शनिबार, वैशाख ८, २०८१

फ्रान्सको चर्चभित्रै वालयौन दूराचार, हजारौं वालवालिका शिकार

नेपालप्लस संवाददाता२०७७ फागुन १८ गते २०:४२

Photo MaxPPP illustration via ladepeche.fr

फ्रान्सको चर्चमा बाल अपराधको सिकार भएका बच्चाहरूको संख्या ब्यापक देखिएको छ । जून २०२० मा चर्चमा यौन दुर्व्यवहार सम्बन्धी स्वतन्त्र आयोगले गरेको पहिलो अनुमानभन्दा धेरै बढी हुने आँकलन गरिएको छ । सन् १९५० देखिको संख्या हिसाव गर्दा वाल यौन पिडितहरुको संख्या १० हजारभन्दा बढि हुनसक्ने स्वतन्त्र छानबिन आयोगका अध्यक्षले बताएका छन् ।

“फ्रान्सको चर्चमा बाल अपराधको सिकार हुनेहरूको संख्या सन् १९५० को दशकदेखि कम्तिमा १० हजार पुग्न सक्छ” तात्कालिक अनुमान अनुसार स्वतन्त्र आयोगका अध्यक्षले आज मंगलबार घोषणा गरे । स्वतन्त्र छानबिनको काम सेप्टेम्बरमा सम्पन्न हुनसक्ने बताइएको छ ।

चर्चमा यौन दुर्व्यवहार सम्बन्धी स्वतन्त्र कमिसन (सियास) ले सुरुमा कम्तिमा तिन हजार पीडितको संख्या अनुमान गरेको थियो । जुन २०२० मा अनलाईन प्लेटफर्मको माध्यमबाट जून २०१० मा प्रमाणिकरणका लागि गरिएको वाल यौन शोषणको नतिजा हो यो । साक्षीहरूको आग्रह पछि अक्टूबर ३१, २०२० सम्म म्याद थपिएको थियो ।

तर यो प्रमाणिकरणको आह्वानले निश्चित रूपले समग्रतालाई जनाउँदैन । तर यो सम्भव छ कि कम्तिमा १० हजार सम्म पुग्छ” यस आयोगका अध्यक्ष जीन-मार्क सौवेले एएफफपीसित भने । जुन महिनामा वाल आक्रमणकारिहरुको संख्या एक हजार पाँच सय रहेकोपनि उनले अनुमान गरेका थिए ।

“त्यहाँ क्याथोलिक संस्था वा धार्मिक समुदायहरूको केहि संख्यामा दुरुपयोगको वास्तविक प्रणाली रहेको छ । तर थोरै संख्यामा” उनले थपे “यो अवस्थाले हामीलाई सचेत रहँदारहँदैपनि यस्ता घटना ब्यापक भएको र यो संख्याले थोरै अल्पसंख्यकको प्रतिनिधित्व गर्दछ” ।

चर्चको कार्यालय र धार्मिक संस्थानहरूले धेरै घोटालाहरू पछि सन् २०१८ मा स्थापना गरेको ला सिएससँग अभिलेखहरूमा अनुसन्धान, साक्षात्कार, सामान्य जनसंख्याको नमूनामा गरिएको अध्ययन लगायत अन्य काम पनि चलिरहेको छ । यसले सेप्टेम्बरको अन्त्यमा पूर्ण नतीजा र सिफारिसहरू बुझाउने योजना बनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक