शुक्रबार, वैशाख ७, २०८१

नासाद्वारा मंगलग्रहको नदीका चट्टानसहितको दृष्‍य सार्वजनिक

नेपाल प्लस२०७७ फागुन १३ गते १३:३७

credit- NASA

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलबार पर्सिएभरेन्स रोभर (अन्तरिक्षयान) अवतरण स्थलको मनोरम दृश्य सार्वजनिक गरेको छ ।

दृश्यले जेजरो क्रेटरको उबडखाबड, साना डल्ला परेजस्तो देखाउँछ जहाँ रोभरले पछिल्लो हप्ता छोएको थियो । दृष्‍यमा टाढाको पुरानो नदी डेल्टाको चट्टानहरुपनि देखाएको छ ।

यो अन्तरिक्षयानको क्यामराले ३६० डिग्रीमा घुमाएर तस्विरहरु लिएको थियो । यसको क्यामरामा दोहोरो, उच्च क्षमताको जुम छ । यसले उच्च गुणस्तरको भिडियो र तस्विरहरु लिन सक्छ ।

Photo- NASA

‘यानले खिचेको फोटोमा पृथ्वीमा सँगै टाँसिएका १४२ छुट्टाछुट्टै फोटोहरु छन् र ति मिलेर बनेका छन्’ नासाले भनेको छ ।

मंगलग्रहमा जिव छ कि छैन वा बस्नयोग्य छ कि छैन भन्ने लगायत आत्मा, अवसर र जिज्ञासा नासाको मंगल ग्रहको अघिल्लो अभियान थियो ।

नासाले भनेको छ ‘उपग्रहको क्यामेराले वैज्ञानिकहरूलाई जेजेरो क्रेटरको भौगोलिक इतिहास र वायुमण्डलीय अवस्थाको मूल्यांकन गर्न, चट्टानहरू, बालुवा र त्यसको बनावटसित संवन्धित वस्तुहरु पहिचान गर्न मद्दत पुर्‍याउने छ । त्यसले नजिकबाट परीक्षणकालागि योग्य बनाउने छ । ति सबै प्रमाण संग्रह गरेर पृथ्वीमा अन्तिम फर्कनको लागि योग्य अवस्थामा छ ।

सोमवार अमेरिकी अन्तरिक्ष एजेन्सीले मार्सबाट पहिलो अडियो रिलीजसमेत गरेको थियो । त्यस रेकर्डिङमा यानको माइक्रोफोनले हावाको सानो झिल्लीको बेहोरा टुटेफुटेको, भाँच्चिएको आवाज रेकर्ड गरेको थियो ।

नासाको यानले अवतरणको भिडियो पनि जारी गरेको छ जुन त्यस ग्रहमा विगतको जीवनका लक्षणहरू खोजी गर्ने अभियानमा रहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक