शुक्रबार, वैशाख १४, २०८१

लकडाउनले बेलायतमा मुसालाई मस्ति

शोभा कँडेल /बेलायत२०७७ फागुन १७ गते १२:०६

कोरोना भाईरसको लकडाउनले कसैलाई फाईदा पुर्याएको छ भने बेलायती मुसाहरुले ब्यापक फाइदा लिएका छन् । त्यो भन्दा बढि फाईदा मुसा नियन्त्रक र मुसाको विष बिक्रेताले उठाइरहेका छन् । सारा अर्थतन्त्र कोरोना भाईरसको लकडाउनले डामाडोल र शिथिल पारिरहेका बेला बेलायतमा भने मुसाहरुलाई लकडाउनले ब्यापक फाईदा पुगेको छ । तेस्रो लकडाउन भएसँगै मुसाहरु घरघरै हुलका हुल भेटिने गरेका छन् । सडक, रेलको लिक, पार्क र वगैंचामासमेत फाट्टफुट्ट देखिने मुसा हाल जतापनि दगुरेको देखिन्छ ।

लकडाउन बेला ब्यापारिक गतिबिधी सुस्ताएको फाइदा उठाउँदै मुसाहरु बाहिर निस्किएका हुन् ।

स्काइ न्युजका अनुसार मुसा समात्नेहरुको ब्यापार लकडाउनका बेला पहिले भन्दा ३३ प्रतिशतले बढेको छ । ब्रिटिस पेस्ट कन्ट्रोल एसोसिएसन (बिपिसिए) का अनुसार महामारीको बेलामा लण्डन भरि मुसाको संख्या बढिरहेको छ ।

गत वसन्तको पहिलो लकडाउनमा बीपीसीएका सदस्यहरूले मुसाको गतिविधिमा ५१ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका थिए । अक्टोबरमा कीटनाशक नियन्त्रणकर्ताहरूले मुसाको दृश्य झन बढेको भेट्टाए । पहिलो लकडाउनपछि झन बढेर मुसाको द्रिष्य ७८ प्रतिशत पुग्यो ।

बेलायतको किटनाशक जिव रोकथाम तथा नियन्त्रण निकायको आधिकारिक तथ्यांक राख्नेने वेभसाईट ‘पेस्ट डट को डट युके’ का अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा मुसाको संख्या तिन करोडले बढ्यो ।

केही विज्ञहरूका अनुसार विष धेरै प्रयोग गर्नाले मुसाहरुमा विष पचाउनसक्ने बानीको विकास भएको छ । तिनका अनुसर जति मुसा देखिएका छन् त्यो भन्दा धेरै गुणा बढि मुसाको संख्या बढेको छ । किनभने सयौं मुसामा थोरै मात्रै मानिसको आँखाले देख्न सक्छ । धेरै मुसा लुकेका हुनाले देखिएका हुँदैनन् ।

बीयभर पेस्ट कन्ट्रोल चलाउने लण्डनका डेभिड लज स्काई न्युजलाई बताउँछन् “प्रकृतिले खासमा मुसाको द्रिष्यलाई मानव आँखाबाट लुकाउँछ । महामारी अगाडि तिनीहरू नाला र ढल प्रणालीमा लुकेर बस्थे । लकडाउनपछि मानिसको क्रियाकलपा कम भएपछि ति बाहिर निस्किएका छन् ।”

व्यवसाय बन्द भएपछि सडकहरू उजाड भएका छन् । यी निशाचार प्राणीहरू अब अधिक संख्यामा “निर्लज्ज” हुँदै गइरहेका छन् । ति प्राय नदेखिने खाली ठाउँ, रेष्टुरेन्ट, पब र कार्यालय भवन र अन्य क्षेत्रहरूमा आक्रमण गर्न थालेका छन् ।

केहिको भनाई भने अलग छ । लकडाउनका बेला होटेल,पव, रेस्टुरेन्ट, बार, खाध्य पसलहरु बन्द भएपछि ति खानाको खोजिमा जंगल, पार्क, सडक र घरहरुतिर निस्किएका हुन् । लकडाउन अघि ति होटेल, रेस्टुरेन्ट काद्द्य पसलका पाकेट, फोहोरका कन्टेनर, झोलाहरुमै रमाउने गर्थे ।

