शुक्रबार, वैशाख १४, २०८१

भ्रस्टाचारको मुद्दामा फ्रान्सका पूर्व राष्ट्रपतीलाई तिन वर्षको जेल

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ फागुन १७ गते २२:३५

पूर्व फ्रान्सेली राष्ट्रपति निकोला सार्कोजी भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएपछि उनलाई अदालतले तिन वर्षको जेल सजायँ सुनाएको छ । उनलाई तिन वर्षको जेल सजाएँ सुनाएपनि उनले एक वर्ष मात्रै जेल बसे पुग्छ । दुई वर्षको समय निलम्बन गरेर छोडिएको छ । यो दुई वर्षको समय भने उनले हातमा आधुनिक सुविधायुक्त मेशिन सहितको ब्रासलेट लगाएर बिताउनुपर्ने छ । सरकारले त्यहि ब्रासलेटको मेशिनमार्फत उनको निगरानी गर्ने छ ।

सार्कोजी मजिस्ट्रेटलाई घूस दिन खोजिएकोमा दोषी ठहरिएका हुन् । दोस्रो विश्वयुद्दपछि फ्रान्समा भ्रस्टाचारको मुद्दामा यस्तो सजायँ पाउने उनी पहिलो राष्ट्रपति बनेका छन् ।

सन् २००७ देखि २०१२ सम्म देशको नेतृत्व गरेका सार्कोजीले मोनाकोमा न्यायाधीशबाट उनको चुनावी अभियानको वित्तीय अवस्थाको बारेमा आन्तरिक जानकारी लिएका थिए । त्यसको बदलामा सार्कोजीले उनलाई आकर्षक पदको प्रस्ताव गरेका थिए । अदालतले यसैमा उनलाई दोषी ठहर्‍याएको हो ।

तिन वर्षको सजायमा दुई वर्ष माफि दिएको अदालतले उनलाई तत्कालै पक्राउ गरेर जेलमा हाल्ने फैसला गरेको छ । बाँकि दुई वर्ष उनको हातमा एक मेशिन जडान गरेर छोडिने छ जसले उनको क्रियाकलापको निगरानी गर्ने छ । फ्रान्सको कानुन अनुसार उनले उच्च न्यायलयमा अपिल भने गर्न पाउने छन् ।

तपाइँको प्रतिक्रिया