शुक्रबार, चैत १६, २०८०

कोरोना लागेका ब्यक्ति पत्ता लगाउन स्विजरल्याण्डमा कुकुरलाई तालिम

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ फागुन १७ गते १९:२७

Photo via iStock/Getty Images plus/HowardOates)

कोरोना भाईरस लागेका मानिसहरुलाई सुँघेर पत्ता लगाउनकालागि स्विजरल्याण्डमा कुकुरलाई तालिम दिन थालिएको छ । हाल तिन वटा कुकुरलाई प्रशिक्षण दिन थालिएको हो । यो योजना सफल भएमा स्कूल, कार्यालय, घटनास्थलमा अपराधी पत्ता लगाउन र अन्य भीडभाड स्थानहरूमा प्रकोप पत्ता लगाउन प्रयोग गर्ने योजना स्विस अधिकारीहरुको छ ।

कुकुरहरूलाई अन्य देशहरूमा पनि यस्तो प्रशिक्षण दिइन्छ । परीक्षणहरूले पत्ता लगाए कि ९४ प्रतिशत सफलता दरको साथ यो कार्य गर्न सक्छन् भन्ने जर्मनीमा प्रशिक्षण दिएका कुकुरहरुले देखाएका छन् । कोरोना भाईरस संक्रमणको कारणले मानव शरीर कोशिकाको गन्ध परिवर्तन गर्ने हुँदा तालिमप्राप्त कुकुरहरुले त्यो पत्ता लगाउन सक्छन् ।

जेनेभा विश्वविद्यालय अस्पताल (एचयूजी) समूहले आफ्नै प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । ताग एन्जेइगर अखबारले उक्त रिपोर्ट गरेको हो । अस्पतालले स्विस सेनाको मालिन्वाईस नामको कुकुर र संयुक्त राष्ट्र संघको बचाउ, सतर्कता, सावधानी तथा सुरक्षा विभागका अन्य दुई कुकुरहरूलाई प्रशिक्षण दिइरहेको छ । उनीहरुले प्रशिक्षणको नतिजा मार्चको अन्त्यसम्म उपलब्ध हुने आशा गरेका छन् ।

भाइरस पत्ता लगाउन कुकुरहरूको प्रयोग गर्नु हाल प्राप्त विधी मध्ये सस्तो, सजिलो र कम हस्तक्षेपकारि विकल्प हुनसक्ने जेनेभा युनिभर्सिटी हस्पिटलका सदस्यको भनाई छ । यदि कुकुरले ९० प्रतिशत भन्दा बढिको सफल पहिचान दर निकाल्यो भने त्यो प्रयोगशाला परीक्षण जत्तिकै प्रभावकारी हुनेछ ।

प्रयोगको क्रममा कुकुर वा कुकुरलाई नियन्त्रणमा राख्ने, कुकुरसित काम गर्ने ब्यक्तिलाई संक्रमित गर्ने जोखिम कम गर्न, मानव पसिनालाई वासना दिन प्रयोग गरिने छ । यसले विशिष्ट गन्ध समावेश गर्दछ । तर सक्रिय भाइरस होइन ।
नाकले सुँघेर पत्ता लगाउने कोउकुर (स्निफर डग) हरू एयरपोर्ट र रेल स्टेशनहरूमा पनि प्रयोग गर्न सकिन्छ । तर यस्तो तालिम दिन, कुनकुन क्षेत्रमा प्रयोग गर्ने भन्ने लगायतका अन्तिम निर्णय राजनीतिक स्तरबाट गर्नुपर्छ ।

यस अघि जर्मनीको हानोभर शहरमा यस्तै प्रशिक्षण दिएका कुकुर कोरोना भाईरसका रोगी पत्ता लगाउन ९४ प्रतिशत सफल भएको रिपोर्ट बाहिर आएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक