शनिबार, वैशाख ८, २०८१

ईटालीद्वारा अष्ट्रेलियामा एस्ट्राजेने खोपको निर्यात रोक्का

नेपाल प्लस२०७७ फागुन २५ गते २०:०२

credit-Apnews.com

युरोपियन युनियनले राखेको संयन्त्र प्रयोग गर्दै इटालीले फर्वरीको अन्त्यमा कोरोना भाइरस बिरूद्ध एस्ट्राजेनेका खोपका दुई लाख ५० हजार सात सय खोप अस्ट्रेलियामा निर्यात गर्न रोक लगाएको छ ।

युरोपेली युनियनको ब्रसेल्सस्थित कार्यालयले राखेको नियन्त्रण संयन्त्रको पहिलो आवेदन अनुसार इटालीले युरोपियन भूमिमा उत्पादित एस्ट्राजेनेकाको खोप अष्ट्रेलियामा निर्यात गर्न रोक लगाएको भन्दै इटालियन सरकारले घोषणा गरेको हो ।

फ्रँस २४ न्युजका अनुसार रोमले फर्वरी २६ मा युरोपियन आयोगलाई आफ्नो निर्णय सुनाएको थियो । तर त्यसबेला कुनै आपत्ति जनाएन । तर पछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमा यस निर्यातले स्वीडेनी-बेलायती प्रयोगशालाबाट दुई लाख ५० हजार सात सय खोप सम्बन्धित खण्डन गर्न सक्ने भन्दै यस्तो आबेदन दिएको थियो । त्यसपछि ईटालीको परराष्ट्र मन्त्रालयले निर्यातमा रोक लगाउने निर्णय गरेको समाचारमा उल्लेख छ ।

इटालीले यसलाई युरोपियन युनियन र इटालीमा खोपको निरन्तर कमी र एस्ट्राजेनेकाबाट आपूर्तिमा ढिलाइ भएको उल्लेख गरेको छ । युरोपेली भूमीमै भाईरसको ठूलो मात्रामा संकट रहेको र अस्ट्रेलियालाई ईयू संयन्त्रले असुरक्षित” देशको रूपमा नलिएकालेपनि निर्यात रोकेको उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक