शुक्रबार, वैशाख ७, २०८१

कोरोना भाईरसका कडा प्रतिबन्ध अपनाउन युरोपेली युनियनको आग्रह

नेपाल प्लस२०७७ फागुन १४ गते १९:३८

कोरोना भाईरसका स्वरुपहरु बदलिएकाले युरोपेली युनियनले हाल अपनाइएको स्वास्थ्य प्रतिबन्धहरुलाई अझै कडाइकासाथ पालना गर्न आग्रह गरेको छ ।

स्वरुप बदलिएका कोरोना भाईरसकाको सामना गर्न यस्तो कडाई अझै आवस्यक रहेकोमा युरोपेली युनियन (ईयु) ले जोड दिएको छ ।

युरोपेली नेताहरूले बिहीबार आयोजित ईयुको बैठकमा कोरोना भाईरस बिरुद्दको खोप उत्पादन बढाउने र स्वास्थ्य संकटमा समर्पित कडा स्वास्थ्य उपायहरू राख्ने निर्णय गरेका हुन् । ईयु बैठकमा कोरोना भाईरस लगाएकाहरुलाई बितरण गर्ने भनिएको कोरोना खोप पासपोर्टका विषयमा भने बैठक बिभाजित भएको फ्रँस २४ न्युजले उल्लेख गरेको छ ।

कोरोना भाइरसको बेलायती संस्करणको उदयले ईयुका नेताहरूको छलफललाई एकाधिकार जस्तै बनाएको छ । बिहीबार भिडियो कन्फरेन्सबाट भएको भेलामा २७ राष्ट्रकै सहभागिता थियो । यस बैठकको अन्त्यमा २७ वटै राष्ट्रले कोरोना भाईरस बिरूद्ध खोपको उत्पादनलाई द्रुत तुल्याउन र कडा स्वास्थ्य उपायहरू राख्ने कुरामा सहमति जनाएको छ ।

युरोपेली नेताहरूले औषधि उत्पादक समूहहरूलाई उनीहरूलाई खोप उत्पादनको पूर्वानुमानको ग्यारेन्टी गर्न र उनीहरूले दिने भनेको खोपको मात्रा वितरण सम्बन्धी समुदायसँग गरिएको अनुबन्धित प्रतिबद्धताहरूको सम्मान गर्नपनि आग्रह गरेका छन् ।

सत्ताइस वटै देशले सुरुमा “अनुपातिक” र “गैर-विभेदकारी” उपायहरू मात्र अपनाउने प्रतिबद्धता जनाए । तर स्वरुप बदलिएका भाईरसहरुले परिस्थिति परिवर्तन गरेकोले केही सरकारहरूलाई आफ्नो देशको सिमाना बन्द गर्न उत्साहित गरेको बैठकमा जनाइएको थियो ।

“हामीले साझा दृष्टिकोणलाई सम्मान गर्नै पर्दछ । अनावश्यक यात्रामा अझै प्रतिबन्ध लगाउनु पर्छ । तर उपाय आनुपातिक हुनुपर्दछ र वस्तु र सेवाको आवागमनको ग्यारेन्टी गरिनुपर्दछ” ईयुका मिशेलले आग्रह गरे । यद्यपि उनले ईयु एकल बजारको नियमहरू कार्यान्वयन गर्नु आयोगको काम भएको बताए ।

यात्रा सुगम बनाउन युरोपियन खोप प्रमाणपत्रको मुद्दाको बारेमा नेताहरूले उनीहरूलाई “साझा दृष्टिकोण” को लागि आह्वान गरे ।

“यहाँ अझै वैज्ञानिक प्रश्नहरू छन् । यो खोप लगाए पछि भाइरस सार्न रोक्ने कुरा निश्चित छैन” युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लियनले तर्क गरेकि छन् “यस राहदानीसँग सम्बन्धित अधिकारको प्रश्नलाई विरोधाभासी र केहि सदस्य देशहरु द्वारा अप्रासंगिक मानिन्थ्यो जुन युरोपका केवल चार दशमलव २ प्रतिशतले खोपको कम्तिमा एक डोज मात्रै पाएको थियो ।”

कोरोना खोपको पासपोर्ट बितरणका विषयमा फ्रान्स र जर्मनी एकातिर देखिएका छन् । उनीहरुले यस्तो पासपोर्ट जारि गर्दा विशेषाधिकार प्राप्त अल्पसंख्यक र अन्य बीच व्यवहारको सिमा देखिने हुँदा यस्तो कुनै असमानता अस्वीकार नगर्ने बताएका छन् । यो विषय विचारणिय भएको तर्क जर्मनी र फ्रान्सको छ ।

तर अन्य देशहरू खास गरी जुन पर्यटनमा निर्भर छन् तिनले ग्रीष्म ऋतुमा पर्यटन ब्यवशाय बचाउनको लागि द्रुत मार्ग अपनाउन चाहान्छन् । जस्तै, ग्रीस र साइप्रसले इजरायलसँग पर्यटन सम्झौता गरिसकेका छन् ।

अन्तत ईयुका २७ वटै देशले खोप प्रमाणपत्रका लागि प्राविधिक सर्तहरू चित्रित गर्ने कामको जिम्मा आयोगलाई हस्तान्तरण गरे ।

फ्रँस न्युज २४ का अनुसार युरोपेली कार्यकारीलाई यो हासिल गर्न तीन महिना लाग्ने जर्मन चान्सलर एन्जेला मर्केलले पत्रकारलाई बताइन् । “यो पासपोर्ट जारि गरेपछि यसको मतलब यो होइन कि खोप लिएको राहदानी वाहकले मात्र यात्रा गर्न सक्नेछ” मार्केला एन्जेलले पत्रकारहरुलाई भनिन् ।

यो साझा प्रमाणपत्रको स्थापनाको तयारीका लागि उनीहरूको स्वास्थ्य प्रणाली र भन्सार संरचनालाई अनुकूलन गर्ने सदस्य राष्ट्रहरूको हुने ईयु आयोग प्रमुख उर्सुला भोन डेर लियनले उल्लेख गरेकि छन् ।

“उनीहरूले कार्यान्वयनका लागि तुरुन्त प्रतिक्रिया देखाउनुपर्नेछ । यदि हामी गर्मीमा कोरोना खोपको प्रभावकारी हरियो प्रमाणपत्र चाहन्छौं भने” उनले जोड दिईन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक