बिहीबार, वैशाख १३, २०८१

युरोपेली संघद्वारा रसिया बिरूद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय, रसियाद्वारा बैठक अघिनै चेतावनी

नेपाल प्लस२०७७ फागुन १० गते १९:५६

                    credit-The moscow times

युरोपेली संघका विदेश मन्त्रीहरूले आज सोमबार वरिष्ठ रूसी अधिकारीहरूको बिरूद्ध थप प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । रुसि बिपक्षी नेता आलेक्सी नाभाल्नीलाई कारागारको सजायँ दिएबिरुद्द युरोपेली युनियन(ईयु) का नेताले नयाँ प्रतिबन्ध लगाउने भएका हुन् ।

ईयूका विदेश मन्त्रीहरूले सोमबार २२ फेब्रुअरीमा रूसी विपक्षी आलेक्सी नाभाल्नीको उपचारका लागि जिम्मेवार व्यक्तिविरूद्ध नयाँ लक्षित प्रतिबन्धहरू अपनाउने निर्णय गरेको मेडियाहरुमा उल्लेख छ ।

फ्रँस २४ न्युजका अनुसार ईयुका सत्ताईस वटै मन्त्रीहरूको बैठकमा रसियाबिरुद्द नयाँ लक्षित प्रतिबन्धका लागि “राजनीतिक सम्झौता” भएको छ । ईयु कूटनीति प्रमुख जोसेप बोररेललाई रूसी अधिकारीहरूको नामको सूची प्रस्ताव गर्न बैठकले निर्देशन दिएको छ । यसमा कुन कुन देशका कुन कुन ब्यक्तिले आव्हान गरेका हुन् भन्ने खुलाउन आवस्यक नरहेको ईयुका नेताहरुको भनाई छ ।

मन्त्रीहरु बीचको लामो छलफल पछि यस्तो सहमति भएको थियो । तर बैठक पछि कुनै पनि ब्यक्तिको नाम दिइने छैन । “यी कुराहरु जिम्मेवार ब्यक्तिबिरुद्द लक्षित छन् । समानुपातिक र कानुनी रूपमा आधारित प्रतिबन्धहरु लक्षित हुनेछन्” निर्णयमा भनिएको छ ।

फ्रँस न्युज २४ का अनुसार अस्ट्रियाका विदेश मन्त्री अलेक्ज्याण्डर श्यालेनबर्गले उक्त बैठकमा आइपुगेपछि भनेका छन् “उक्त प्रतिबन्धले आलेक्सी नाभाल्नीको अस्वीकार्य व्यवहारको लागि जिम्मेवार प्रहरी र न्यायपालिकाका जिम्मेवार व्यक्तिलाई लक्षित तुल्याउनुपर्दछ “।

“यो प्रतिबन्धले जिम्मेवार ब्यक्तिमाथि कारवाहिकोलागि अनुमोदन गर्न सायद सम्भव छ । हामीले केवल त्यस्ता अधिकारीहरू विरुद्ध कार्य गर्न सक्दछौं, यदि हामीसँग प्रमाण छ भने मात्र” लक्जमबर्गको कूटनीति प्रमुख जीन एस्सेलोनले जोड दिएका छन् ।

रोयटर्सका अनुसार यस प्रतिबन्धले रसियाको संघीय अनुसन्धान समितिका प्रमुख, रूसी जेल प्राधिकरणका निर्देशक, नेशनल गार्डका कमाण्डर र रूसी अभियोजक जनरललाई लक्षित गर्ने छ ।

रसियाले युरोपियनहरुलाई उनीहरूको बैठक अघि चेतावनी दिएको थियो । ईयूका लागि रूसी राजदूत भ्लादिमीर चिजोभले जर्मन दैनिक डाइ वेल्टसँगको अन्तर्वार्तामा चेतावनी दिएका छन् “नयाँ प्रतिबन्धात्मक, एकपक्षीय, नाजायज कदमहरू ईयुले जारि गरेको अवस्थामा मस्को प्रतिक्रिया दिन तयार छ ।”

४४ वर्षे अलेक्सी नाभाल्नीलाई जर्मनीबाट फर्कने क्रममा जनवरीमा पक्राउ गरिएको थियो । रसियामा विष खुवाएपछि उनी उपचारका क्रममा जर्मनी आएको बताइने गरेको छ । सन् २०१४ देखि पुरानो ठगीको सजायमा दिएका भनाईका शर्तहरु उल्लंघन गरेको आरोपमा नाभाल्नीलाई साँढे तिन वर्ष जेल सजाय सुनाइएको थियो । उनी दोस्रो विश्वयुद्धको दिग्गजको बिरूद्ध लागेको भन्दै दोषी ठहर्‍याईएको थियो । नाभाल्नीलाई आठ लाख ५० हजार रुबेल (लगभग ९,५०० युरो) जरिवानापनि सुनाइएको थियो ।

इयुले रसियाले न्यायको राजनितिकिकरण गरेको भन्दै त्यसको निन्दा गरेको छ । नाभाल्नीलाई बिना शर्त रिहाई गर्नुपर्ने मागपनि गरेको छ ।

तपाइँको प्रतिक्रिया