बिहीबार, वैशाख १३, २०८१

कांग्रेसले अविश्वासको प्रस्तावलाई समर्थन गर्छ : कोइराला

नेपालप्लस संवाददाता२०७७ फागुन ११ गते १८:२३

photo credit-The Himalayan Times

सर्बोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेसँगै काठमाडौं त के पुरै देश तरंगित भएको छ । प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने घोषणा गरेको पर्सीपल्ट अदालतले उनको बिपक्षमा फैसला सुनाएको छ । यसले सम्भावित घटना हुनसक्ने आशंका पनि बढाएको छ । तथापी सरकारका केही मन्त्रीहरुले फैसला अपेक्षित रहेको प्रतिकृया दिएका छन् । अर्कोतिर ओली कदमको विरुद्धमा आन्दोलनरत पार्टीहरुले सर्वोच्चको फैसला आएपछि उत्सव मनाइरहेका छन् ।

अब नेपालको राजनीति कुन मोडबाट अघी बढ्ला भन्ने अनुमान बाहेक कसैले ठोकुवा गर्न सक्ने स्थिती छैन । किनभने सरकार र आन्दोलन दुबैतर्फ रहेको नेपाल कम्युनिष्ठ पार्टी आधिकारिक  रुपमा टुक्रिएको छैन । तर एक भएर पुन: राज्य संचालन गर्ने सम्भावना पनि गौंण छ । सरकार बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी चलिरहँदा प्रधानमन्त्री केपी ओलीले संसद बिघटनको सिफारिस गरेका थिए । यदी प्रधानमन्त्री ओलिले राजिनामा दिएनन्भने ढोकै अगाडि रोकिएको अविश्वास प्रस्ताव सहज रुपमा सदन प्रवेश गर्ने छ । के हुन्छ त ?

नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइराला भन्छन्- हामी सिधा हिसाबले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्दछौं । नेपाली कांग्रेस बिपक्षमा छ । प्रधानमन्त्रिको पक्षमा मतदान गर्ने भन्ने कुरै हुँदैन । कोइरालाले अगाडि भने- सरकारले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक थियो । नेपाली कांग्रेसले भनेकै हो नि यो गलत भयो- त्यसैले प्रधानमन्त्रीले छ्टो राजिनामा दिए देशले छिटो निकाश पाउँछ ।

कोइरालाले सरकारी दवाब हुँदाहुँदै पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्वतन्त्र स्तरमै न्यायपालिका स्थापित भएको बताए । कसैको सनकको भरमा संसद विघटन हुन सक्दैन – उनले भने । अब नेपाली कांग्रेसको भूमिका के हुन्छ त ? कांग्रेसले सरकार बिरुद्द अविश्वास प्रस्ताव ल्याउँछ ? कोइराला भन्छन्- त्यसका लागि सरकार बाहिर रहेका पार्टीहरु बिच सरसल्लाह हुन्छ । अहिले नै कुरा गर्न त छिटो भयो । तर उनले कांग्रेसले अविश्वास प्रस्तव दर्ता गराउने सम्भावनालाई भने नकारेनन् ।

सर्वोच्चको फैसला आएसँगै अबको राजनीति कसरी अघी बढ्छ विषयमा बिभिन्न अड्कलहरु चलिरहेका छन् । कोइराला भन्छन्- “नेपाल कम्युनिष्ट पार्टी टूक्रिएको पनि छैन । मिलेको पनि छैन । उनीहरु मिलेभने कसैलाई केही आपत्ति भएन । टुक्रिए भने कांग्रेस र जसपा सिङ्गो रहन्छ । त्यसपछिका कुराहरु छलफलमा अगाडि बढ्छन- उनले भने- तर संख्याको खेल भने शुरु हुन्छ । कोइरालाले आवश्यकता परेको खण्डमा नेपाली कांग्रेस सरकारमा जानसक्ने कुरालाई भने नकारेनन् ।

तपाइँको प्रतिक्रिया