शनिबार, वैशाख ८, २०८१

बेलायती राजसंस्था सबैभन्दा खराब संकटमा, राजसंस्था हटाउनुपर्ने माग

नेपालप्लस संवाददाता / बेलायत२०७७ फागुन २५ गते १९:२६

Credit-thecelebritycastle.com

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघानले बेलायती शाही परिवारबाट पछि हटेपछि पहिलो ठूलो टिभी साक्षात्कार दिए । त्यसले बेलायतको राजपरिवारमा ठूलै भूकम्प गएको छ । केहिले बेलायती राजसंस्थालाई सडेगलेको भन्दै हटाउनुपर्ने माग गरेका छन् ।

दुई घण्टाको प्राइमटाइम विशेषमा शाही परिवारबाट ह्यारी र मेघान दम्पतीको बिदाइको बारेमा धेरै खुलासा गरिएको थियो । साथै संयुक्त राज्य अमेरिकामा उनीहरूको नयाँ जीवनको झलक पनि थियो ।

बेलायतमा त्यसको प्रतिक्रिया कडा र छिटो भएको छ । बेलायती पत्रपत्रीकाले अनेक कोणबाट त्यसको प्रतिक्रिया दिएका छन् । बेलायतका राजनितिक पार्टीका नेताहरुलेपनि राजसंस्थाबारे कडा प्रतिक्रिया दिएका छन् । यो घटनाले बेलायतका पत्रपत्रीका लगभग सबैको मुख फेरि खोलिदिएको छ । बेलायती राजसंस्थाबारे नयाँ बहस शुरु गराएको छ ।

द सनका पूर्व संवाददाता ड्यान वूटनले भनेका छन् “कुनै गल्ती नगर, मेघानले भर्खरै शाही परिवारसँग युद्धको घोषणा गरेकि छन् । ह्यारी र मेघानको अन्तर्वार्ताकार ओप्राहलाई भनेकि छन्- उनीहरू परिवारका अन्य सदस्यलाई जोगाउन झूठो कुरा गर्न तयार देखिए ।”

अमेरिकामा पनि धेरै रायमा समान ध्रुवीकरण देखिएको छ । उदाहरणका लागि, अमेरिकी लेखक सईद जोन्सले लेखेका छन् “हो, उनीहरूले यस महिलालाई लगभग मारे । म धेरै खुशी छु कि मेघन र ह्यारीले त्यो बच्चा पाए र त्यो नरकबाट बाहिरिए ।”

अन्ना नावारो-कर्डेनास, टक शोका पाहुना र सह-होस्टलेपनि भनेकि छन् “उफ् ! बोस्टन टी पार्टीपछि अमेरिकामा यति धेरै अंग्रेजी चिया देखा परेको छैन ।” उनले अमेरिकामा अंग्रेजहरुका बारेमा यति धेरै बहस पहिले नभएको बताउन खोजेकि हुन् ।

बेलायतको रिपब्लिकन पार्टीले त राजतन्त्रको भविष्यका बारेमा बहसको लागि आह्वाननै गरेका छन् ।

रिपब्लिकन अभियान समूहले ह्यारी र मेघानले ओप्राह विन्फ्रेलाई दिएको अन्तर्वार्तालाई लिएर राजतन्त्रको भविष्यको बारेमा इमान्दार बहसको लागि आग्रह गरेको छ ।

राजतन्त्रविरोधी समूह रिपब्लिकले भनेको छ “सन् १९३६ को सक्रियता त्याग गरेपछि यो संस्था सबैभन्दा खराब संकटको सामना गर्दैछ ।”

रिपब्लिकका प्रमुख कार्यकारी ग्राहम स्मिथले भनेका छन् “राजतन्त्रलाई ध्यानपूर्वक व्यवस्थित गरिएको तर बेइमान छविका कारण बर्तमानसम्म सहनसिलता अपनाईएको छ, आँखा चिम्लिइएको छ । तर त्यो छबी वर्षौंदेखि सिर्जना गरिएको छ ।”

“राजतन्त्र सन् १९३६ मा छोडेदेखि अहिले सबैभन्दा खराब संकटमा परेको छ। चाहे त्यो बेलायतको लागि होस् वा युवा शाहि सदस्यकाहरूको खातिर । यस सडेको संस्थाको आवश्यकता छैन, हट्नुपर्छ” उनले भनेका छन् ।

यसैसित संवन्धित अघिल्ला रिपोर्टपनि पढ्नुस्

बेलायती पूर्व युवराज र युवराज्ञीको अन्तर्वार्ता ८२ करोड भन्दा बढीमा बिक्रि

बेलायती शाही परिवार सँग बस्दा आत्महत्या गर्ने सोच बनाएको मेघानको खुलासा

तपाइँको प्रतिक्रिया

फेसबुक