बिहीबार, कार्तिक ११, २०७८

केन्याबाट सिकौं : सलह टिपेरै क्रिषकहरु मालामाल

नेपाल प्लस२०७७ फागुन १५ गते १४:२७

Credit- nbcnews

गएको ७० वर्षसम्म सलहले केन्याको क्रिषी क्षेत्र ध्वस्तनै पार्‍यो । क्रिषकहरुको उठिबास लगायो ।  केन्याले केहि दशकदेखि केही नराम्रो सलहको विपत्तिहरूको सामना गरिरहेको छ । तर हाल कीरालाई नाफामा परिवर्तन गर्ने र “आशा नभएको आशा” पाउने आशा जगाएको छ । अहिले त्यहि सलह खेती गरेरै केन्याका क्रिषक मालामाल बनिरहेका छन् ।

केन्या ७० वर्षमा सबैभन्दा खराब सलहको महामारीबाट गुज्रिएकोमा अहिले एक कम्पनीले स्थानीय समुदायहरूलाई सलहबाट दिगो समाधानका साथ आउन सशक्त बनाइरहेको छ ।

समूहले मध्य केन्याको लाइकिपिया, ईसियोलो र सम्बुरु वरपरका समुदायहरू सँगसँगै काम गर्दैछ । कीराहरू टिप्ने र मिलमा लगेर प्रशोधनमा समृद्ध पशुहरूको आहार बनाउने गर्छन् । फार्महरूका लागि जैविक मलमा परिणत गर्दछन् ।

मौसम परिवर्तनले गर्दा असामान्य मौसम परिवर्तनले बाढी ल्यायो । सलहका झुण्डहरू सन् २०१० को उत्तरार्धमा केन्या पुगे । यो बाढी चाँडै पूर्वतिर फैलियो । यसले यमन, सोमालिया र इथियोपियालाई पनि असर गर्यो । केन्या पुगेको सलहको झुण्ड फैलिँदै गयो ।

वैज्ञानिकहरूका अनुसार न्यानो समुद्रीहावाले बढी वर्षा बनाउँदैछ । सुस्तरुपमा अण्डा पार्न भूमी तयार गरिदिन्छ । सलहका झुण्डहरू फैलाउने चक्रवात (साईक्लोन) हरू तीव्र हुँदै गइरहेका छन् ।

सलहले लाखौं व्यक्तिहरूको खाद्य सुरक्षालाई खतरामा पार्छ । किनकि तिनीहरूले बालीहरू खाइदिन्छन् । गम्भीर कृषि क्षति बनाएर उनीहरूले छोड्छन्।

सलहले केन्याको क्रिषीभूमीलाई एक किसिमले मरुभूमीमै परिणत गरिदिएको थियो । यो मरुभूमि पार्ने सलहलाई पशुखाद्य र मलमा परिणत गर्ने एउटा तरिकाको अभियान चलेको छ अहिले ।

सलहबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न प्रत्यक्ष टोलीहरू खटाईएको छ, सलह टिप्नकोलागि । त्यसरि सलह टिपेर जम्मा पारेपछि मोबाइल प्लेटफर्मको माध्यमबाट तुरून्त भुक्तानी प्राप्त गर्न प्रोत्साहित गरिन्छ ।

बग पिक्चर भन्ने संस्थाले हाल त्यहाँ सलह उत्पादन र खेतीको लागि काम गरिरहेको छ । प्रत् इकिलो सलहको बग पिक्चरले छिमेकीहरूलाई ५० केन्या सिलिङ (शुन्य दशमलव ४५ डलर) दिन्छ। फेब्रुअरी १ देखि१८को बीच परियोजनाले झण्डै डेढ टन सलह जम्मा गर्‍यो । पाकिस्तानको एक प्रोजेक्टबाट उनीहरुले सिकेका थिए यो प्रविधी जसलाई पाकिस्तान द्वारा संचालित पाकिस्तान कृषि अनुसन्धान परिषदले निरीक्षण गरेको थियो ।

सलहहरू राती झाडी र रूखहरूमा आराम गरिरहेका बेला बत्ती बालेर टिप्ने गरिन्छ । कीराहरूलाई पेलेर धुलो पारिन्छ । त्यसपछि मिहिन धुलोमा प्रशोधन गरिन्छ र त्यो पशुको आहारा वा जैविक मलमा प्रयोग हुन्छ ।

“कुनै समाधानमा योगदान पुर्‍याउन । हामी व्यक्तिलाई सशक्त गर्दैछौं जुन हामीलाई धेरै शक्तिशाली लाग्छ” यो अभियानकि संस्थापक लौरा स्ट्यानफोर्डले युरोन्यूज लिभिंगलाई भनिन् “हामी यो पूरानो दृष्टिकोणको रूपमा देख्दछौं जहाँ एफएओ [संयुक्त राष्ट्र संघको खाद्य र कृषि संगठन] सानो झुण्ड, आकार, बस्ती, क्षेत्र र गहन बाली खेतीको क्षेत्रहरू भएकाले सलह मार्ने स्प्रे गर्न असमर्थ छ ।”

डेनिडा इमरजेन्सी कोषद्वारा वित्त पोषित कम्पनीले यो वैकल्पिक उपायले भविष्यमा विपत्तिबाट केन्यालाई भडकाउनबाट रोक्छ भन्ने आशा गरेको छ ।

सलह र जलवायु परिवर्तन कसरी सम्बन्धित छ ?

