शनिबार, वैशाख ८, २०८१

पुनको आविष्कार केन्द्रले २२ परियोजनालाई बजारिकरण गर्ने

नेपाल प्लस२०७७ फागुन १७ गते १२:३९

महाविर पुनको आविष्कार केन्द्रले अध्ययन गरिरहेका परियोजनाहरुको डाटाबेस बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ ।

यूरोपमा रहेका बिभिन्न क्षेत्रका बिज्ञ, इन्जिनियर तथा मिडीयाकर्मीहरुको संलग्नतामा गठित फ्रेन्डस् अफ एनआइसीको आइतबार साँझ बसेको भर्चुअल बैठकमा उक्त जानकारी गराइएको हो ।

डाटा बेस गठन भएपछि पुनको आविष्कार केन्द्रले अध्ययन गरेका परियोजनाहरु बारेको सम्पूर्ण जानकारी सबैका लागि उपलब्ध हुनेछ । यस डाटा बेसमा संभाव्यता अध्ययन गरिरहेका, छनौट भएका, अध्ययन तथा अनुसन्धान भैरहेका, काम अन्तिम चरणमा पुगेका परियोजना र बजारिकरण गर्न सकिने परियोजनाहरु सबैको ब्याख्या हुने जानकारी बैठकमा दिइयो ।

आविष्कार केन्द्रले हालसम्म अध्ययन गरेका परियोजनाहरु मध्ये २२ वटा परियोजना बजारीकरण गर्न सकिने अवस्थामा रहेका छन् ।

यसैगरी यस बैठकमा युरोप क्षेत्रबाट पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दान दिन या सहयोग गर्न चाहने ब्यक्तिको इच्छालाई ध्यानमा राखि बेलायतमा एक बैंक खाता खोलिएको जानकारीपनि दिइयो ।

भविष्यमा पुनको आविष्कार केन्द्रद्वारा बजारीकरण गर्न सकिने भनि तोकिएका परियोजनाहरुमा लगानी जुटाउने उद्देश्य पनि फेन्ड्स अफ एनआइसीको छ ।

बैठकमा इन्जिनियर घनश्याम पौडेल, नेप्लिज डाक्टर्स एसोसिएन युकेका अध्यक्ष डा रमेश खोजु, प्रा पदम सिम्खडा, जगन कार्की, केशब दाहाल, रोशन भट्टराइ, सोनु युके, युवा न्यौपाने आदिको उपस्थति रहेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रलाई अझ सक्षम र गतिशिल बनाउन फेन्ड्स अफ एनआइसीले आगामी दिनमा अझ मिलेर काम गर्ने प्रतिबदद्दता पनि बैठकमा गरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक