बुधबार, वैशाख १२, २०८१

पेरिसमा कोरोनाका विरामीको संख्या बढेपछि अस्पतालहरु क्षमता भरिनै लाग्यो

नेपाल प्लस२०७७ फागुन २६ गते १५:५९

Credit-gulfnews

कोरोना भाईरस लागेर गम्भिर उपचार गर्नुपर्ने विरामीहरुको संख्या बढेपछि पेरिसका अस्पतालहरुको क्षमता भरिनै लागेको छ ।

फ्रान्समा कोरोना भाईरस लागेर गम्भिर हेरचाह गर्नुपर्ने व्यक्तिहरूको संख्या नोभेम्बरको अन्त्यदेखि हाल उच्च तहमा पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । नयाँ संक्रमण बढेर २३ हजार तिन सय दुई पुगेको छ । एक हप्ता अघि २२ हजार आठ सय ५७ रहेको थियो ।

पेरिसको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ घटनाहरू एक वर्ष अघि महामारीको शुरूदेखि ३० लाख थियो र नयाँ संक्रमणको सात दिनको औसत लगभग २१ हजार तिन सय ३३ मा स्थिर छ ।

फ्रान्सले जनवरीको आखिरी दिनदेखि प्रत्येक दिन २० हजार भन्दा बढी नयाँ घटनाहरू दर्ता गरिरहेको छ । तर हप्ताको वृद्धि जनवरीको मध्यमदेखि कम भएको छ । किनभने बिहानसम्म कडा कर्फ्यू थियो । पछिल्लो पाँच दिनमा चार प्रतिशत भन्दा कम देखिएको छ ।

तर सबैभन्दा पहिले व्रिद्दव्रिद्दा र सबैभन्दा कमजोर व्यक्तिहरूमा केन्द्रित खोप अभियानले कोरोनाका विरामी घटेको देखिएको छैन । सघन उपचार कक्षमा गहन हेरचाह गर्नेहरूको संख्या जनवरीको अन्त्यमा तिन हजार भन्दा कम थियो । तर हिजो मंगलबार ४००० भन्दा बढि पुगेको छ ।

सघन सेवा इकाइहरूमा कोरोनाका बिरामीहरूको संख्या नोभेम्बरमा ६९ देखि बढेर दोस्रो लकडाउन हुँदा तिन हजार नौ सय १८ पुगेको थियो । त्यो महिना आईसीयूमा पाँच हजार थिए ।

पेरिस क्षेत्रमा मात्रै लगभग एक हजार कोरोनाका विरामी आईसीयूमा छन् । “तरपनि सरकारले राजधानी वरपरको क्षेत्र ‘इल द फ्रँस’ लाई फेरि लकडाउन गर्ने योजना बनाइरहेको छैन” फ्रान्सका जनस्वास्थ्य प्रमुखले भने ।

उनले लकडाउन अन्तिम उपाय भएकाले अस्पतालहरुले सामना गर्न नसक्ने स्थिति आएमात्रै लकडाउन गरिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवारसम्म वयस्क मानिसहरुको चार लाख १५ हजारले मात्रै कोरोनाको खोप लगाएका छन् । अर्थात् त्यो भनेको वयस्क जनसंख्याको सात दशमलव नौ प्रतिशत मात्रै हो । दोस्रो खेप खोप लिनेमा दुई लाख ४४ हजार मात्रै छन् ।

सरकारले अप्रिलको मध्यसम्ममा एक करोड, मे महिनाको मध्यमा २ करोड र गर्मी याम सम्ममा तिन करोडलाई खोप दिने लक्ष्य राखेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक