बिहीबार, कार्तिक ११, २०७८

कुरा न ‘म्यानल’को, न ‘प्यानल’को

सन्जय घिमिरे२०७७ फागुन २४ गते १२:१७

अन्तरक्रिया, बहस र सभाका प्यानलमा अक्सर देखिने वा देखिएका पुरुषहरुका मात्र अनुहारहरुलाइ लिएर अहिले नेपालमा एकखालको रोइलो चलीरहेको छ । खासगरी, जनकपुर लिटरेचर फेष्टिबलपछि । प्यानललाइ, प्यानल होइर्न म्यानल’ भनिन थालेको छ । किनकि त्यहाँ प्यानलमा ‘म्यान’ अर्थात पुरुषहरु बढी थिए ।

कतिपय स्वघोषित र ‘पेशेवर नारीवादी’हरुले चर्का गुनासा गरिरहेका छन् । त्यहि लहै लहैमा कतिपय स्वनामधन्य पुरुषहरु पनि अबदेखि त्यस्ता बहस र सभाहरुमा महिलाको सहभागीताको सुनश्चीतता नगरी आफूहरु नजाने बताइरहेका छन् ।
‘पेशेवर नारीवादी’का गुनासा र ‘बहसका सेलीब्रेटी’हरुको छवी उँचो राखिरहने लोभमा, म भने कुनै अर्थ देखिरहेको छैन ।

कुरा न ‘म्यानल’को हो, न ‘प्यानल’को हो । कुरा यो केबल ‘सर्कल’को हो ।
कुरा यो केबल युगको हो । अर्थात प्यापारीक युगको । ‘सर्कल’ – आफनो ‘सर्कल’, आफूलाइ पत्याउने र मान्ने ‘सर्कल’ अर्थात सिमित ‘सर्कल’ । र युग, व्यापारीक युग । अझ यसो भनौं – आफूले ‘कम्फर्टेबल’ ठानेको र आफूलाइ ‘कम्फर्टेबल’ ठान्ने र मान्नेहरुको ‘सर्कल’ । र युग, आपसी हिसाब किताबको ।

हिसाब किताब सधैं पैसाको मात्र हुँदैन । भावना र आत्मतुष्टिको पनि हुन्छ । यो हिसाब किताबमा महिला वा पुरुषको कुरै छैन । कसैले कसैलाइ स्थापित वा बिस्थापित गर्नुछ । कसैलाइ आफूलाइ बौद्धिक हुनुछ । कसैलाइ यस्ता बौद्धिकहरुसँग मेरो गफ हुन्छ र म यस्ताको संगतमा छु भन्ने देखाउनु छ । कसैलाइ आफू र आफूले जाने मानेको स्वनामधन्य बौद्धिकलेजत्ती अरु कसले देशको चिन्ता गरेको छ र ? भन्नेमा रमाउनु छ । यहाँ कहाँ छ लैंगिकता ?

‘पेशेवार नारीवादीहरु’, तपाँइहरु नठान्नुहोला, त्यस्ता प्यानलहरुमा तपाँइहरु मात्र छुटनु भयो । त्यहाँ कहाँ सबै पुरुष परेका छन र ? त्यहाँ कहाँ फरक पुरुष परेका छन र ? त्यहाँ उनै मात्र उनै पुरुषहरु नै त छन् नी ! वर्षौदेखि उनै छन् । उनै हुने छन् ।

एकादुइ कहिलेकाँही फरक पुरुष भुल्किन्छन् । किनकी उनीहरुलाइ अस्विकार गर्ने आँट, छोटेमोटे मै हुँ भन्नेहरुसँग पनि हुँदैन । किनकी ती आफ्नो सृजनशीलतामा अदभुत हुन्छन् । आफूलाइ सृजनशील र अली फरक सोच राख्ने व्यक्तिको रुपमा स्थापीत गर्नपनि कतीपय पत्रकार र बहसका संचालकहरु, साँच्चीकै फरक खालका एकादुइका अद्भुत मान्छेका सहारा लिन्छन् । बाँकी सबै बहस, सम्मेलन, अन्तरिक्रया, सम्मान, जे भन्नुस, ती मात्र लेनदेनका विषय हुन् । मात्रै लेनदेनका ।

उसैपनि नेपालमा अनौपचारीक र अलीक उदार खालका बहसहरु हुने ठाउँहरु नै कहाँ छन र ? मार्टीन चौतारीजस्ता एकादुइ ठाउँ छोडेर ।

अरु कुरामा मेरा आफ्नै भनाइ हुन सक्छन्। तर यो वैश्ययुग हो भन्ने कुरामा प्रदीप गिरी र बिजयकुमार पाण्डेका तर्कहरुसँग म शत प्रतीशत सहमत छु । यो युगमा लेनदेनको बाहेक कहाँ अरु कुरा हुन सक्छ र ? तपाइ कोसँग कती नजीक हुनुहुन्छ ? तपाइ कोसँग कती समय बिताउनु हुन्छ ? तपाँइलाइ कसले र कसले तपाइलाइ माथी उचाल्छ ? वा माथी उचाल्न मद्धत गर्छ ? वा कोसँग के गर्दा तपाइ आफनो ‘भ्यालु एड’ गर्न सक्नुहन्छ ? यही त हो–आजको समय । यहाँ कहाँ लैंगिकताको कुरा छ र ?

मलाइ दया लाग्छ ती रुन्चे नारीवादीहरुमाथी जो पेशा नारीवादको गर्छन् । तर पुरुषहरुले आफूहरुलाइ सभामा निम्तो दिएनन् भनेर सुँक्क सुँक्क गर्छन् । यो युग, लैंगिकताको रुन्चे स्वर निकाल्ने युग होइन । भिड्ने युग हो व्यक्तिगत रुपमा । र, अरुलाइ आफूतिर तान्ने युग हो । यो व्यापारको युग हो । रोएर पनि कहीं व्पापार हुन्छ ? यो ‘कार्टेलींग’को युग हो । ‘कार्टेलींग’ गर्न जान्नु पर्छ । ‘कार्टेलींग’मा कहाँ लैंगिकता हुन्छ ?

यसैले नेपालका ‘पेशेवार नारीवादी’हरुलाइ मेरो आग्रह छ– तपाइहरु अरुका सभाहरुमा आफ्ना ठाउँहरु, आफना कुर्सिहरु नखोज्नुस । सक्नुहुन्छ भने आफ्ना सभाहरुमा पुरुषहरुलाइ दर्शक दीर्घामा राखेर हेरेको हेर्‍यै पार्नुस् । आफ्नो क्षमता, कला, लय र शैलीले सबैलाइ हायल कायल पार्नुस् ।

नाम त नलिउँ । यत्ती मात्र भनुँ – कुनै एउटी महिलाको सृजनशीलता युटयुबमा हेरेर म यत्ती हायल कायल भएँ कि मैले उनीमाथी एउटा लेख नै लेखें । जबकि म उनलाइ कत्तीपनि जान्दैनथें । के छ जाबो प्यानलमा ? प्यानल त बनाउने कुरा न हो । यसैले ‘प्यानल’लाइ, ‘म्यानल’ भन्ने रुन्चे नारीहरुलाइ मेरो यत्ती आग्रह छ– तपाइहरु पनि ‘व्युम्यानल’ बनाउनतिर लाग्नुस । यो युग व्पापारको युग हो । यो युग हिसाब किताबको युग हो । यो युग नम्बरको युग हो । रोएर यो युगमा नम्बर थपिंदैन ।

रुने होइन । यसरी हाँस्नुस कि प्यानल मात्र होइन दर्शक दिर्धापनि तपाँइहरुलाइ सुन्न र बुझ्न खोजोस । भिड लागोस । यो युग भिडको युग हो । भिडले मूल्य निर्धारण गर्ने युग हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक