बिहीबार, वैशाख १३, २०८१

स्विजरल्याण्डमा संक्रमणको ७० प्रतिशत नयाँ स्वरुपको कोरोना भाईरस

नेपाल प्लस२०७७ फागुन १९ गते १५:३७

Photo- The Pharma letter

स्विजरल्याण्डमा कोरोना संक्रमण ७० प्रतिशत स्वरुप बदलिएको नयाँ भाईरस भएको पुष्टि भएको छ ।

नयाँ संक्रमणको संख्यामा स्थिरताको बाबजुद स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले नयाँ स्वरुपको भाईरस बढेकाले संयम र थप परीक्षणको लागि आह्वान गरेको छ ।

“स्थिति राम्रो छ । तर घटनाक्रम अनिश्चित रहेको छ” एफओपीएच संसर्गजन्य रोग कक्षका प्रमुख भर्जिन मासेरेले मंगलबार प्रेस वार्तामा भने “नयाँ घटनाको संख्या स्विजरल्याण्डका सबै क्षेत्रहरूमा करीव दुई हप्तादेखि स्थिर छ । तर नयाँ स्वरुपको कोरोना भाईरस प्रति एक लाख बासिन्दामा १६० जना संक्रमित छन् ।”

“अस्पतालमा भर्ती हुने संख्यामा गिरावट जारी छ । तर यसले काँठ क्षेत्रमा बढेको संकेत देखाउँदै छ । कोविड सम्बन्धी मृत्यु निरन्तर घट्दै छन् । ६५ वर्ष भन्दा माथि उमेर हुनेमा बढी मृत्युदरको कुनै प्रमाण छैन ।”

जुरिच विश्वविद्यालयका मिलो पुहानले कोरोना इम्मुनिटास कार्यक्रमलाई औंल्याए अनुसार पहिलो तरंगको तुलनामा एन्टिबडीहरू भएका मानिसहरूको संख्यामा तीव्र वृद्धि भएको छ । केही शिविरहरूमा यो २० देखि २५ प्रतिशतसम्म पुगेको छ ।

उनक आनुसार दोस्रो छालले स्विजरल्याण्डलाई कडा रुपमा हिर्कायो । अर्को चाखलाग्दो खोजी के भने विशेष गरी भाइरससँग लड्ने दृष्टिकोणबाट हेर्दा संक्रमणको छ महिना पछि बिरामीहरूमा एन्टिबडीहरू पत्ता लगाउन सकिन्छ ।

“यो सान्त्वनादायी समाचारको बाबजुद पनि हामीले बिर्सनु हुँदैन कि महामारी समाप्त भएको छैन । अवस्था अझै पनि कमजोर र अनिश्चित छ” एफओपीएचका निर्देशक एन लावीले चेतावनी दिए “नयाँ कोविड भेरियन्टका केसहरू बढ्ने क्रम जारी छ र अब सबै नयाँ संक्रमणहरूको प्रतिशत ६८ पुगेको छ ।”

विज्ञहरूले कोरोना भाइरसको परीक्षणको लागि निरन्तरता दिन, सरुवा रोगको टोली बनाउन र खोपको लागि पर्याप्त जाँच गर्नुपर्नेमा जोड दिएका छन् । तिनीहरू उच्च जोखिमयुक्त क्षेत्रहरू जस्तै वृद्धाश्रम वा स्कूलहरूमा सामूहिक परीक्षणको पक्षधर थिए । हरेक दिन झन्डै २० लाख मानिसहरूले प्रयोग गर्ने स्विस कोभिड अनुप्रयोग (स्विस कोभिड एयाप्स) को प्रयोग पनि आवश्यक रहेको बताएका छन् ।

द्रुतदरमा र्‍याल परीक्षण गर्दा परीक्षण दर बढाउने भनाई तिनको छ । तर तिनीहरूको प्रयोगलाई कानूनको अनुकूलन बनाउन आवश्यक रहेको पनि बताएका छन् ।

तपाइँको प्रतिक्रिया