शनिबार, वैशाख १५, २०८१

रसियाद्वारा ट्विटर पुरै बन्द गरिदिने चेतावनी

नेपाल प्लस२०७७ फागुन २६ गते १५:१४

रसियाले आफ्नो देशमा प्रतिबन्धित सामग्री हटाउन असफल भएपछि सामाजिक सन्जाल ट्विटरलाई नियन्त्रित गरेको छ । यस्ता सामाग्रिहरु नियन्त्रित नभए आफ्नो देशमा पूर्णरुपमा बन्द गरिदिने चेतावनीपनि दिएको छ । उसले ट्विटरको तिब्रतामाथिपनि नियन्त्रण गरिदिएको घोषणा गरेको छ ।

रसियाको राज्य संचार अनुगमन निकायले यो गति कम गरेर ट्विटरको प्रयोग प्रतिबन्धित गरिरहेको आजै वुधवार सार्वजनिक गरेको हो । सोशल मिडिया प्लेटफर्मले बारम्बार यस साइटबाट प्रतिबन्धित सामग्री हटाउन असफल भएको आरोप लगाएको छ ।

सन्चार नियामक संस्थाका रोजकोमनादजोरले सेवा पूर्ण रूपमा रोक्ने धम्की दिएका छन् । उनले ट्विटरमा बुधवारसम्म ३००० भन्दा बढी पोष्टहरू अवैध रहेको बताएका छन् ।

ट्विटर र अन्य अमेरिकी सोशल मेडियालाई रूस भित्र क्रेमलिन आलोचक आलेक्सी नाभाल्नीको सहयोगीहरूले व्यापक रूपमा प्रयोग गरिरहेको आरोप लगाइएको छ । नाभ्ल्नीलाई जेल पठाएको घटनाले गत महिना देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।

“मोबाइल उपकरणबाट ट्विटर प्रयोग गर्दा १०० प्रतिशत ढिलो पारिने छ । र गैर मोबाइल उपकरणहरूद्वारा ट्विटर प्रयोग गर्दा ५० प्रतिशत ढिलाई गरिने छ” नियामकले आफ्नो वेबसाइटमा एक विज्ञप्ति मार्फत् भनेको छ ।

“ट्विटरले कानूनको आवश्यकताहरुलाई बेवास्ता गर्न जारी राखेमा नियमहरुमार्फत सबै तरिका अपनाएर पूर्णरुपमा अवरुद्ध गर्ने क्रम जारी गरिनेछ” विज्ञप्तीमा भनिएको छ। ट्विटरले हालसम्म टिप्पणी गरेको छैन ।

गत डिसेम्बरमा संसदको तल्लो सदनले राज्य प्रतिबन्धित सामग्री हटाउन असफल भएमा सामाजिक सन्जालमा नयाँ नयाँ जरिवाना लगाउने विधेयकको समर्थन गरेको छ । त्यस्तै अर्को विधेयक जसले उनीहरूलाई रूसी मिडिया विरूद्ध “भेदभाव” गरेमा प्रतिबन्धित लगाउने अनुमति दिने छ।

तपाइँको प्रतिक्रिया