सडकमा फोहोर कम गरियो । रेस्टुरेन्ट र पबहरू पछाडिको खाली डस्टबिन क्षेत्रहरू भनेको त्यहाँ स्थानीय मुसाका लागि सीमित खाद्य स्रोत उपलब्ध भयो । फलस्वरूप मुसाले खाद्यान्न स्रोतको लागि उनीहरूको आवश्यकतालाई पूरा गर्न अन्य स्थानहरू पत्ता लगाउन थाले । त्यसैले ति धेरै देखिन थाले ।

मुसाको संख्या बढेसँगै मुसा नियन्त्रक र विषादी बिक्रि गर्नेहरुमा खुशियाली छाएको छ बेलायतमा । किनभने अब तिनले अझ बढि काम पाउने छन् र मुसा नियन्त्रणको औजार र विषको ब्यापार बढ्ने छ । हाल तेस्रो लकडाउनसँगै यस्ता ब्यापारी र मुसा नियन्त्रकको काममा ३३ प्रतिशतले ब्रिद्दि भएको छा । लण्डनको किट नियन्त्रण शाखाका डेभिड लजका अनुसार मुसाको संख्या हाल खासगरि मध्य लण्डन र वेस्ट एण्डमा अचाक्ली बढेको छ ।

बन्द भएका रेस्टुरेन्टहरुको निगरानी गर्न गएका मुसा नियन्त्रकहरुले पत्तो पाए, मुसाले रेस्टुरेन्टको ढोका मुनीबाट आफ्नो बाटो बनाईरहेका रहेछन् । तिनले चर्पीको दुल्काबाट बाहिर निस्किने, ढोकामाथि चढेर बाहिर हाम्फालेर निस्किने गरिरहेका छन् । चर्पी र बाथरुमका पाईपहरुको पानी खाली भएपछि तिनै पाइपबाट सजिलै बाहिर निस्किएका छन् ।

लकडाउन शुरुभएपछि एउटा घरमा कतिमा २० वटा मुसा फेला पारेका छन्, मुसा नियन्त्रकहरुले । अहिले मुसाहरुको संख्या आवाश क्षेत्रमापनि उत्तिकै बढेको छ ।

मुसा धेरै देखिनुको अर्को कारण त मानिसहरु अहिले लकडाउनले गर्दा सधैं घरमै बसेकाले पनि हो । पहिले मानिसहरु काम गर्न हिँडेपछि मानव अनुपस्थितिको बेला मुसा बाहिर निस्किन्थे । अहिले मानिसहरु चौबिसै घण्टा घरमै थुनिएकालेपनि मुसा धेरै देखिएको हो ।

मुसाको प्रजनन र गर्भधारण

मुसामा यौन परिपक्वता ६ देखि ८ हप्ताको उमेरमा आ उँछ । चारदेखि पाँच हप्ता कुरेपछि स्वस्थ बच्चा जन्मिएपनि मुसाको प्रजाति अनुसार दुइ देखि तिन महिनामै बच्चा पाउन थाल्छन् । पोथी यौनले तातेका बेला भालेले उसको कानमा छोइदिएपछि कान थरथरी हुन्छन् । मुसाको संभोग एकदमै छिटो, केहि सेकेण्डमै हुन्छ ।

मुसाले बच्चा वर्ष भरिनै पाउँछन् । गर्भधारण २० देखि २४ दिनको हुन्छ । योपनि मुसाको प्रजातिमा भर गर्छ । बच्चा पेटमा बोकेका बेला पोथीहरु यौनका रुपमा निस्क्रिय हुन्छन् । अचम्म के छ भने मुसाका बच्चाको जन्मिनु केहि दिन अघिमात्रै तौल बढ्छ । नत्र ति मसिना हुन्छन् ।

मुसाले दुई महिनामै बच्चा पाउन सक्छन् । एकै बेतमा ६ देखि १४ वटा सम्म बच्चा पाउँछन् ।

तपाइँको प्रतिक्रिया