Credit-taipeitimes

सलहहरु मेरुदण्ड नभएका साना जिव, किरा हुन् । पेपरक्लिक (पन्ना जोड्ने धातुका साना क्लिप) जत्रै हुन्छन् यि । यिनलाई कीट भनिन्छ नेपालीमा ।

मेरुदण्ड नभएका जिव इन्भर्टिब्ब्राट) को विपत्तिले समाजलाई विनाश गरेको उदाहरण विश्वमा प्रशस्तै छन् । किनकि फाराउहरूले पुरातन इजिप्टको नेतृत्व गरेका बेला सलहले त्यहाँको क्रिषी, बोटबिरुवालाई तहसनहसनै पारेको थियो । तिनले अझै पनि विनाशकारी घटनाहरू गराइरहेका छन् । तर मरुभूमिका सलहहरूले विशेष गरी झन खतरा पुर्‍याएका छन् । यस ग्रहको जनसंख्याको दशौं हिस्साको आर्थिक जीविकोपार्जनलाई सलहले असर गर्दछ ।

नेशनल जियोग्राफिकका अनुसार तिनीहरू सामाजिक जिव हुन् । ति ठूला समूहमा बस्छन् । तिनले छिटो पुनरुत्पादित गर्न सक्छन् । तिनले जमिनको वा भूगोलको ठूलो दूरी समेट्न सक्छन् । झुण्डले दिनको १५० किलोमिटर सम्म यात्रा गर्न सक्दछ । प्रति वर्ग किलोमीटरमा ४० लाखदेखि ८० लाख सलह हुन सक्छ ।

खेतमा पुग्दा तिनीहरूले सबै बालीनालीहरू नष्ट गर्दछन् । कहिलेकाँही ती यति धेरै हुन्छन् कि क्रिषकलाई तिनीहरू छुट्याउन गाह्रो हुन्छ कुन बालीनाली र कुन र सलहहरू भनेर ।

यो सलह कस्तो हुन्छ भने पेरिसको आकारको यसको झुण्डले एकै दिनमा सम्पूर्ण फ्रान्सका जनताले खाने खाना बराबर खाइदिन्छ ।

सलहका पीडा र मौसम परिवर्तन एक अर्कासँग जोडिन्छन् किनकी उनीहरू फस्टाउने अवस्थाको कारण ।

सुख्खा याममा जनावरहरूलाई जबरजस्ती जमिनमा घाँस भएका क्षेत्रतिर खेदिन्छ । यसको मतलब तिनीहरू अधिक मिलनसार बन्छन् । तिनले छिटो पुनर्उत्पादन गर्दछन् । तर सलहले सबै घाँससमेत खाइदिनाले पशु पालनमैपनि समस्या खडा भएको छ अफ्रिकामा ।

केही विज्ञहरूका अनुसार सलहले ल्याउने विपत्तिहरू न्यानो क्षेत्रमा अझ खराब हुँदै जान्छ । सलहको टोली प्रवेश गर्नुको कारण पूर्वी अफ्रिकी क्षेत्रको समुद्री तापक्रम, भर्खरको भारी वर्षा र असामान्य आँधी गतिविधिले गर्दा भएको हो भन्ने अनुमान गरिएको छ ।

यी प्रभावहरू हिन्द महासागरको मौसमसित सँग सम्बन्धित छ । हिन्द महासागरको मौसम प्रणाली जसले पूर्वी अफ्रिकादेखि पश्चिमी अष्ट्रेलियाको मौसमलाई असर गर्छ ।

अफ्रिकी देशहरूमा सलहको विपत्तिहरू रोक्न गाह्रो छ । भूदृश्यको दुर्गमताका कारणलेपनि । तर वैज्ञानिकहरूले सलहका झुण्डहरू हुनसक्ने क्षेत्रहरू पहिचान गर्न विगतको मौसम ढाँचा र ऐतिहासिक रेकर्डहरू हेरिरहेका छन् । त्यसपछि ती क्षेत्रहरूलाई रसायनको साथमा स्प्रे गरिने कार्यक्रम छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक