शुक्रबार, वैशाख १४, २०८१

अरुको सहयोगमा आत्महत्या माग गर्नेको संख्या स्विजरल्याण्डमा बढ्दो

नेपाल प्लस२०७७ फागुन १३ गते १२:३४

कसैको सहयोगमा गरिने आत्महत्याको माग स्विजरल्याण्डमा बढ्दो छ । गम्भिर रुपमा विरामी परेका एक हजार दुई सय ८२ ब्यक्तिहरुले गत वर्ष स्विस सहयोगी आत्महत्या गर्ने संगठन एक्जिटको सहयोगमा आफ्नो जीवन समाप्त गरेका थिए । यो सन् २०१९ भन्दा ६८ जनाले बढी हो ।

कोरोना भाईरस संक्रमणले गर्दा कोरोना कालपछि भने कुनै सहयोगी आत्महत्या भएको बताइएको छैन । महामारीका कारण एक्जिटले गत वर्ष मार्च २० देखि मे २० बीच आफ्नो गतिविधिहरू कम गर्न बाध्य भएको एक्जिटले सार्वजनिक गरेको छ ।

स्विजरल्याण्डको जर्मन र इटालियन भाषा बोल्ने क्षेत्रमा काम गर्ने एक्जिटले पछिल्लो समयमा स्वेच्क्षिक मृत्यु गर्न चाहनेको संख्या ५१ प्रतिशतले बढेको उल्लेख गरेको छ । सन् २०२० मा एक्जिटले ९१३ व्यक्तिको जीवन समाप्त गर्न सहयोग पुर्‍याएको थियो । स्विजरल्याण्डको फ्रान्सेली भाषी बस्ने क्षेत्रमापनि यस्तो संख्या बढेको छ । फ्रान्सेली भाषी क्षेत्रमा बस्ने ३६९ जनाले स्विस एक्जिटको सेवा लिएर स्वेच्क्षिक मृत्यु गरेका थिए ।

त्यसरि मृत्यु गरेका मध्ये एक तिहाई क्यान्सर रोगका विरामी थिए । केहिमा उमेरका कारणले ल्याउने अन्य रोग थियो । केहिमा मुटुको समस्या थियो । कतिपयमा सहनै नसकिने खालको दुखाई हुने रोग लागेको थियो । यसरि मृत्यु रोज्नेको औशत उमेर ७८ दशमलव सात थियो । त्यस मध्ये महिलाहरुको संख्या ५९ प्रतिशत थियो ।

स्विस कानूनले सहयोगी आत्महत्यालाई बैधता दिएको छ । विरामीले आफ्नो मृत्युकालागि सम्पूर्ण प्रक्रिया आफैं पुरा गरेर मृत्यु हुन चाहेमा बैध छ । त्यस्तो मृत्युमा सहयोगीहरूको कुनै चासो हुँदैन । स्विजरल्याण्डमा सहयोगी आत्महत्या सन् १९४० देखिनै कानुनी रूपमा बैध रहेको छ ।

मृत्यु गराउन सहयोग गर्ने दुबै एक्जिट समूहको सदस्यता संख्या गत वर्ष बढेर एक लाख ६६ हजार भन्दा बढी भएको छ । नयाँ सदस्यताको प्रवृत्ति २०२१ मापनि बढेको छ ।

सहायता प्राप्त आत्महत्याहरूले स्विट्जरल्याण्डमा प्रत्येक वर्ष दर्ता गरिएको ६७ हजार मृत्यु मध्ये एक दशमलव पाँच प्रतिशत प्रतिनिधित्व गर्दछ ।

यसैसित संवन्धित तलको रिपोर्टपनि हेर्नुस्

आत्महत्याकालागि सहयोगि पेशा कति कठिन ?

तपाइँको प्रतिक्रिया