शुक्रबार, चैत १६, २०८०

बेलायतमा लकडाउन खुकुलो पारिने

नेपाल प्लस२०७७ फागुन ११ गते १:१४

मार्च दोस्रो साताबाट बेलायतमा कोरोना भाईरसको लकडाउन खुकुलो पारिने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमवार यस्तो योजना अगाडि सारेका छन् । मार्च ८ देखि आफ्नो देशमा कोरोना भाईरसको लकडाउन फुकाउँदै लैजाने योजना जोनसनले सार्वजनिक गरेका हुन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जूनको अन्त्यसम्म बेलायतमा लकडाउनको रणनीति प्रस्तुत गरेर सामान्य अवस्थामा फर्किएला भन्ने आशा गरेको र आफूले सतर्कता अपनाएको उल्लेख गरेका छन् । तर मार्चको शुरुमा स्कूलहरु खोलेर फेरि अपरिवर्तनीय अवस्था स्रिजना भएको उल्लेख गरेका छन् ।

उनले सोमबार फेब्रुअरी २२ मा बेलायतलाई नियन्त्रणबाट बाहिर निकाल्ने योजना पेश गरेका छन् ।

बेलायत कोविड १९ बाट युरोपमा सबैभन्दा बढी प्रभावित भएकोले एक लाख २० हजार भन्दा बढीको मृत्यु भएको थियो । बेलायतले यस वर्षको सुरूमा तेस्रो पटक लकडाउन गरेको थियो । अधिक भिन्न संक्रामक रोगको कारण महामारीको विस्फोटको रुप बेलायतको दक्षिणमा देखापर्‍यो र नयाँ स्वरुपको कोरोनाले अस्पतालहरू भरिभराउ बनाएको थियो ।

तय गरिएको तालिका अनुसार देशले अब यो लकडाउन थोरै कम गर्ने तयारी गरिरहेको । स्वास्थ्य प्रतिबन्ध र व्यापक खोप अभियानले संक्रमण, फैलावट, अस्पताल भर्ना हुनेको संख्या र मृत्युमा गिरावट ल्याएको छ।

बेलायतका लागि चार चरणको योजना प्रस्तुत गर्दै प्रधानमन्त्री बोरिस जोनसनले सांसदहरूलाई भने “हामी प्रतिबन्धहरू राखेर अनिश्चित कालसम्म रहन सक्दैनौं जसले हाम्रो अर्थव्यवस्था, हाम्रो मानसिक र शारीरिक सुस्वास्थ्यलाई कमजोर पार्दछ । “यसैले यो रोडम्याप विवेकी तर अपरिवर्तनीय पनि हुनु आवश्यक छ ।”

पाँच करोड ६० लाख जनसंख्या भएको बेलायतमा स्कूलहरू मार्च ८ बाट खुला हुने छन् ।

मार्च २९ देखि, स्टे-एट-होम अर्डर हटाइनेछ र बाहिरी जमघटहरू छ व्यक्ति वा दुई फरक परिवारहरूमा सीमित रहेर अनुमति दिइनेछ ।

गैर अत्यावस्यक स्टोर, हजाम, पबहरू (तर केवल बाहिर) र संग्रहालयहरूले अप्रिल १२ सम्म कुर्नुपर्नेछ । सिनेमा, होटेल, स्टेडियम (अधिकतम १०,००० मानिस), होटल र घर भित्र चल्ने रेष्टुरेन्टहरू १७ मेबाट खुला गरिने छ । विभिन्न फरक घरपरिवारका सदस्यहरूले घर भित्र भेट्न सक्छन् ।

यदि स्वास्थ्य स्थितिले अनुमति दिएमा सामाजिक सम्पर्कमा लगाएको सीमित प्रतिबन्ध जुन २१ मा हटाइने छ । तर दूर दूरीको काम वा इन्टरनेटमै बसेर गरिने गरि काम गर्ने निर्देशनमा भर पर्नेगरि अपनाईने छ ।

बेलायतमा हरेक तिन मध्ये एक जना वयस्कले हाल कोरोना बिरुद्दको खोप लगाएको छ ।

बोरिस जोनसनले आफूले लिने निर्णयमा वैज्ञानिक प्रमाणको आधारलाई मान्ने उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक