शुक्रबार, वैशाख १४, २०८१

माहुरीको घूँडाको मह एन्टिवायोटिक भन्दा उत्तम औषधी

नेपाल प्लस२०७७ फागुन १५ गते २१:५८

नेपालीमा एउटा प्रचलित उखान छ ‘आमाको लाम्टो चुसेर भएन बाउको घूँडो चुसेर हुन्छ’ । बिभिन्न औषधी, स्थानिय उपचार र खानेकुरामा प्रयोग हुने माहुरीको मिठो मह तिनको घुँडा हो ।

महले एन्टिबायोटिकको रुपमा रुखा खोकीको गतिलो उपचार गर्छ भन्ने बेलायतीहरुले सिद्द गरेका छन् । बीएमजे एभिडेन्स बेस्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनले पत्ता लगाए अनुसार मह धेरै खालका खोकी, रुघा, नाक बन्द हुने रोग र गला, घाँटी खस्खसाउने रोगमा बढी प्रभावकारी उपचार हो जुन परम्परागत रूपमा निर्धारित धेरै उपचारहरू भन्दा पनि बढी महत्वपूर्ण छ ।

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले महलाई सस्तो, सुलभ र कम जोखिमयुक्त उपचारको रूपमा सिफारिस गरेका छन् । माथिल्लो श्वासप्रश्वासको संक्रमण (यूआरटीआई)को लक्षणहरूको लागि यो अत्यन्तै प्रभावकारि हुन्छ । यसकालागि एन्टिबायोटिक्स लिनु जरुरि हुन्न । महले बरु एन्टिबायोटिक्सले भन्दापनि प्राक्रितिक रुपमै उपचार गर्न सकिन्छ जसमा एन्टिबायोटिकको कुनै प्रभाव हुँदैन ।

ब्रिटिश माहुरीपालक संघको अध्यक्ष एनी राउबेरीका अनुसार महको उपचारात्मक फाइदाहरूको ज्ञान प्राचीन कालदेखि नै हो । उनी भन्छिन् “मलाई लाग्छ कहिलेकाहीँ हामीले बिर्स्यौं कि हामीले केही राम्रो उपचारहरू पाइसकेका छौं । माहुरीपालकहरूको बिचमा यस्तो विश्वास छ कि मह तपाईंको लागि राम्रो हो ।”

बाउट शहरमा उनको घर वरिपरि माहुरीका २० घार छन् । माहुरीको चाकालाई उनले कम गुलियो भएको स्वस्थकर मिठाइ बनाउनपनि प्रयोग गर्छिन् । माहुरीले प्रोपोलिस पनि उत्पादन गर्दछ । यो एक राल (रेजिन) जस्तो वस्तु हो जसमा एन्टी-इन्फ्लेमेन्टरी र एन्टिमाइक्रोबियल भनिने गुणहरू हुन्छन् । यो तत्वले मुख कुल्ला गर्ने, मुख सफा गर्ने धेरै गुणस्तरिय वस्तु (माउथवाश) बनाउने जर्नलमा रोबेरीलाई उल्लेख गर्दै बताइएको छ।

हूपर अर्का माहुरी पालक हुन् जसले छालाको सफाई, उपचार गर्ने (स्किनकेयर) दायरा सुरु गर्न प्रेरित गरे । किनभने उनले पहिलो र दोस्रो विश्व युद्धमा सैनिकहरूको घाउको उपचार गर्न मह प्रयोग गरिएको कतै पढेका थिए । उनका अनुसार महबाट बनेको लोकप्रिय बम (भिक्स जस्तो वस्तु) छालाको अवस्था र कीराको टोकाईमा लगाउँदा आराम मिल्छ ।

रिपोर्टका सह लेखक डा जोसेफ ली भन्छन् “अध्ययनको केन्द्रविन्दु एन्टिबायोटिकको अतिक्रमणबाट हानि कसरी कम गर्ने भन्नेमा केन्द्रित थियो । यद्यपि महको प्रयोग एन्टिवायोटिकको बिकल्पका बारेमा थप अनुसन्धान आवश्यक छ । यो निश्चय पनि उपचार सम्बन्धी हो । यसले पूर्णरुपमै प्रतिस्थापन गर्छ भन्ने होइन ।”

रोबेरी भन्छिन् धेरै सिकारु मौरीमालकहरु माहुरीको मोहबाट प्रभावित हुन्छन् । उनीहरूको आम्दानीबाट होइन । चुपचाप बस्नु र माहुरीले गरेको आफ्नो व्यवसाय, मेहनत, काम हेर्नुको ठूलो मोल हुन्छ । मह भने एक बोनस मात्रै हो ।” उनका अनुसार माहुरीको मह घुँडाले उत्पादन गर्छ । अर्थात् मानिसले प्रयोग गर्ने स्वादिलो, औशधिजन्य मिठो त्यो पदार्थ माहुरीको घोँडामा हुने उत्पादन हो ।

माहुरीहरुमा एक शानदार समाज हुन्छ । हेर्न आनन्द आउँछ । उनीहरूबाट सिक्न सकिने धेरै कुरा छन् । उदाहरणको लागी माहुरीको रानो (रानी) घारमा सबैभन्दा महत्त्वपूर्ण सदस्य हो । तर त्यो घारमा कामदारहरूले रानीलाइ नियन्त्रण गर्छन् ।

रानीले काम नगरि, मोजमस्ति गरेर खान, बस्न पाउन्न । यदि घारमा रानीले काम गर्न, घार मिलाउन, कोतार्न नआए बाँकि कामदारले निकालिदिन्छन् । यसबाट मानव जगतले सिक्न सक्छ । देश चलाउने मानिसलेपनि जनतासित मिलेर काम गर्नुपर्छ र देश र जनताकालागि उपयोगि रहुन्जेलमात्रै सत्ता र सरकारमा रहनुपर्छ ।

तपाइँको प्रतिक्रिया