बुधबार, वैशाख २६, २०८१

भारतीय किसान आन्दोलनको १०० दिन : सडक अवरुद्द पार्दै विरोध प्रदर्शन

दिनानाथ पराजुली/नयाँ दिल्ली२०७७ फागुन २३ गते १६:२८

credit-ctvnews.com

हजारौं भारतीय किसानहरुले शनीवार नयाँ दिलीको किनारमा प्रदर्शन गर्दै सडक अवरुद्द पारेका छन् । कृषि कानूनको विरोधमा १०० औं दिनको अवसरमा प्रदर्शन गर्दै उनीहरूले सरकारको कानुनले किसानहरुको आय बिगार्ने बताएका थिए ।

बिरोधको क्रममा किसानहरू ट्र्याक्टरमा उभिएका थिए । भारतीय रंगीन झण्डा फहराए । उनीहरूका नेताहरूले अस्थायी लाउडस्पीकरमार्फत सरकार विरोधी नारा लगाएका थिए ।

गत वर्ष संसदले पारित गरेको तीन कानूनको बिरूद्ध रोष प्रकट गर्न हजारौंले नयाँ दिल्लीको सिमाना बाहिर नोभेम्बरदेखिनै प्रदर्शन शुरु गरेका हुन् । अहिलेसम्म त्यसलाई जारि राखेका छन् । यो आन्दोलन हिजो शनीवार १०० दिनमा पुगेको ह्च ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कृषिलाई आधुनिकीकरण गर्नका लागि कानूनहरू आवश्यक रहेको बताएको छ । तर किसानहरूले भने गरिब किसानहरुलाई ठूला निगम, धनाढ्यहरुको कृपामा छोड्न लागेको आरोप लगाएका छन् । आफ्नो क्रिषी उब्जनीको मूल्य ठूला घरानिया, धनाढ्यले तोक्ने भन्दै बिरोध गर्दै आएका छन् ।

संयुक्त किसान मोर्चाले नाकाबन्दी पाँच घण्टासम्म चल्ने बताएको छ । “सडक रोक्ने हाम्रो सोख होइन । तर सरकारले हाम्रो कुरा सुन्दैन। हामी के गर्ने सक्छौं ?” समूहका सदस्य सतनाम सिंहले एपी न्युजसित भने ।

credit-Gulfnews

२६ जनवरीमा हिंसा भडकेपछि पनि किसानहरूले आन्दोल छोडेका छैनन् । यस अघिनै सुरक्षाकर्मीसँगको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।

भारतमा यो गर्मीका बेलापनि सयौं किसानहरु ट्र्याकटरको टेलरमा सुतिरहेका छन् । खानेपानी, खानेकुरा र दैनिक जिवनको समस्या भोगेरपनि तिनले सरकारले ‘किसानमारा कानुन’ नसुधारेसम्म छोड्ने पक्षमा छैनन् । धेरै किसानहरू जुनसुकै परिस्थितिमा कानुन पूर्ण रूपमा फिर्ता नलिएसम्म बस्ने योजना बनाएका छन् ।

“हामी कतै जाँदै छैनौं । अन्तसम्म लड्ने छौं” ६०० वर्षीय कर्ण सिंहले भने । उनी आफ्नो ट्रकको पछाडि रहेको एउटा अस्थायी आश्रयभित्र दुखजिलो बसिरहेका छन् ।

ट्रकभित्र र सडक किनारमा दैनिक रूपमा हजारौंलाई खुवाउने विशाल किचनहरू किसानले बनाएका छन् । किसानहरू राजमार्गको दुबै छेउमा भेला भएका छन् । सयौं ट्रकहरू कोठामा परिणत भइसकेका छन् । ग्रीष्म ऋतुको तयारीमा पानी जम्मा पारेर बसेका छन् । ट्र्कमा सुत्न कूलरल फिट गरेका छन् । केही ट्रेलरहरूमा इलेक्ट्रिक फ्यान र अल्पकालिन एयरकन्डिसनपनि पनि जोडिरहेका छन् ।

किसानहरू चाँडै नै किसानको विरोध प्रदर्शन देशभर फैलने आशामा छन् । सरकारले महिनाको अन्त्यमा भारतको प्रमुख बाली कटनीको मौसम शुरू भएपछि उनीहरूमध्ये धेरै जना घर फर्कने आशा गरेको छ । यसपछि आन्दोलन मत्थर हुन्छ भन्ने सोचेको छ ।

तर किसानहरु सरकारको यो आशालाई असफल पार्ने बताउँछन् । उनीहरुका अनुसार गाउँमा खेती भित्र्याउन परिवारका अन्य सदस्य, साथी, छिमेकीहरु लाग्ने छन् र आन्दोलनमा आएकाहरु फर्किने छैनन् । उनीहरुले अझै आन्दोलन चर्काउने छन् । “हामी एक अर्कालाई कुनैपनि फार्ममा बाली भित्रिएको छैन भने सहयोग गर्ने छौं” कणबिर सिंहले भने ।

समस्या समाधान गर्न सरकार र किसानहरू बीच धेरै चरणमा वार्ता भएको थियो । तर गतिरोध अन्त्य गर्न असफल भएको छ । किसानहरूले १८ महिनासम्म कानूनहरू स्थगित गर्न सरकारले गरेको प्रस्तावलाई अस्वीकार गरेका छन र उनीहरू पूर्ण रुपमा खारेजी चाहन्छन् ।

सरकारले केही आवश्यक बालीका लागि मूल्यको ग्यारेन्टी जारी राख्ने छ कि छैन भन्ने स्पष्ट गरेको छैन । यो प्रणाली सन् १९६० को दशकमा भारतलाई खाद्यान्न सञ्चय गर्न र अभाव हुनबाट बचाउन सहयोग पुर्‍याइएको दाबी सरकारको छ ।

किसानहरू किन डराएका छन् भने यो विधानले सरकार त्यस्तो प्रणालीबाट टाढा गइरहेको संकेत गरेको छ जहाँ अत्यधिक किसानहरू सरकार स्वीकृत बजारमा मात्र बेच्न पाउँछन् । उनीहरूलाई निगमको कृपामा छोडिनेछ भन्ने चिन्ता किसानको छ । किसानले तोकेको आफ्नो अन्न उब्जनीको ग्यारेन्टी मूल्य तिर्ने कानुनी बाध्यता हुनेछैन ।

तपाइँको प्रतिक्रिया