बिहीबार, वैशाख १३, २०८१

जर्मनीको गाई इभोन ‘फिल्म स्टार’

नेपालप्लस संवाददाता२०७७ फागुन २३ गते १४:०८

मान्छेलाई कुनै फिल्मको हिरो वा हिरोनी बन्न कति मुस्किल छ ? जति कोसिस, लगानी गर्दापनि धेरैलाई मुस्किल पर्छ । तर जर्मनीको एक गाइ सिनेमाको स्टार बनेकि छन् ।

जर्मनीमा ‘ईभोन द रनवे काउ’ भन्ने शिर्षकमा जर्मनीका मेडिया भरिभराउ भए । इभोन भन्ने एक गाईलाई स्टार बनाइएको छ । र बन्यो ‘काउ अन द रन” भन्ने नामको फिल्म । जर्मनीका मेडियाले “इभोन द रन वे काउ” भन्ने शिर्षकमा धेरै समाचारहरु बनाए ।

ईभोनलाई अष्ट्रियाबाट जर्मनी ल्याइएको थियो । तर ति एकाएक हराएपछि कौतुहलता जाग्यो । स्वतन्त्रतालाई माया गर्ने गाई मेमा बाभेरियाको सानो फार्मबाट भागेकी थिईन् । र दक्षिणी जर्मनीको जंगलमा सफलतापूर्वक लुक्न सफल भईन् । उनको तौल ७०० किलोको थियो ।

ईभोन हराएपछि गाउँमा हल्लीखल्लि भयो । स्थानीयहरूले सेतो टाउको, खैरो कल्चौंडो भएको गाई देखेको रिपोर्ट गरेका थिए । धेरै पटक खोजी गर्ने टोलीले उनलाई समात्न खोजेको थियो । तर इभोन त्यस क्षेत्रबाट लुकिसकेकि थिईन् । खोज र उद्धार अभियानहरूमा प्रयोग गरिएको थर्मल क्यामेराले सुसज्जित हेलिकप्टर केहि पटक खाली फर्किएको थियो ।

खुला ठाउँमा घाँस र दाना राखिदिएर ईभोनलाई लोभ्याउन, आकर्षित गर्न सकिन्छ कि भनेरपनि खोजिकर्ताले कोसिस गरे । इभोनको छोरा र वहिनीलाईपनि लगेर खुला ठाउँमा राखिदिए । इभोनको प्रेमी थियो, एर्नेस्ट नामको । आफ्नो प्रेमी देखेपछि आउँछिन कि भनेर अर्नेस्टलाइपनि खुला ठाउँमा लगेर राखे । तर आईनन् । बाभरियाको जंगलमा इभोनलाई खोज्न दर्जनौं स्वयंसेवक, खोजकर्ता खटिए ।

छ वर्षको यो गाईले राष्ट्रिय पत्रिकामा प्रमुख समाचारका रुपमा स्थान बनाउने पक्कै थिईनन्, यदि उनी प्रहरी गाडीमा नठोक्किएको भए । प्रहरीको गाडीमा ठोक्किँदापनि उनी भागिन् । प्रहरीलाईपनि बिना आदेश गोली हान्ने अधिकार थिएन । बरु मुहल्दोर्फको ग्रामीण जिल्ला कार्यालयले ठूला आँखाकि बोभिनलाई सार्वजनिक खतराको रूपमा लेबल लगाईदियो । र उनलाई गोली हान्न आदेश दिए ।

त्यसले पशु-अधिकारकर्मीहरूलाई उनको रक्षाको लागि जुलुस निकाल्ने बनायो । ईभोनको रक्षाको लागि फेसबूकमा २३ हजारले लाईक र कमेन्ट गरेर ईभोनको पक्षमा सहमति देखाए । जर्मनीको सबैभन्दा ठूलो बिक्रि गर्ने अखबार बिल्डले इभोनलाई भेट्टाउन मद्दत गर्ने जो कोहीलाई झण्डै १५ हजार डलर पुरस्कारको घोषणासहित यसको पहिलो पृष्ठमा समाचार छाप्यो ।

सबैको चासोले गर्दा ईभोनलाई गोली हान्ने आदेश फिर्ता गरियो ।

यो घटना चर्चित भएपछि बभेरियाको पशु आरक्षण केन्द्रले ईभोनलाई उनको पुरानो मालिकहरूबाट किन्यो । त्यो बेला हराईरहेकै अवस्थामा इभोनलाई किनेको थियो । ईभोन कहाँ छिन्, भेटिन्छिन् कि भेतिन्नन् केहि पत्तो थिएन । आफूले किनेपछि उनलाई उद्धार गर्ने प्रयासमा नेतृत्व लियो । “हामीलाई उनको पुच्छरले तताएको छ” खरिदकर्ताले भने ।

यसैबीच स्थानीय ब्याण्ड गादेनकापेलले एउटा गीत बनायो ईभोनका नाममा । यो गीत रेडियोमा द्रुत गतिमा लोकप्रिय बन्यो । “तपाईं ईभोनलाई किन एक्लै छोड्नुहुन्न । उनी मात्र भागेको गाई हुन् ………… तिमीहरु जंगली गाई, तिनीहरूलाई आफ्नो स्वतन्त्रता लिन देऊ” गाईएको थियो ।

इभोन भन्ने थुनेर राखिएको गाईलाई खुला छोडेर स्क्रिन गरियो । उनी भाग्दै गरेका बेला । अर्थात् बाँधेर, थुनेर राखिएका गाइलाई खुला आकाशमा छोडिदिएर ति गाई दौडेको, रमाएको बेला स्क्रिन गरियो । त्यसैले फिल्मको नामनै ‘काउ अन द रन’ राखियो ।

मे २०११ मा बभेरियन बोभिन जातका गाईलाई अस्ट्रियाबाट जर्मनीको बभेरिया पठाइँदै थियो । तिनै गाई मध्येकि एक इभोन इलेक्ट्रिक बारबाट हाम्फालेर आफ्नो मार्ग खोज्दै भागेकि थिईन् । बारबाट हाम्फाल्दा लडेर जंगलमा फसिन् । आफ्नो ठाउँ, आफू बसेको थलो, आफन्त, साथीहरु छोड्न कति गाह्रो हुन्छ । आफ्नो ठाउँ कति प्रिय हुन्छ भन्ने फिल्ममा देखाइएको छ ।

अगस्टमा त्यो गाईलाई पक्राउ गर्नु अघि जंगली गाईको खोजी गरिएको थियो । यि गाईको कथा र ब्यथा समेटेर सन् २०१४ मा फिल्म सार्वजनिक भयो । ३ करोड युरो खर्चेर बनाएको यो फिल्ममा यो गाई स्टार बनिन् ।

तर उनको भूमिका कसले खेल्नेछ भन्ने सवालमा समस्या भएन । फिल्म एनिमेटेड भएको छ । अर्थात् इभोनको घटनालाई ठ्याक्कै नक्कल गरेर फिल्म बनाइयो । ईभोन अस्ट्रियाको उद्धार केन्द्र गुट एडरबिच्लको क्षेत्रमा बस्छिन् । फिल्म त्यहिँ सुटिङ भएको हो ।

म्यूनिख स्थित प्रोडक्शन फर्म पापा-लोवे र म्याक्स हावर्ड जो डिस्ने क्लासिक “द लायन किंग” को निर्माता हुन् । तिनलेनै यो फिल्म बनाएका हुन् । द लायन किंग फिल्म निकै प्रसिद्द भएको थियो । अस्ट्रियाको पशु उद्धार केन्द्रको ढोका ढकढक्याएर ति दुईले “काउ अन द रन” को योजना अघि सारेका थिए ।

“हामी रोमाञ्चित छौं,” गुट एडरबिचलका प्रवक्ता ब्रिटा फ्रिटागले स्थानीयलाई भने “फिल्म हास्यास्पद र शैक्षिक हुनुपर्छ, उद्धार गरिएको जनावरकासाथै हामी गाईको लागि के प्रयोग गर्दछौं भनेर बच्चाहरूलाई सिकाउन” फ्रिटागले भने।

गुट एडरबिच सेन्टरले फिल्मबाट पैसा कमाएको छ । “हामीले थोरै पैसा पाउन सक्यौं जुन हामीले जनावरको हेरचाहमा लगाएका छौं । पवित्रस्थानमा जनावरहरू राख्न पाएका छौं ” सेन्टरले भनेको छ ।

यो फिल्ममा एक जना मानिसले गाईको रुप धारण गरेर गाईको आवाज निकालिएको छ । हेर्दा स्वरुपपनि गाईकै देखिन्छ । केहि आवाज जर्मन भाषामा गाईकै स्वरुपको रुप धारण गरेर निकालिएको छ ।

तपाइँको प्रतिक्रिया