बिहीबार, चैत १५, २०८०

कोरोना संक्रमणको स्विडेनी अपवाद

नेपाल प्लस२०७७ फागुन ९ गते २१:३४

स्विडेनमा मास्क छैन अनिवार्य । युरोपका अन्य देशसित तुलना गर्दा कुनै गम्भिर संक्रमणपनि छैन । रेस्टुरेन्टहरू बन्द छैनन् । स्वीडेनमा सरकारले कोविड १९ महामारीको सामना गर्न नागरिकहरूको आत्म-अनुशासनमा शर्त लगाएको छ । कडा विधिको सहारा लिनुको सट्टा उसले लामो समयदेखि व्यक्तिगत जिम्मेवारी, सामाजिक दूरी र टेलिवर्कको सामान्यीकरणमा ध्यान दिन रुचायो । जनसंख्याको बहुमतले अनुमोदन गरेको रणनीति त्यहि हो जुन अहिले आफ्नो सीमामा छ । किनकि स्वीडेन कोरोना भाईरस संक्रमणको युरोपियन औसतमा छ । यो देशमा नर्वे र फिनल्याण्डको तुलनामा भने भाइरसबाट दश गुणा बढी मृत्यु भएको छ।

गत मार्चमा कोविड १९ को पहिलो लहर विश्वभरि छायो । स्विडेनले बाध्यकारी उपायहरू अपनाउने छनौट गर्‍यो जसले आफ्नो नागरिकहरूलाई महामारीको शिकार हुन व्यक्तिगत र सामूहिक उत्तरदायित्वका साथ छोड्ने प्राथमिकता रोज्यो । बाध्यकारि नियमहरु लाद्नुको साटो ।

तर पछिल्लो नोभेम्बरमा जाडो यामको थालनी भयो । विशेष रूपमा दोस्रो छालको सुरुवातसँगै खतरा बढ्यो । स्विडेनी सरकारले भाइरससँग लड्नको लागि आफ्नो रणनीति परिवर्तन गर्नुपर्‍यो ।

यो उत्तरार्द्धको देशले अन्य देशहरूको तुलनामा कम कडाईका नियमहरु अपनायो । राज्यले बिस्तारै बिभिन्न उपायहरू अपनाएर थोरै कडा बनाएको छ । रेस्टुरेन्टहरु खोल्ने र बन्द गरिरहने भन्दा खोल्न दिने तर रेस्टुरेन्ट टेबलमा पाहुनाहरूको संख्या सीमित गर्ने निति लियो । उच्च माध्यमिक विद्यालयमा दूर शिक्षामा स्विच गर्ने रणनिति अपनायो । मास्क लगाएर हिँड्न सिफारिस गरियो । तर पसलहरु भने बन्द गराएन ।

यहाँ मध्य डिसेम्बरदेखि दैनिक घटनाहरूको संख्या घट्दै गइरहेको छ । यद्यपि त्यो गिरावट हालैका दिनमा अवरुद्ध भएको छ । र स्वास्थ्य अधिकारीहरू अब तेस्रो छालको डरमा बसेका छन् ।

एक करोड ३० लाख जनसंख्या भएको यस देशमा फर्वरी १६ सम्म छ लाख १० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित थिए । सरकारी तथ्यांक अनुसार कम्तिमा १२,४८७ जनाको मृत्यु भएको छ ।

युरोपका धेरै देशबाट मेडियाकर्मीहरु स्वीडेन गएका थिए । त्यहाँको अनौठो पद्दति बुझ्न । ति फिनल्याण्ड र डेनमार्क पनि गएका थिए । ति विशेष प्रकारका स्विडेनीहरु भेट्न चाहन्थे जसले संक्रमित हुने डरले आफ्नो देश छोडेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक