शुक्रबार, चैत १६, २०८०

आफ्नै कार्यक्षेत्रबाट अर्थ मन्त्री पौडेल र उध्योग मन्त्री भट्ट लखेटिए

नेपालप्लस प्रतिनिधी / बुटवल२०७७ फागुन २१ गते १८:३४

credit-kantipurdailynews

बुटवल नगरपालिकामा एक कार्यक्रम उद्घाटन गर्न पुगेका अर्थमन्त्री विष्नु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लखेटिएका छन् । वुटवल नगरपालिकाबाट करिब चार किमी पस्चिममा पर्ने मोतिपुरबाट मन्त्रीद्वय आज विहान स्थानिय जनताबाट लेखेटिएको वुटवलका कपडा पसले जिवराम उप्रेतीले टेलिफोनमा नेपालप्लसलाई बताए ।

आक्रमण भएको मोतिपुर क्षेत्र अर्थमन्त्री पौडेलको निर्वाचन क्षेत्र हो ।

उप्रेतीका अनुसार आज विहानै मन्त्री द्वय रामनगरस्थित बौद्द विश्वविध्यालयको उद्घाटनमा पुगेका थिए । बुद्दको मावली देवदहमा बौद्द विश्व विध्यालयको उद्घाटन कार्यक्रम सकिएपछि उनीहरु मोतिपुर पुगेका थिए । त्यहाँ औध्योगिक क्षेत्र उद्घाटन गर्ने कार्यक्रम थियो । उनीहरुले आक्रमण हुनसक्ने आँकलन गरेकाले कडा सुरक्षा घेरामा औध्योगिक क्षेत्रको शिलन्यास गरेका थिए ।

स्थानिय जनताले औध्योगिक क्षेत्र उद्घाटन गर्न नदिन विहानैदेखि प्रयास गरेका थिए । स्थानिय जनताको ठूलो भिड विहानैदेखि उद्घाटन रोक्न जम्मा भएर बसेका थिए । तर प्रहरी सुरक्षा लगाएर तिनलाई रोकिएको थियो । कार्यक्रम स्थलमा आउन नदिन कार्यक्रम स्थललाई प्रहरीले घेरेर राखेको थियो । तर स्थानियको भिड बढ्दै गएपछि प्रहरी सुरक्षाले स्थानियको भिडलाई रोक्नै सकेन । त्यहाँ एकै छिनमा हंगामा मच्चियो । ति कार्यक्रमस्थलभित्र पसेर ढुंगामुढा गर्न थालिहाले । उद्घाटन सकिएर मञ्चमा भाषण गर्न थालेपछि स्थानियको ठूलो संख्या झुम्मिएपछि तिनले ढुंगामुढाले हान्न थालेका हुन् ।

ढुंगामुढा हुन थालेपछि दुबै मन्त्रीले मन्तब्य छोट्याएर हिँडेका थिए । स्थानीयले कार्यक्रमको बोर्डसमेत मिल्काइदिएका थिए । मन्त्री पौडेललाई भूमाफिया भन्दै गालिगलौज समेत गरेका थिए । केहिले मन्त्रीहरुलाई ‘साला दलाल, साला चोर, हाम्ले जोत्नी जगमा तिमीहरुले उध्योग बनाएर नाफा लिने?’ भन्दै गाली गरेका थिए ।  केहिबेर दुई पक्षबिच दोहोरो हानाहान र आरोपप्रत्यारोप भएको थियो ।

त्यसपछि मन्त्रीलाई बचाउन प्रहरीले कडा हस्तक्षेप गरेको थियो । शुरुमा उनीहरुले हमकाकारिलाई तितरबितर पार्न खोजेका थिए । केहिलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । तर यो समाचार लेख्दासम्म कसैको नाम सार्वजनिक भएको छैन । “हामी त मन्त्रीज्युहरुलाई हेर्न गएको । ठूलो हानाहान भएपछि बेक्कारमा फसिएला भनेर भाग्यौं’ भाँडा पसले जिवरामले भने ।

केहिको भनाईमा स्थानीयले पहिलेबाटै भोगचलन गर्दै आएको विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागेपछि बिरोध हुँदै आएको थियो । तर सरकारले अटेर गरेर जबर्जस्ति औधोगिक क्षेत्र बनाउन थालेपछि क्रुद्द बनेका स्थानियले आक्रमण गरेका हुन् ।
तर केहिको बभनाइमा भने नेकपा फुटेपछि दुई पक्षकाबिचमा भएको बैमनस्यता प्रदर्शन भएको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक