बिहीबार, वैशाख ६, २०८१

बेलायती शाही परिवार सँग बस्दा आत्महत्या गर्ने सोच बनाएको मेघानको खुलासा

नेपाल प्लस२०७७ फागुन २४ गते १७:३१

Credit-CBS News

सीबीएस च्यानलले आइतबार साँझ प्रसारण गरेको अन्तर्वार्तामा बेलायती शाही परिवारकी पूर्व युवराज्ञी मेघान मार्कलले शाही परिवारमा बस्दा आत्महत्या गर्ने सोच भएको खुलासा गरेकि छन् । लामो समयदेखि पर्खिएको अन्तर्वार्तामा उनले अनुरोध गरेको मनोवैज्ञानिक समर्थनलाइ शाही परिवारले अस्वीकार गरेको दाबी गरेकि छन् ।

उनको अन्तर्वार्ताले बकिङहम प्यालेसका लागि लाजमर्दो खुलासा गरेको छ । उनले अमेरिकी टिभीलाई दिएको अन्तर्वार्ताका अनुसार शाही परिवारसँग बस्दा मेघन मार्कलले आत्महत्या गर्ने विचारहरू राखेकि थिईन् । उनले अनुरोध गरिएको मनोवैज्ञानिक सहयोगबाट वञ्चित गरिएको थियो । किनभने यसले संस्थाको छविलाई बिगार्ने बुझाई शाही परिवारको थियो । उनले अमेरिकी टेलिभिजन सिबिएसमा स्टार ओप्रा विन्फ्रेसँग दुई घण्टाको विस्फोटक अन्तर्गतका क्रममा यस्तो खुलासा गरेकि हुन् ।

आइतबार साँझ सीबीएस च्यानलले प्रसारित गरेको यो ज्यादै प्रत्याशित अन्तर्वार्ताका बेला प्रिन्स ह्यारीको मिश्रित जातिकि पत्नी मेघानले कहिलेकाँही आँसु बगाउँथिन् । उनी गर्भवती भएको बेला उनको परिवारको छालाको रङका बारेमापनि शाही परिवारमा भएको वार्तालापमा विभेद गरिएको पनि रिपोर्ट गर्ने गरेको बताएकि छन् ।

“म अब बाँच्न चाहन्नथें । र ती स्थिर, डरलाग्दो, वास्तविक र धेरै स्पष्ट विचारहरू थिए” मेघान जसले आफ्नो दोस्रो बच्चाको आशा गरिरहेकी छन् । उनले आफ्नो मनोवैज्ञानिक अवस्थालाई दोष दिईन् । बेलायती मेडिया उनीप्रति आक्रामक भएको दोषपनि लगाएकि छन् ।

अमेरिकीहरुले भने उनी शाही संस्थाका सदस्यहरूसँग मद्दत माग्न र उपचारको सम्भावनाको बारेमा छलफल गर्न गएको बताएका थिए । “मलाई भनियो कि म त्यस्तो सहयोग माग्न सक्दिन । यसो गर्नु शाही संस्थाको लागि राम्रो छैन” उनले भनिन् ।

पूर्व अभिनेत्री मेघानले ओप्राह विन्फ्रेसँग कुरागरेकि थिईन् जसले कुराकानीको क्रममा आफ्नो छोराको छालाको र रङगको बारेमा बताउँदा अविश्वासी र स्तब्ध जस्तो बनाएको थियो । बकिङहम दरवारले उनको छोराको रङ ठ्याक्कै गोरो नभएकोले बिभेद गरेको भनाई मेघान र ह्यारीको छ ।

ह्यारीलाई “चिन्ता र कुराकानीको बारेमा बताइएको थियो कि जब उनको छोराको जन्म हुन्छ तब उसको छाला कति फरक, अँध्यारो रङको हुन्छ ।” यसको मतलब के हो र त्यो कस्तो देखिन्छ ?” भन्नुको अर्थ के हो ? उनले भनिन् । उनले कसले यस्तो चाहेको थियो र कसले भनेको थियो भन्ने किटान नगरिकनै आफ्ना पती ह्यारीसित यस्तो कुराकानी आदानप्रदान भएको बताइन् । “मैले त्यो नाम बताएँ भने यो उनीहरूका लागि ज्यादै हानिकारक हुन्छ” मेघानको भनाई छ ।

“यो अनौठो थियो” ह्यारीले कुराकानीको बारेमा भने “यसको पछाडि को थियो भनेर बताउन चाहन्न । तर म स्तब्ध भएको थिएँ ।”

मेघानले दावि गरिन् कि बकिङहम प्यालेसले बच्चालाई सुरक्षा दिन अस्वीकार गरेको थियो । संस्थाका सदस्यहरूले आर्चीलाई कुलीन पदवी दिइनु हुँदैन भन्ने महसुस गरेका थिए । यद्यपि यो परम्परा हो ।

दुई पतिपत्नी जसले एक वालिकाको अपेक्षा गरिरहेका छौं भनेर घोषणा गरेका थिए, तिमाथि अस्थिर बेलायती मेडियाको दबाव र शाही परिवारको सहयोगको अभावले संयुक्त राज्य अमेरिका फर्किएको भन्दै तिनले व्याख्या गरे ।

“शाही परिवारमै रहन हामीले सकेजति गरेका छौं” राजकुमार ह्यारीले भने । उनलेपनि परिस्थितिसँग जोडिएका पक्षले गर्दा आफूलेसमेत मनोवैज्ञानिक समस्याहरुको अनुभव गरेको बताएका छन् ।

यदि मेघान मार्कलले “सार्वजनिक संस्थालाई गलत आरोप लगाएर निन्दा गर्ने अभियान चालेको भए, संस्थालाई निन्दा गरेको भए राम्रो नहुने उनले बताए । शाही परिवारद्वारा आफूले सुरक्षित महसुस नगरेको भन्दै श्रीपेचधारी सदस्यहरूलाई व्यक्तिगत रूपमा आक्रमण नगर्न आफू सच्त र सावधान रहेको मेघानले उल्लेख गरिन् ।

आफूले कठिन समय बिताइरहेका बेला ह्यारीले आफ्नो बुबा प्रिन्स चार्ल्ससँग पर्याप्त सहयोग नपाएको भन्दै वास्तवमै निराश भएको खुलासा गरेका छन् । “किनभने मेरो बुवापनि यस्तै प्रकारको अवस्था हुँदै आएका हुन् । उनलाई थाहा छ पीडा के हो “राजकुमार ह्यारीले भने “उनीहरुले संवन्ध सुधार्नकालागि केहि काम हुनुपर्छ । तर म उनलाई सँधै माया गर्छु ।”

चार्ल्स र डायनाको कान्छो छोराले आफ्नो हजुरआमा, रानी एलिजाबेथ द्वितीयको प्रशंसा गरे । शाही परिवारबाट बाहिरिने घोषणा गर्दा रानीलाई आश्चर्यचकित नपारेको बताए ।

“मेरो हजुरआमा र मेरोबिच धेरै राम्रो सम्बन्ध र समझदारी छ” उनले भने “र म उनीप्रति गहिरो सम्मान गर्दछु । उनी मेरो कर्नेल-इन-चीफ हुन् । उनी त्यस्तै रहनेछिन् ।”

तपाइँको प्रतिक्रिया