शुक्रबार, चैत १६, २०८०

जर्मनीद्वारा फ्रान्स, अस्ट्रिया र चेक रिपब्लिकसितको सिमा बन्द गरिने

नेपाल प्लस२०७७ फागुन १६ गते १९:१६

कोरोना भाईरसका बदलिएका स्वरुपहरुको संक्रमण बढ्दै गएपछि जर्मनीले फ्रान्स, अस्ट्रिया र चेक गणतन्त्रसितका केहि सिमाहरु बन्द गर्ने निर्णय गरेको छ । फ्रान्सको मेसेललाई उच्च जोखिमयुद्द भन्दै जर्मनीले भोली सोमवारदेखि आफ्नो सिमा गर्न गर्ने घोषणा गरेको हो । अस्ट्रिया र चेकसितका केहि सिमा भने यस अघिनै बन्द गरिसकेको छ ।

फ्रँस न्युज २४ का अनुसार जर्मनीले फ्रान्सबाट आफ्नो सिमानामा पार गर्न प्रतिबन्धित गर्नेछ । तर चेक गणतन्त्र र अष्ट्रियासित जस्तो पूर्ण बन्द भने गर्ने छैन ।

मोसेलस्थित फ्रान्सेली विभागलेनै मार्च २ को मध्यरातदेखि कोरोना भाईरसको परिवर्तित रुप फैलिने उच्च प्रभावित क्षेत्रको रूपमा घोषणा गर्न लागेपछि जर्मनीमा त्यस क्षेत्रसितको सिमा बन्द गर्न सहज भएको हो । मोसेलका अधिकारीले जर्मनी तिरबाटपनि परिवर्तित कोरोना भाईरस आफ्नो क्षेत्रतिर सर्न सक्ने अनुमान गरेको देखिन्छ ।

सिमा बन्दसँगै अब जर्मनीबाट फ्रान्स छिर्ने ब्यक्तिहरुले सिमामा कोरोना भाईरस परिक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ ।

फ्रान्स र जर्मनीले यी परीक्षणहरू हुनुपर्दछ भन्ने कुराको ठ्याक्कै समयावधि भने तोक्न सकेका छैनन् । के सीमावर्ती श्रमिकहरूले हरेक दिन नयाँ परिक्षणको रिपोर्ट देखाउनुपर्ने हो ? वा ४८ घण्टा वा ७२ घण्टाको रिपोर्ट पर्याप्त हुन्छ ?

जर्मनीले मोसेलसँगको सिमानामा व्यवस्थित तरिकाले पूर्णरुपमा भन्सार नियन्त्रण गर्ने उद्देश्य भने राखेको छैन । फ्रान्सेली सिमानामा महामारीको सुरुमा २०२० को वसन्तमा भने पूर्णरुपमा बन्द गरेको थियो । त्यसबेला पेरिस र स्थानीय जनसंख्या बीच तनाव पैदा गरेको थियो ।

फ्रान्सको मोसेल क्षेत्रमा प्रत्येक दिन जर्मनी र फ्रान्सबिच १६ हजार कामदार एक अर्काको मुलुकमा ओहोरदोहोर गर्छन् । त्यसैले यो क्षेत्रमा सिमा क्षेत्र पूर्णरुपमा बन्द गर्न गाह्रो हुन्छ ।

जर्मनीले कोरोना भाईरसका बदलिएका स्वरुपहरुको बढ्दो फैलिँदो जोखिमकै कारण अस्ट्रिया र चेक गणतन्त्रसितको सिमा बन्द गरेको हो ।

तर युरोपेली यिनियनले भने ईयु राष्ट्रबिच स्वतन्त्र आवागमन हुनुपर्ने र कोरोना भाईरस नियन्त्रणमा साझा र समान उपाय अपनाउनुपर्ने भनाई राख्दै आएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक