मंगलबार, वैशाख ४, २०८१

फ्रान्समा यौनकर्मी बिरूद्ध हिंसा बढ्दो

नेपाल प्लस२०७७ फागुन २५ गते २१:४९

Image credit-sputniknews.com

फ्रान्समा यौनकर्मीहरू बढ्दो शारीरिक र यौन हमलाको सिकार हुने गरेका छन् । पछिल्लो समयमा विशेष गरी त्यस्तो हिंसाको पर्दाफास भएको छ । विश्वका डाक्टरहरूले सन् २०१६ देखिनै फ्रान्समा यौनकर्मी ग्राहकलाई दण्डित गर्ने कानून ल्याएपछि उनीहरूको जीवन र काम गर्ने स्थिति बिग्रिँदै गएको चेतावनी दिएका छन् ।

“फ्रान्समा यौनकर्मीमाथि बलात्कार र गम्भीर शारीरिक हमला बढेको छ” अन्तर्राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा डक्टर्स अफ द वर्ल्डले चेतावनी दिएको छ ।

उनीहरूलाई जास्मीन कार्यक्रम मार्फत् मद्दत गर्ने गैर-सरकारी संस्थाको रिपोर्टिंग प्लेटफर्म छ । त्यसलेनै यि तथ्य उजागर गरेको हो ।

सन् २०१८ को कानूनले वेश्यावृत्तिका ग्राहकलाई दण्ड दिएदेखि डक्टर्स अफ द वर्ल्डले हिंसामा वृद्धि देखेको छ । “यो कानूनले यौनकर्मीहरूको जीवन र काम गर्ने स्थितिमा गिरावट आएको छ । हिंसामा वृद्धि भएको छ । तर यो हिंसा सँगै आक्रमतामा वृद्धि भएको छ” जास्मिन कार्यक्रमका संयोजक सलोमी लिंगलेटले रिपोर्ट गरेका छन् ।

डक्टर्स अफ द वर्ल्डले यौन कार्यको पूर्ण बिभेदको बिरुद्दमा काम गर्छ । बिभेदी कलंकको निन्दा गर्दछ जो व्यक्ति त्यसको मारमा परेका छन् । “बदमाश र लिंग रूढीवादी संस्थाले प्रेरित गरेको छ यस्तो काम गराउन, पक्षपोषण गर्न । तर फ्रान्सेली राजनीतिक र विधायिकीय संरचनाले पनि यो काम गर्दछ जुन यौनकर्मीहरूको अधिकारलाई हानी पुर्‍याउँछ” सलोमी लिंगलेटले भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक