (एच ५ एन ८) को रुप मानव संक्रमणको पहिलो घटना फेला पारेको दाबी गरेपछि अनुगमन हुनुपर्नेमा जोड दिएको हो ।

रूसी स्वास्थ्य एजेन्सी रोस्पोट्रेबनाडजोरका प्रमुख अन्ना पोपोवाले एक टेलिभिजनलाई भनिन् “ए समूहको भाइरस ए एच ५ एन ८ एभिएन इन्फ्लूएन्जाबाट संक्रमित भएको पहिलो घटनालाई प्रयोगशालाले पुष्टि गरेको छ ।”

दक्षिणी रसियाको कुखुरा फ्याक्ट्रीका संक्रमित सात मानिसहरूलाई यो भाइरस पत्ता लागेको थियो जहाँ बर्ड फ्लूको महामारीले डिसेम्बर २०२० मा जनावरहरूलाई असर गरेको थियो । अन्ना पोपोभाका अनुसार हाल ति बिरामीहरूको सुधार भैरहेको छ र कुनै जटिलता देखिएको छैन ।

“संक्रमण नियन्त्रण गर्नको लागी उपायहरु छिटै नै लिइएको केन्द्रले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार मानिसमा एभिएन इन्फ्लूएन्जाको प्रसारण विरलै हुने घटना हो । यो चराबाट मानिसमा सर्न संक्रमित चराहरू वा उनीहरूको वातावरणसँग प्रत्यक्ष वा नजिकको सम्पर्क चाहिन्छ । यद्यपि यो भाइरस अवलोकन गर्नुपर्दछ । किनकि यसले आफ्नो स्वरुप बदल्न सक्ने सम्भाव्यता छ।

तपाइँको प्रतिक्रिया