बुधबार, वैशाख २६, २०८१

जनावररहित निःशुल्क परीक्षण कोषलाई बढावा दिन हस्ताक्षर अभियान

नेपाल प्लस२०७७ फागुन १२ गते १८:४६

credit-worldanimalvoice.com

स्विजरल्याण्डमा पशु अधिकार र वातावरण समूहको एक गठबन्धनले जनावर-रहित वैकल्पिक प्रयोगहरूलाई प्रबर्द्धन गर्न बढी सार्वजनिक कोषको माग गरेको छ ।

एनिमल फ्री रिसर्च फाउण्डेशनका अनुसार सत्ताइस वटा संस्था र १३ हजार व्यक्तिले हस्ताक्षर गरेको माग स्विस संसदमा हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय अनुसन्धान फाउण्डेशनबाट प्राप्त हुने रकमको एक तिहाइ रकम ४० करोड स्विस फ्र्यांक (६० लाख डलर) वार्षिक रूपले बिना प्रमाणका आधारमा जनावरको परिक्षणमा लगानी गर्ने गरेको जनाइएको छ ।

स्वतन्त्र पशु अधिकार अभियानकर्ताहरुका अनुसार यस्तो परियोजनाको लागि पैसा प्रयोग गरिन्छ जुन पशु परीक्षणमा निर्भर गर्दछ । त्यसबाट निस्किएको प्रमाण मानव अधिकारको लागि मान्य गरिएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

अभियानकर्ताका अनुसार सन् २०१८ मा करीव ६ लाख जनावरहरू अनुसन्धानकालागि प्रयोग गरिएको थियो । यसको सट्टा स्विट्जरल्याण्डमा बायोमेडिकल अनुसन्धानले परीक्षणको यस प्रकारहरूलाई त्याग्नुपर्ने माग उनीहरुको छ ।

वैकल्पिक अनुसन्धान केन्द्रले ३० लाख स्विस फ्र्यांक मात्रै प्राप्त गर्ने तर्क समूहहरूको छ।

यस महिनाको सुरुमा सरकारले नयाँ राष्ट्रिय अनुसन्धान कार्यक्रम सुरु गरेको थियो, एडभान्सिंग ३ आर – एनिमल, रिसर्च र सोसाइटी एक्सटर्नल लिंक नामको । जनावरको प्रयोग घटाउने उद्देश्य त्यसको थियो ।

केहि व्यक्तिको पहल पनि विचाराधिनमा अवस्थामा छ जसको उद्देश्य जनावर र मानिसमा भएका सबै प्रयोगहरूलाई प्रतिबन्ध गर्ने छ । त्यस्तो उत्पादनहरूको आयातमा प्रयोग गरिएका साधनलाईपनि प्रतिबन्धित गर्नुपर्ने माग केहि अभियन्ताको छ ।

तपाइँको प्रतिक्रिया