शुक्रबार, वैशाख १४, २०८१

स्विजरल्याण्डको कम्पनीले रुसी खोप इटालीमा उत्पादन गर्ने

नेपाल प्लस२०७७ फागुन २६ गते १४:३९

युरोपेली युनियनका देशहरुले बिरोध र आलोचना गरेपनि स्विजरल्याण्डको एक फर्मा कम्पनीले रुसी स्पुत्निक खोप ईटालीमा उत्पादन गर्ने निर्णय गरेको छ ।

ईटालियाली भाषा बोलिने स्विस क्षेत्र लुगानोस्थितमा मुख्यालय रहेको एड्ने फर्मा कम्पनीले उत्तरी इटालीमा रहेको उत्पादन ग्रिहबाट रूसी स्पुतनिक भि कोरोना खोप उत्पादन गर्ने सहमति जनाएको छ ।

रसियाको आरडीआईएफ सार्वभौम सम्पत्ति कोष स्पुत्निक अन्तर्राष्ट्रिय बजार र एडिने इटालियाली अधिकारीहरुद्वारा अनुमोदित छ । चेम्बर अफ कमर्श ईटालीका अनुसार यि दुई बीचको सम्झौता अनुसार इटालीमा जुन महिनाबाट उत्पादन शुरू हुन सक्ने छ । सन् २०२१ को अन्त्य सम्ममा यो खोपको करिब एक करोड डोज उत्पादन गर्ने छ । यो युरोपमा पहिलो स्पुत्निक भि खोप उत्पादन सुविधा हुनेछ ।

च्याम्बर अफ कमर्श ईटालीका वाणिज्य विभागका प्रमुख भिन्सेन्जो ट्रानीले भनेका छन् “यसलाई ऐतिहासिक घटना भन्न सकिन्छ जुन हाम्रो देशहरूबीचको सम्बन्धको राम्रो अवस्थाको प्रमाण हो र इटालियाली कम्पनीहरूले राजनीतिक मतभिन्नता बाहेक अन्य कामपनि देख्नसक्छन् भनेर प्रमाणित गर्छ ।”

एडियानको मुख्यालय दक्षिणी स्विजरल्याण्डको लुगानोमा रहेको छ । तर उत्पादन प्लान्टहरु उत्तरी इटालीको लोम्बार्डीमा राखेर सञ्चालन गर्ने भएको हो ।

यूरोपियन युनियन नियमनकर्ताहरूले स्पुत्निक भिलाई समीक्षा गरिरहेका छन् । यो ईयुमा प्रयोगका लागि अनुमोदन गरिएको छैन । ईयुले अनुमोदन प्रक्रियालाई पछाडि धकेल्दै गरेको गुनासो रसियाले गरेको छ । रसियाले विश्वव्यापी ४६ देशहरूमा यो खोप पहिले नै आधिकारिक छ भनेर स्वीकार गरिसकेकोपनि उल्लेख गरेको छ ।

इटालियन-रूसी वाणिज्य प्रवक्ताले मंगलबार एएफपी समाचार एजेन्सीलाई जुलाई १, २०२१ सम्म युरोपमा खोप अनुमति नदिएमा इटालीमा उत्पादित डोज रूसी सार्वभौम सम्पत्ति कोषले फिर्ता किन्नेछ र स्पुत्निकभी स्वीकृत ती देशहरूमा वितरित हुन्छ ।

इयुले आजसम्म तीनवटा भ्याक्सिनहरू अनुमोदन गरेको छ : फाइजर बायोटेक, मोडर्ना, र एस्ट्राजेनेकाबाट उत्पादित । यद्यपि उत्पादनमा ढिलाइ भएपछि इयु देशहरुमा अपेक्षित खोप वितरणमा कमी आएको छ ।

यस अघिनै इटालीले अक्सफोर्ड एस्ट्राजेनेका खोपको दुई लाख ५० हजार डोज अष्ट्रेलियालाई निर्यात गर्न रोक लगाएको छ ।

स्विजरल्याण्डले अहिलेसम्म फाईजर र मोडर्नाबाट उत्पादित दुईवटा खोप अनुमोदन गरिसकेको छ । यद्यपि यसले एस्ट्राजेनेका, क्युरेभ्याक र नोभाभाक्सबाट पनि ब्याचहरू पहिलेनै मगाइसकेको छ ।

खोपहरू विकास गर्ने क्रममा अग्रपंक्तिमा नभए पनि स्विस कम्पनीहरू कोरोना भाईरस बिरुद्दका खोपहरू निर्माणमा संलग्न छन् । लोन्जाले दक्षिणी स्विजरल्याण्डको भिस्पामा रहेको आफ्नो उत्पादन प्लान्टमा मोडर्ना खोपका लागि सामग्रीहरू उत्पादन गर्दैछ । त्यस्तै, फार्मा कम्पनी नोभर्टिसले फाइजर बायोटेक र कुरेभ्याक खोप दुवै निर्माण गर्न सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यसैसित संवन्धित तलको समाचारपनि हेर्नुस्

ईटालीद्वारा अष्ट्रेलियामा एस्ट्राजेने खोपको निर्यात रोक्का

तपाइँको प्रतिक्रिया