शुक्रबार, चैत १६, २०८०

बेलायती पूर्व युवराज र युवराज्ञीको अन्तर्वार्ता ८२ करोड भन्दा बढीमा बिक्रि

नेपाल प्लस२०७७ फागुन २४ गते २१:२५

एउटा कलाकार, राजनितिज्ञ वा कुनै चर्चित ब्यक्तिको अन्तर्वार्ताको मूल्य कति होला ? स्थिति, विषय, दर्जा र अन्तर्वार्तामा बोलिएका तथ्य, नयाँपन, कति गोप्यता खोलिएका छन् वा कस्तो विषय बाहिरिएको छ भन्नेले मुख्य अर्थ राख्छ । एउटै अन्तर्वाताले कसैलाई लोकप्रियताको शिखरमा पुर्‍याउँछ । खस्काउँछ पनि । यस्तो ‘ब्रेकिङ, अनुपम, दूर्लभ’ अन्तर्वार्ता लिने पत्रकारलाईपनि नाम र दाम दुबैको उचाईमा पुर्‍याउँछ । यस्तै उचाईमा पुर्‍याएको छ, सीबीएस च्यानल मार्फत् बेलायती पूर्व युवराज र युवराज्ञीको आइतबार साँझ प्रसारित अन्तर्वार्ता लिने पत्रकार ओप्रा विन्फ्रेलाई ।

उनले बेलायती पूर्व युवराज र पूर्व युवराज्ञीसित लिएको अन्तर्वार्ता कम्तिमापनि सात मिलियन डलर (रु ८२ करोड) मा बिक्रि गरेको तथ्य सार्वजनिक भएको छ । सिबिएस डटकमले आजै उक्त अन्तर्वार्ता ७ मिलियन देखि नौ मिलियन डलर (रु ८२ करोड देखि एक अर्ब नेरु भन्दा माथि) मा बिक्रि गरिएको मेडियाहरुले सार्वजनिक गरेका छन् । सिबिएसले भने कतिमा किनेको हो भन्ने सार्वजनिक गरेको छैन ।

ओप्राह विन्फ्रेले उक्त साक्षात्कार अमेरिकी प्रसारक सीबीएसलाई त्यति रकम लिएर बेचेको बताइएको छ ।

सिबिएस मेडियाले किनेको यो अन्तर्वार्ता सि एन एन, न्युयोर्क टाईस, स्काई न्युज लगायतका विश्वका धनी, ठूला र चर्चित मेडियालाई फेरि बिक्रि गरेको छ । यो अन्तर्वार्ता अस्ट्रेलिया, बेलायत, डेनमार्क, स्विडेन, जर्मनी लगायत विश्वका धेरै देशका मेडियाले उक्त अन्तर्वार्ता सिबिएससित किनेर प्रचार र प्रशारण गरेका छन् ।

किन यति महँगो अन्तर्वार्ता ?

अमेरिकी च्याट शो होस्ट ओप्राह विन्फ्रेले अमेरिका र अन्य देशहरूमा युवराज ह्यारी र उनकी श्रीमती मेघानको यस्तो साक्षात्कार प्रसारण गरिन् जसले शताब्दीयौं देखिको बेलायती राजतन्त्र र उनीहरूका समस्याहरूबारे विश्वव्यापी चासो जगाईदियो ।

राजकुमार ह्यारी र उनकी श्रीमती मेघानको ओप्राह विन्फ्रेसँग दुई घण्टाको कुराकानी सबैभन्दा ठूलो शाही साक्षात्कार हो । किनकि ह्यारीकी आमा राजकुमारी डायनाले सन् १९९५ मा आफ्नो बुबा राजकुमार चार्ल्ससँग उनको बिग्रिएको विवाहको बारेमा विवरण दिएकी थिइन् ।

गत वर्ष आधिकारिक रुपमा शाही सम्बन्ध बिच्छेद गरेपछि मेघान र ह्यारीले क्यालिफोर्नियामा बसाई सरेर नयाँ जीवन सुरु गर्न चाहे । उनीहरुले किन बेलायत छाडे भनेर खुलस्त पारेका छन् ।

सीबीएसले जारी गरेको बहुप्रतिक्षित अन्तर्वार्ताको संक्षिप्त क्लिपहरूमा युवराज ह्यारीले आफ्नी आमा राजकुमारी डायनाको मृत्युलाई संकेत गरे जसलाई १९९७ मा पेरिसमा तिब्र गतिमा कार दुर्घटना हुँदा म्रित्यु भएको भनिन्छ । त्यतिबेला उनी पापाराजीबाट भाग्न खोज्दै थिइन् । “मेरो सबैभन्दा ठूलो चिन्ताको विषय भनेको इतिहास आफै नदोहोर्याउनु हो” ३६ वर्षीय ह्यारीले आफ्नी पत्नी मेघान मार्कलसँगै भने “हामी दुबैका लागि अविश्वसनीय तरिकाले कठिन भएको छ । तर कम्तिमा हामीहरू एक अर्कासँग छौं ।”

गत वर्ष मार्चमा ह्यारी र मेघन पहिलो पटक शाही कर्तव्यहरूबाट बाहिरिएका थिए । कुनैपनि हालतमा शाहि परिवारमा नफर्किने भन्दै गत महिना उनीहरुले फेरि पुष्टिगरेका थिए । र उनीहरूको शाही संरक्षक र मान उपाधि हटाइएको थियो ।

यसैसित संवन्धित अघिल्लो रिपोर्टपनि पढ्नुस्

बेलायती शाही परिवार सँग बस्दा आत्महत्या गर्ने सोच बनाएको मेघानको खुलासा

तपाइँको प्रतिक्रिया

फेसबुक